कागतीका फाइदै फाइदा


  कागती निकै हितकारी फल हो । यो अमिलो भएपनि खानमा निकै मिठो हुनेमात्र होइन गुनिलो पनि हुन्छ । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका रोगबाट हामीलाई सुरक्षा गरिरहेको हुन्छ । कागतीका केही गुन निम्न छन् :
कागतीमा भिटामिन सी, मिनिरल जस्तै क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरसका साथै प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । यदि तपाइँलाई वाकवाकी लागिरहेको छ, पेट पोल्ने तथा कब्जियत जस्ता समस्या छन् भने एक गिलास मनतातो पानीमा कागतीको रस मिलाएर खानुहोस् । कागतीको रसले एकप्रकारको औषधिको काम गर्छ जसले पित्तको उर्त्र्सजन सन्तुलन गर्ने, रगत सफा गर्ने तथा सरीरबाट जिवाणु तथा विषाक्त पदार्थलाई बाहिर फ्याँक्न सहयोग गर्छ ।एक्कासी बाडुल्की लाग्नथाल्यो वा हिक्का आयो भने एक गिलास पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । कागतीको रस नियमित सेवनले मुत्रथैली तथा मुत्रप्रणालीको संक्रमण पनि रोक्दछ । कागतीको नियमित सेवनले घाँटी दुख्ने तथा टनसिल्स जस्ता समस्या पनि कम गर्छ ।
चिसो तथा रुघा लागेको छ भने मनतातो पानीमा एक चम्चा कागतीको रस र एक चम्चा मह मिलाएर पिउनुहोस् । दमका रोग्ाीले पनि मनतातो पानीमा कागतीको रस मिलाएर खाँदा फाइदा हुन्छ ।
कागतीमा विभिन्न २२ प्रकारका क्यान्सर प्रतिरोधी तत्व पनि पाइन्छन् । यी तत्वले विभिन्न खालका क्यान्सरको जोखिम पनि कम गर्छ । त्यस्ौले कागतीको नियमित सेवनले क्यान्सरको खतरालाई पनि न्यून गर्छ ।
कागतीले हाम्रो रोग प्रतिरोधी क्षमता बढाउँछ । कागतीको सेवनले तनाव घटाउन पनि सहयोग गर्छ ।
गिँजाबाट रगत बग्ने समस्या छ वा मुख गन्हाउने समस्या छ भनेपनि कागतीको नियमित सेवन आवश्यक हुन्छ ।
अनुहारमा डण्डीफोर आएर दिक्क हुनुभएको छ भनेपनि कागतीको रस तपाइँको लागि उपयोगी बन्दछ । कागतीको रसमा थोरै ग्लिसरिन मिलाएर अनुहारमा लगाउँदा डण्डीफोर हट्ने मात्र होइन अनुहारमा भएका विभिन्न दाग तथा धब्बा पनि हट्छन् ।
तरकारी पखाल्दा खाली पानीमात्र नभै कागतीको रस मिसाएको पानीले तरकारी पखाल्ने गर्नुहोस् । यसो गर्दा तरकारीमा प्रयोग गरिएका विभिन्न खाले विषादीको असर कम हुन्छ ।
यद्यपि कागतीको बढि सेवनले अमिलोका कारण पेटलाई असर गर्नसक्छ । साथै दाँतको इनामेल खराब गर्ने र अल्सर रोगीले पनि कागतीको बढि सेवन गर्नु उतिसारो राम्रो मानिँदैन । तथापि सन्तुलित रुपमा नियमित रुपमा कागती खाएमा स्वस्थ रहन मद्दत पुग्छ ।

Leave a Reply