खुट्टा तथा हातका औँला, कान तथा जोर्नीमा युरिक एसिड जमी पीडा भएको छ ?


     
 के तपाईंको हातखुट्टाका जोर्नी एकाएक नीलो भएर दुख्न थालेको छ ? अथवा खुट्टाको बूढीऔँला झमझम गर्दै दुख्नुसाथै सुन्निन थालेको त छैन ? खुट्टाको बूढीआँैलाबाट दुख्न सुरु भएको छ र शरीरका अन्य अंगमा हात, ढाड तथा जोर्नीमा पनि दुख्न थालेको छ भने रगत जँचाएर सावधानी अपनाउनु होला । होइन भने जीवनभरि युरिक एसिड रोगले सताइरहन पनि सक्छ । वीर अस्पतालका फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार युरिक एसिड हुनु भनेको जीवनभरि पीडा लिएर बस्नु हो । भन्छन्, ँएकपटक युरिक एसिड भएकाहरूमा पुनः दोहोरिने सम्भावना भइरहन्छ भने समय-समयमा थपघट पनि भइनै रहन्छ ।’

   युरिक एसिडले धेरैजसो गोडाको बूढीआँैला, गोलीगाँठो र यसवरपरका जोर्नीमा टन्किएर दुख्ने र सुन्निने गराउँछ । डा. बस्नेतका अनुसार यो रोग छिप्पिँदै गएपछि भने घुँडा तथा हातका अरू जोर्नीमा पनि असर पर्न सक्छ । युरिक एसिडको आक्रमण्ा प्रायः उच्च प्रोटिनयुक्त खाना खानेहरूमा बढी हुने गरेको छ । ँमानिसको रगतमा युरिक एसिड बढी भएमा मिर्गौलालाई असर गर्छ । मिर्गौला खराब भएमा रक्तचाप बढ्नुसाथै अन्य रोगले पनि सताउने गर्छ,’ डा. बस्नेत भन्छन्, ँत्यसकारण खुट्टाको औँलामा पीडा सुरु हुन थाल्नेबित्तिकै युरिक एसिड जँचाइहाल्नुपर्छ । यदि रगतमा युरिक एसिड बढेको देखिएमा यसको उपचारतर्फ लाग्नुपर्छ ।’ उनका अनुसार यो रोग प्रायः अधबैँसे तथा बढ्दो उमेरका पुरुषलाई हुन्छ, महिलामा भने यो रोग प्रायः महिनावारी बन्द भएपछि मात्र सुरु हुन्छ । महिलामा हुने सेक्स हर्मोनले युरिक एसिडलाई पिसाबमा विसर्जन गर्न मद्दत गर्ने हुनाले यसको समस्या महिनावारी रोक्किनुअघि नहुने चिकित्सकहरूको भनाइ छ ।
कुनै समयमा उच्च युरिक एसिड मांसाहारी खाना, मद्यपान तथा बढी प्रटोनियुक्त खाना खाने परिवारका व्यक्तिलाई मात्र लाग्ने भएकाले यसलाई धनीमानीको रोगका रूपमा लिइन्थ्यो । तर, हिजोआज सहरी खानपानको प्रभावले सामान्य मानिसमा पनि यो समस्या देखापर्न थालेको छ । डा. बस्नेतका अनुसार यो रोग प्रोटिनको मात्रा बढी भएर मोटा भएका व्यक्ति, डाइबेटिजका रोगी, प्रेसर भएका तथा केहीमा वंशानुगत कारणले पनि यो रोग लाग्ने गर्छ ।
युरिक एसिड के हो ?
युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । डा. बस्नेतका अनुसार प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एककिसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भइरहेको हुन्छ ।
सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । डा. बस्नेत भन्छन्, ‘शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गाैलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारण्ाले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ ।’ उनका अनुसार सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिनेगरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार राजा-महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पीडादायक रोग हो ।
दीर्घकालीन असर
युरिक एसिड भएपछि तत्काल खुट्टा तथा हातको औँलामा तथा जोर्नी दुख्ने समस्या देखापर्छ, तर यो रोगका कारण लामो समयसम्म विभिन्न असर देखाइनै रहन्छ । डा. बस्नेतका अनुसार लामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहे जोर्नी बिग्रने र बांगिने भई पछि काम नलाग्ने हुन सक्छ । यो रोगको असर सामान्यतया एकपटकमा एक हप्ताजति रहन्छ । तर, केही समय तथा महिनापछि त्यही वा अर्को जोर्नीमा बल्भिmने सम्भावना भने रहिरहन्छ । त्यस्तै, शरीरका विभिन्न भागमा युरिक एसिड जमेर सेता गिर्खाहरू देखिन्छन्, जसले ती अंगलाई बिगार्न सक्छ । यसका साथै रगतमा धेरै मात्रामा युरिक एसिड उत्पन्न हुन थालेपछि तथा पिसाबबाट निस्कन बन्द भएपछि मिर्गौलामा युरिक एसिड जम्न गई पथ्थरी हुने र धेरै वर्षपछि मिर्गौलाले कामै नगर्नेसमेत हुन सक्ने डा. बस्नेतले बताए ।
रोकथाम तथा उपचार
उच्च प्रोटिनयुक्त खानाका कारण हुने भएकाले यो रोग लागेकाले उच्च प्रोटिनयुक्त खानेकुरा कम मात्रमा खानुपर्छ । उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछा-मासु, गेडागुडी तथा बढी मादक पदार्थ सेवन गर्नेहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । एकपटक यो रोगले च्यापेका मानिसलाई बढी प्रोटिनयुक्त खाना तथा मादक पदार्थ सेवन गरेको केही घन्टापछि एक्कासि मध्यरातमा जोर्नी तथा बूढीआँैलामा दुखाइ सुरु हुन्छ । त्यसकारण चिकित्सकहरूले यो रोग लागिसकेकालाई कम प्रोटिनयुक्त खाना र मादक पदार्थ सेवन गर्न सुझाव दिने गरेका छन् । डा. बस्नेत भन्छन्, ‘यो रोगबाट बच्न भोज, बियर, मादक पदार्थ, रातो मासु, प्रशस्त गेडागुडी खाँदा ध्यान दिन आवश्यक छ ।’ उनका अनुसार यस्ता प्रोटिन बढी भएका खानेकुराले रगतमा युरिक एसिड बढाउन सक्ने भएकाले उच्च युरिक एसिड भएका बिरामीले ती खानामा नियन्त्रण्ा गर्नु जरुरी छ । विशेषगरी रातोमासु, कलेजो, मिर्गाैला, कुखुरा मासु, घिउ, अन्डा, मदिरा आदिमा नियन्त्रण्ा गर्नुपर्छ ।
खुट्टा तथा हातका औँला, कान तथा जोर्नीमा युरिक एसिड जमी पीडा भएमा वा नीलो भएर सुन्निएमा तुरुन्त उपचार गराइहाल्नुपर्छ । यस्तो अवस्थामा दुखाई र सुन्निने कम गर्न गर्ने औषधि कोल्चिसियन तथा एन्टी इन्लामेटोरी जस्ता औषधि प्रयोग गर्नुपर्ने डा. बस्नेतले बताए । उनका अनुसार यस्तो अवस्थामा कहिलेकाहीँ जोर्नीमै सुई दिएर पनि यसको उपचार गरिन्छ ।
घरेलु तथा प्राकृतिक उपचार पद्धति
१. उच्च प्रोटिनयुक्त खानेकुरामा कमी ल्याउनुहोस् । यस्ता खानामा प्युरिनको मात्रा धेरै हुने भएकाले युरिक एसिडको खतरा बढ्ने गर्छ । विशेषगरी मासुका परिकार मिर्गाैला, कलेजो, जिब्रोलगायत कुनै पनि प्रकारका रातो मासु खान नियन्त्रण्ा गर्नुहोस् । चना, केराउ, भटमास, बोडी तथा च्याउमा प्युरिनको मात्रा धेरै हुन्छ, र जसबाट तपाईं टाढै बस्नुपर्ने हुन्छ ।
२. माछा खाँदै नखानुहोस् । कुनै पनि प्रकारको माछा तपाईंका निम्ति हानिकार हुने गर्छ ।
३. मादक पदार्थबाट टाढै बस्नुहोस् । अझ विशेष ध्यान बियरको सेवनमा दिने गर्नुहोस् । यो निकै नै हानिकारक हुन्छ । यदि तपाईंलाई पहिले नै यो रोग लागिसकेको छ भने मादक पदार्थ छुँदै नछुनुहोस् ।
४. व्यस्त रहनुहोस् । मांसपेशी सकेसम्म व्यस्त राख्नुहोस् । दैनिक बिहान व्यायाम गर्ने गर्नुहोस् ।
५. प्रशस्त पानी पिउनुहोस् । दिनको कम्तीमा पाँच लिटरसम्म पानी पिउने गर्नुहोस् । अझ सम्भव भए यसका निम्ति पिएच भ्यालु सातभन्दा बढी भएको अल्कालाइन पानी बनाएर पिउनु उत्तम हुनेछ ।
६ भिटामिन ँसी’ को सेवन गर्नुहोस् । भिटामिन ँसी’ भएका विभिन्न सागसब्जी तथा फलफूल खानु राम्रो मानिन्छ ।
अरु धेरै जानकारी को लागि तलको बक्स मा किल्क गरेर हेर्नुहोस

Leave a Reply