चरम सुख र महिला शरीर रहस्यमय अनुभूति


अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन्। श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ। चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन्। सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ। धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ। सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र धारणाह रूको सञ्जालमा फस्न पुग्छन्। पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन। तिनमा बिस्तारै प्रारम्भ  हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ।
यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम सुखका बारेमा समुचित र सही जानकारी  हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुभmने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको  पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न  सकिन्छ । ६ वर्ष पहिले विवाह बन्धनमा बाँधिएका ३० वषर्ीया सीमा र ३५ वषर्ीय समिर डाक्टरकहाँ जाँदा समिरमा केही शारीरिक कमी भएको र आफ्नो वैवाहिक जीवन  सन्तुष्टदायक नभएको गुनासो सीमालाई थियो । सम्पूर्ण टेस्ट र एक-दुई सेसनपश्चात् समिरको प्रेम र क्षमतामा कुमै कमी नभएको कुरा पुष्टि भयो । शारीरिक सम्बन्धको  सम्पूर्ण कुरा सामान्य देखियो । त्यसपछि भने सीमाको संकोचमा कमी आयो । उनी खुलेर कुरा गर्न थालिन् । कुराकानीका बखत उनले भनिन्- उनको नजिकको आफन्तले  बताएअनुसार चरम सुख तब प्राप्त हुन्छ जब सर्बिकसमा भएको युट्रसको टिपमा टप प्राप्त हुन्छ । ६ वर्षको अनुभवमा जुन सुखद् अनुभूति सीमालाई भैरहेको थियो,  त्यसलाई इन्जोय गर्नुको साटो उनी त्यो काल्पनिक आनन्दको प्रतीक्षा गरिरहेकी थिइन् जुन निराधार थियो । वास्तविकता के हो भने योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा  छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।
हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जत काँच सरह भएको, सेक्स नराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही  ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत्  रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै  जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ । धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ । सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र  धारणाहरूको सञ्जालमा फस्न पुग्छन् । पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन । तिनमा बिस्तारै  प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ । जति स्वतन्त्रतापूर्वक पुरुषले आफ्नो शरीरका माध्यमबाट प्रेम प्रदर्शन गर्छ त्यति नै  उसलाई प्राप्त होस् भन्ने चाहना उनमा रहन्छ तर उनले त्यो अवसर प्राप्त गर्दैनन् । यही कारणले गर्दा अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि  रहस्यमय रहन्छ । अधिकांश पति-पत्नी यस विषयमा कुराकानी पनि गर्दैनन् ।
कैयन् व्यक्तिमा चरम सुखका सम्बन्धमा अनेकन भ्रान्ति पाइन्छ । चलचित्रको पात्र वा पोर्नो चलचित्रका दृश्य वा सस्ता खालका किताब, पत्रपत्रिकामा विकृत रूपमा प्रस्तुत  गरिएको जानकारी यसको कारण हुन्छ । विवाहित संगिनीद्वारा प्रभाव जमाउन बढाई-चढाई गरी व्यक्त गरिएका अनुभवका कारण पनि मनमा डर जन्मन्छ— के उनी आफू  पनि संयम गुमाउँछिन् ? के उनी पनि आउट अफ कन्ट्रोल हुन पुग्छिन् ? के उनीबाट आवाज निस्कन्छ ? के उनलाई पनि अद्भूत आनन्द महसुस हुन्छ ? यी भयका  कारण कैयन् महिला आफ्ना उत्तेजनात्मक अनुभव रोकेर राख्न बाध्य हुन्छन् । पतिका सामु आफ्नो इमेज खराब नहोस् भन्ने डर महिलामा हुन्छ तर वास्तविकता के हो  भने यदि श्रीमती आफ्नो मनबाट डर निकाल्न सक्षम भए श्रीमान्बाट पनि सहयोग प्राप्त हुन्छ र जुन चरम सुख मात्र १५ देखि २० प्रतिशतको उचाइमा अनुभव भएको  थियो त्यो शतप्रतिशत हुन पुग्छ । कैयन् अवस्थामा महिला स्वयं आफूलाई के कुराले उत्तेजित गर्छ भन्ने कुरा बुझ्न सक्दैनन् । अतः आफ्नो उत्तेजनाको विन्दु थाहा  पाउनुपर्छ र त्यसलाई श्रीमान्समक्ष व्यक्त गर्नुपर्छ । यसबाट फोरप्लेमा सहजता एवं सुविधा प्राप्त हुन्छ ।

2 comments:

  1. I want to let the world know about Doctor AKHERE the Great spell caster that brought back my husband to me when i thought all hope was lost. Doctor AKHERE used his powerful spell to put a smile on my face by bringing back my man with his spell, at first i thought i was dreaming when my husband came back to me on his knees begging me to forgive him and accept him back and even since then he loves me more than i ever expected so i made a vow to my self the i will let the World know about Doctor AKHERE because he is a God on earth. Do you have problems in your relationship ? have your partner broke up with you and you still love and want him back ? Do you have problem with your finance ? or do you need help of any kind then contact Doctor AKHERE today for i give you 100% guarantee that he will help you just as he helped me. Doctor AKHERE email is: AKHERETEMPLE@gmail.com or
    call/whatsapp:+2349057261346

    ReplyDelete
  2. Bet365 and Casino - Jtmhub.com
    You 충청남도 출장마사지 can easily 강릉 출장안마 deposit money or withdraw cash using our casino 청주 출장샵 links. We list the best Bet365 casino and games. 화성 출장안마 In addition, you will 경산 출장안마 be able to enjoy

    ReplyDelete