तपाईंको अनुहारमा भएको डार्क सर्कल हटाउने घरेलु उपाए


# आलुलाई मसिनो पारेर पिस्नुहोस् र त्यसको रसमा कपासको डल्लो भिजाउनुहोस् ।
# आँखा चिम्म पारेर सबै डार्क सर्कल छोपिने गरि उक्त कपासको डल्लो १० मिनेटसम्म राख्नुहोस् त्यसपछि चिसो पानीले मुख धुनुहोस् ।
 
# एक चम्चा गेलभेंडा र कागतीको रस दिनमा दुई पटक डार्क सर्कलमा लगाउने गर्नाले पनि कालो दाग कम गर्न मद्दत गर्छ ।
 
# एक ग्लास गोलभेंडाको रसमा पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा राहत प्रदान गर्छ ।
 
# पाँचवटा बदामलाई मसिनो गरेर पिस्नुहोस् र त्यसमा अलिकति दुध मिसाएर पेष्ट बनाउनुहोस् । उक्त पेष्ट डार्क सर्कलमा लगाउने गर्नुहोस् । आँखा वरिपरिको छालामा चमक आउनेछ ।
 
# दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस् ।
 
# पुदिनाको पातलाई पिस्नुहोस् र त्यसलाई आँखा वरिपरि लगाउने गर्नुभयो भने थाकेको जस्तो देखिने आँखामा राहत प्रदान गर्छ ।
 
Note: डार्क सर्कलको समस्या घरमा भ्याइनभ्याई काम गर्ने गृहिणीको मात्र समस्या नभई अफिस दौडने र राम्रोसँग नसुत्ने मानिसहरुमा पनि हुने गर्छ । यो त्यति ठूलो समस्या त होइन तर यसले मानिसको उमेरभन्दा पाको देख्नमा मद्दत गर्छ । बजारमा पाइने कस्मेटिक साधनहरुको प्रयोगभन्दा घरेलु उपचारले साइड इफेक्टबिना सकारात्मक असर पुर्याउनमा मद्दत गर्छ । 

Leave a Reply