साइलेन्ट किलर हो पेन किलर्स औषधि


आजको फास्ट लाइफमा सबै कुरा छिटो चाहिन्छ । फेरि चाहे दुखाइ या टेन्सन हुनासाथ तुरुन्तै पेनकिलर औषधि लिन नै किन नहोस् । तुरुन्त आरामको चाहनामा मानिसलाई यसको अदत नै बन्छ । तर के तपाईंलाई थाहा छ यो पेन किलर्स साइलेन्ट किलर्स पनि हुन सक्छ ।  दुखाईबाट तुरुन्त छुटकारा पाउने चाहनामा आजभोलि मानिसलाई पेनकिलर दबाइको बानी परीसकेको छ । यो औषधिले कसरी काम गर्दछ यसको के साइडइफेक्ट्स हुन्छ र यसको प्रयोग गर्नुभन्दा पहिले हामीले के सावधानि अपनाउनु पर्दछ यस सन्दर्भमा धेरै जानकारीको लागि हामीले केहि मनोचिकित्सक संग कुराकानी गरेका थियौ । आउनुहोस् पेनकिलर्ससाग जोडिएको विभिन्न कुराहरुको बारेमा जानकारी लियौ ।
पेनकिलर औषधि के हो ?
पेनकिलर्स यो औषधि हो । यसको प्रयोग दुखाइबाट राहत पाउनको लागि गरिन्छ । यो औषधिलाई बनाउनको लागि माफिर्न जस्तो नारकोटिक्स, नन् स्टेरायडल एन्टी इन्ˆलेमेटरी ड्रग्स वा एसेटैमिनोफेन, जस्तै नारकोकोटिक्सको प्रयोग गरिन्छ । यसले ब्रेनतर्फ जाने दुखाइको सिग्नललाई रोकिदिन्छ या ब्रेन सिग्नलको इन्टरपि्रटेशन सिस्टम मा छेडछाड गरि दिन्छ । जसकारण बिरामीलाई महशुश हुन्छ कि उसलाई दुखाइबाट राहत मिल्यो । 
आखिर किन लिन्छन् पेनकिलर्स ?
  • पेनकिलर्स औषधिले दुखाइबाट तुरुन्त राहत पुर्‍याउाछ । यसैले थोरै दुखाइ भयो भने पनि तुरुन्त राहत पाउने चाहनामा मानिस यसको सेवन गर्दछन् । 
  • विस्तारै विस्तारै मानिसको शरीर वा मस्तिष्क यो ओषधिमा निर्भर हुनथाल्छ, उसलाई पेनकिलर्सको बानी पर्दछ । फेरि केहि औषधि लिदा निन्द्रा पनि राम्रो लाग्छ । तर लगातार सेवन गर्नाले यो औषधिले अल्कोहलको काम गर्न थाल्छ ।
  • कहिलेकाहिा मानिस अरुको देखासिकी या अरुको फोगटको सल्लाह अनुशार पनि पेनकिलर औषधि लिन शुरु गर्दछन् । 
  • नशालु पदार्थको लतको विपरित यो यस्तो लत हो जसलाई पूरा गर्नको लागि मानिसलाई लुकि छिपि कुनै सप्लायर्सलाई खोज्नु पर्दैन । सजिलैसाग जुनसुकै मेडिसिन पसलमा गएर किन्न सक्छन् । न त यस्तो औषधिलाई अबैध मानिन्छ न त यसलाई किन्न नै गाह्रो हुन्छ । 
  • हाम्रोमा आज पनि मानिसमा जागरुकताको अभाव छ । यो पेनकिलर्सको साइडइफेक्ट्सको बारेमा अन्जान मानिस यसको प्रयोग गरिरहन्छन् । 
पेनकिलर्सको साइडइफेक्टस
  • मनोचिकित्सकका अनुशार धेरै पेनकिलर्स लिनु घातक पनि हुनसक्छ ।
  • यदि तपाइर्ं बर्षभरिमा हरेक दिन पेनकिलर लिनुहुन्छ भने यो नुक्सानदायक हुनसक्छ । एसिटामिनोफेनको धेरै प्रयोगले लिवर डेमेज हुने खतरा बढ्दै जान्छ । 
  • जीवनभरीमा हजार भन्दा बढी पेनकिलर्स लिनाले किडनी डेमेज हुनसक्छ । 
  • डाक्टरको अनुशार यदि तपाईं लामो आयु चाहनुहुन्छ भने बर्षभरिमा दश भन्दा बढी पेनकिलरको सेवन गर्नुहुादैन । 
  • यदि यो औषधि नियमित रुपले लिदै गर्नुभयो भने पेटमा ब्लीडिङ् हुनसक्छ । साथै लिवर र किडनिमा बिष बन्नसक्छ । 
  • कुनै पेनकिलर्स यस्तो पनि हुन्छ जसले आस्थमा बढाउन सक्छ । 
  • पेनकिलर्स लिइरहनाले ब्लडप्रेशर कम हुने, सुस्ती, वाक वाकी लाग्ने, कब्ज, आदिको समस्या हुनसक्छ । 
  • यी सब बाहेक कहिले विस्तारै त कहिले छिटो मुटुको गति, लिवर या युटेरसमा समस्या, रेस्पिरेटरि डिप्रेशन जस्ता समस्या पनि हुनसक्छ ।
  • नन् नारकोटिक्स पेनकिलर्स खालि पेटमा लिनाले लिवर, किड्नी वा पेटमा नोक्सान हुनसक्छ । 
  • आवश्यकता भन्दा बढी पेनकिलर्स लिनाले हाई ब्लडप्रेशर, घबराहट, बेचैनी, अनिन्द्रा आदि समस्याले शरीरलाई सताउछ । 
  • एस्पिरिनको सेवन हाम्रो देशमा सामान्य बनेको छ । बिना डाक्टरको सल्लाह मानिस सेवन गर्दछन् । तर थोरै मात्रामा पनि यसको प्रयोगले आन्तरिक रत्तस्राव पैदा गराउछ, रगतलाई बिषलु बनाउाछ । 
  • मनोचिकित्सकले एस्पिरिन जस्तो तुरुन्त असर गर्ने खालका औषधिको प्रयोगबाट सावधान रहने चेतावनी दिदै भनेका छन् यसले मानव शरीरको स्वभाविक क्षमताको नष्ट गर्दछ, अपच तथा कुपोषण बढाउछ । तथा रक्तसञ्चारमा बाधा उत्पन्न गराउछ ।
कस्तो सावधानि अपनाउने ?
  • कहिले पनि डाक्टरको सल्लाह बिना कुनै पनि ओषधि नलिनुहोस् । डा. ले जति डोज लिन भनेको हुन्छ त्यति नै लिनुहोस् । धेरै आरामको चाहनामा औषधिको ओभरडोज खतरा हुनसक्छ ।
  • पेनकिलर्स त्यतिबेला लिनुहोस् जब धेरै आवश्यक हुन्छ । खालि पेट कहिल्यै पनि पेनकिलर्स नलिनुहोस् । 
  • मुटुको बिमारी, रक्तचाप, डाइबिटीज वा किडनीको बिमारीले कहिले पनि डाक्टरको सल्लाह बिना पेनकिलर्स नलिनुहोस् । 
  • पेनकिलर्स सधै पानीको साथमा लिनुहोस् । यदि पेनकिलर्स लिएपछि दुखाइ हुन्छ भने सबै भन्दा पहिले त्यो पेनकिलर्सको प्रयोग बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् । 
नेचुरल तरिका अपनाउनुहोस्
औषधि खाएको छैन दुखाई कसरी कम हुन्छ ? यस्तो सोच्ने मानिस यो कुराबाट अनजान रहन्छन् कि औषधिले उनहरुलाई फयदा या आराम पुर्‍याउनको बदलामा धेरै नोक्सान पुर्‍याउछ । अव्यावस्थित जीवनशैली, गलत खान पानको बानीले शरीरमा टुट फुट हुन्छ , उसको क्षतीपूर्ति हो दुखाई, पीडा बिमारीको रुपमा देखा पर्दछ । यस्तो अवसरमा उचित यहि हुन्छ कि शरीरमा अनावश्यक भार दिनु भन्दा आराम गर्नुहोस् र रोगग्रस्त पाचन प्रणलीको थकान मेटाउनकोलागि उपवास जस्ता तरिका अपनाउनुहोस् । डा. जूल्स दुवोसले आˆनो किताव मिराज अफ हेल्थमा लेखेका छन् कि हतारमा कुनै पनि औषधि लिनको बदलामा राम्रो हुन्छ प्रकृति द्धारा रोग निवारणको प्रतिक्षा गरेर बिना औषधिको सेवन गरेर नै रहनु ।

Leave a Reply