के नियमित सेक्सले तौल घट्छ ?



के नियमित सेक्सले तौल घट्छ ? सेक्सले विभिन्न रोगबाट टाढा राख्छ भने कुरा सहि हो ?

सेक्स र तौलको बारेमा धेरै व्यक्ति, अनुसन्धानले भिन्ना भिन्नै कुराहरु गर्ने गरेका छन् |

पत्रिका अनि अनलाइनमा प्राय: सेक्स ले तौल घट्दैन भन्ने कुरा लेखिएको पाइएको छ | तर डाक्टर अनि बैज्ञानिकहरुले सेक्स ले मात्र होइन किस गर्दा पनि तौल घट्ने कुराहरु गरेका छन् |

डाक्टरका अनुसार सेक्सले शरीरमा धेरै प्रकारको हर्मोन उत्पन्न गर्ने गर्दछ | यी हर्मोनले मानिसलाइ स्वस्थ बनाउनुका साथै सौन्दर्य कायम गर्नमा महत्वपुर्ण भूमिका खेलेको हुन्छ | सेक्स बाट उत्पन्न हुने एस्ट्रोजन हार्मोनले 'ऑस्टियोपोरोसिस' रोग लाग्न बाट बचाउछ | सेक्सले गर्दा एन्डोर्फीन हर्मोनको मात्र बढ्छ जसले गर्दा छाला सुन्दर र चम्किलो बन्छ |

नियमित सेक्स गर्ने बिबाहित दम्पत्ति अरु भन्दा स्वस्थ रहने विभिन्न अनुसन्धानले पनि देखाएको छ | सेक्सले हृदय रोग, मानसिक तनाव, रक्तचापलाइ पनि रोक्ने कम गर्दछ | नियमित सेक्सले उत्तेजना, उमंग, तथा आत्मबिश्वाश बढाउने काम पनि गर्दछ |

सेक्स एक प्रकारको व्यायाम पनि हो |सेक्सले सारिरिक दुखाई वा तनावलाई पनि केहि हद सम्म कम गर्न सहयोग पुग्छ |

डाक्टरहरुका अनुसार सेक्स मोटोपन घटाउनको लागि सबै भन्दा सहयोगी हुन्छ | एक पटकको सम्भोग ( सेक्स)मा ५०० देखि १००० क्यालोरी शक्ति खर्च हुने गर्दछ , जसले बोशोपन घटाउने कार्यमा मदत पुग्छ |

विशेषज्ञका अनुसार सेक्सको समयमा चुम्बन गर्नु अझ मोटोपन हटाउन सहायक बन्दछ | सेक्सको समयमा १ पटकको चुम्बनमा लगभग ९ क्यालोरी शक्ति नस्ट हुन्छ| यसरि ३९० पटक चुम्बन गर्दा आधाकिलो सम्म तौल घट्न सक्छ |

Leave a Reply