स्थायी मकेअप के हो ?


फिसमा अति आवश्यक मिटिङ छ, तर भनेको बेला तयार हुने समय हुँदैन। बेलुकी पार्टी छ तर कामको व्यस्तताले पार्लर जाने समय हुँदैन। आइब्रो पनि सेपमा छैन, नङमा पनि कमजोरी देखिएको छ। यस्तो अवस्थामा स्थायी रूपमै अनुहारको मेकअप कायम रहोस् भन्ने चाहना हुनसक्छ। यो चाहना अहिले सम्भव भएको छ। एकपटक लाइनर वा गाजल लगाएपछि लामो समयसम्म त्यसमा टाउको दुखाउनुपर्दैन। एकपटक आइब्रोलाई सेपमा ल्याएपछि बारम्बार पार्लर गैरहनुपर्दैन। यो सबै स्थायी मेकअपका कारण सम्भव भएको छ। 
स्थायी मकेअप के हो ? 
सौन्दर्यविद्हरूका अनुसार स्थायी मेकअप आजको आवश्यकता हो। यो सौन्दर्यसम्बन्धी धेरै समस्याको समाधान पनि हो। यो मेकअपलाई स्थायी मेकअप भनिन्छ। यो विधिमा एउटा मसिनो सियोको माध्यमबाट छालाको पहिलो झिल्लीमा विशेष किसिमको सूक्ष्म कलर पिगमेन्ट प्रत्यारोपित गरिन्छ। यसले छालाको रंग परिवर्तन हुन्छ। यो रंग बर्षौ सम्म विशेष हेरचाहबिना पनि कायमै रहन्छ। यसबाट समय मात्र नभएर पैसा पनि बचत हुने दाबी विज्ञहरूको छ। 
साइडइफेक्ट छैन 
कतिपय व्यक्तिमा स्थायी मेकअपले छाला खराब हुने वा अन्य साइडइफेक्ट देखिने भ्रम छ। विज्ञहरूले स्थायी मेकअपले गलत प्रभाव नपार्ने दाबी गरेका छन्। यसबाट एलर्जी हुन्छ भन्ने कुरा पनि गलत भएको उनीहरूको भनाइ छ। छालालाई पनि यसले कुनै असर गर्दैन। संवेदनशील छाला भएका महिलाका लागि यो राम्रो विकल्प हो। सौन्दर्य प्रसाधनबाट एलर्जीको सम्भावना बढी हुन्छ। स्थायी मेकअपबाट कुनै असर पर्दैन। अस्थायी गाजल, मस्कारा, लाइनर, लिपकलर पसिनाबाट बग्छ । लेन्स लगाउने महिलाका लागि स्थायी आइमेक वरदान नै हो। स्थायी मेकअप गरिसकेपछि आइमेकका लागि बारम्बार लेन्स निकाल्ने तथा राख्ने झन्झट बेहोर्नुपर्दैन। 
 
स्थायी मेकअपूर्व 
एकपटक स्थायी मेकअप गरेपछि त्यसलाई समयपूर्व हटाउन भने सहज हुँदैन। त्यसैले मेकअप गराउनुपूर्व आफ्नो लुकका बारेमा राम्रोसँग निक्र्यौर्ल गर्नुपर्छ। यसका लागि एकसातापूर्व अस्थायी मेकअप गरेर त्यो लुकलाई आफूलाई विश्वास नभएसम्म प्रयोग गर्नुपर्छ। आफ्नो लुक सुहाउँदो भएको कुरामा विश्वस्त भएपछि मात्र त्यसलाई स्थायी रूपमा परिणत गर्नु राम्रो हुन्छ। ओठको आकार, आइब्रो सेप, गाजलका साथै अन्य प्रसाधन लगाउन १५ मिनेटदेखि एक घन्टासम्म लाग्छ र त्यसका लागि एकदेखि दुई सिटिङ लिनुपर्ने हुनसक्छ। पहिलो १० दिनमा कलर पिगमेन्टको माथिल्लो परत र्झन सक्छ, तर त्यसलाई रिटचिङबाट ठीक गर्न सकिन्छ।
यदि नेल कल्चर गराउँदै हुनुहुन्छ भने यो प्रक्रिया अलिक फरक छ। यसमा विशेष किसिमको पाउडर र जेल मिलाएर नक्कली नङ बनाइन्छ। यसलाई आफ्नो नङसित जोडिन्छ। आर्टिफिसियल नङ प्राकृतिक नङकै रूपमा बढ्छ। त्यसैले हरेक दुई महिनामा रिटचिङ गर्नुपर्ने हुन्छ। 
 
कसका लागि स्थायी मेकअप 
स्थायी मेकअप १८ वर्षभन्दा माथिका जोकसैले गर्न सक्छन् तर गर्भवती महिला, डायविटिज एवं उच्च रक्तचापका बिरामीका लागि भने यो रिस्की हुन्छ। ल्युकोडर्माका रोगीका लागि पनि यो उपयुक्त मानिँदैन।
 
मेकअप अवधि:  स्थायी आइब्रो - १५ वर्ष, स्थायी लाइनर, गाजल- १५ वर्ष, सेमी स्थायी, आइलेन्स पर्मिङ- २ महिना, सेमी स्थायी मस्कारा- १०-१५ दिन, स्थायी ब्युटी स्पट- १५ वर्ष, स्थायी लिपलाइनर- १५ वर्ष, स्थायी लिपिस्टिक- २ वर्ष, स्थायी कलरिङ- १०-१५ वर्ष, स्थायी नेल कल्चर- २ महिना, सेमी स्थायी नेल आर्ट- ३ महिना, स्थायी ब्लसर -     १५ वर्ष

Leave a Reply