कागति,बेसार, पुदिना,धनियाका, लसुन र यसको फाइदाहरु !!


लसुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ ।
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:

लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।


धनियाका धेरै गुन
चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ ।
cori-leaves
तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।
गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।
छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ । धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ ।
कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभीन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ । कागतीका केहि औषधीय गुणहरू र तीनको प्रयोग विधी यस्ता छन्:
१. पेटको रोग: कागतीको रस सनाई पत्ती त्रिफला (हर्रो बर्रो अमला) र विरेनुन पिँधेर चनाको दाना बराबर गोली बनाएर बिहान-बेलुका दुईदुई गोली चिसो पानीसित सेवन गरे पेटसम्बन्धी सबै रोगमा आराम गर्छ ।
२. अजिर्णमा: खान मन नलाग्ने, खायो भने वमन हुने समस्या आएमा कागतीको रसमा जाइफल घोटेर चाटे लाभ गर्दछ । दुई फ्याँक पारेको कागतीको सुठो र सिँधेनुन छरी आगोमा तताएर चुस्यो भने अजिर्ण रोगमा जाती गर्छ ।
३. कब्जियतमा: बढी साह्रो दिशा हुने रोगमा कागतीको रसमा चीनी मिसाएर खानाले लाभ हुन्छ ।
४. कान दुखेमा: कागती र अदुवाको रस मिसाएर दुईदूइ थोपा कानमा चुहाए निको हुन्छ ।
५. कपाल झर्नेमा: कागतीको रसमा अमलाको दाना घोटेर लगाउने गरे कपाल झर्न रोकिन्छ ।
६. जुका परेमा: चुर्ना वा जुका परेमा कागतीको बोक्रा अथवा जराको काढाँ पकाएर खान दिए किरा मर्छन् र रोग निको हुन्छ ।
७. रतन्धोमा: दिनहुँ राती सुत्ने बेलामा दुई थोपा कागतीको रस आँखामा केही दिन लगातार चुहाउने गरे राति आँखा नदेख्ने रोग निको हुन्छ ।
८. रगत सफा गर्ने कार्यमा: एक मासा जति कागतीको रसमा त्यतिनै पानी मिलाएर पिए केहि दिनमा रगत सफा हुन्छ।
९. अलकाईमा: कागती काटेर नुन छर्दै चुस्ने अथवा जाइफलको धूलो र चिनी छरेर चाटे पनि अलकाईमा लाभ गर्छ ।
१०. संग्रहणीमा: यस रोगमा जे जस्तो खायो त्यस्तै दिशा हुन्छ । यसको निदानका लागी कागती दुई फ्याक पारेर एउटामा नून र अर्कामा चिनी हालेर चाटे लाभ गर्दछ । कागतीको दुवै फ्याँक एकैछिन आगोमा तताएर पालैसित चुसे पनि लाभ गर्दछ र मटरको दाना जति अफीम पानीसित खाए पनि दिशा थामिन्छ ।

पुदिना खानुका फाइदै फाइदा:
पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् :
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।
अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।

हृदयाघात रोकथाममा बेसार उपयुक्त
हृदयाघात रोकथाममा बेसार बडो उपयुक्त हुन्छ । यसमा एन्टिअक्सिडेन्ट एवं एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । त्यसैले बेसार सेवन गरे मुटूको शल्यक्रिया पछि हुने एट्याकको खतरा कम हुन्छ । बेसार खानाले हृदयाघातमा ६५ प्रतिशतसम्म कमी आउन सक्छ ।
अमेरिकन जर्नल अफ कार्डियोलजीमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ- मुटुको धमनीमा रगतको प्रवाह सुचारु गर्न बाइपास शल्यक्रिया गरिएको छ भने यो शल्यक्रिया गर्दाताका सामान्य रूपमा मुटुको गतिविधि शून्य रहन्छ । त्यति बेला रगतको सञ्चार बन्द हुनाले पछि मुटुलाई क्षति पुग्छ, भविष्यमा हृदयाघात हुन सक्छ । नयाँ अध्ययन अनुसार, रोगीलाई पारम्परिक औषधिसँगै बेसार दिनाले यस्तो जोखिम कम गर्न सकिन्छ ।
यो अध्ययन अन्तर्गत सन् २००८ देखि २०११ सम्म शल्यक्रिया गराएका १ सय २१ मुटु रोगीमा अनुसन्धान गरियो । उक्त प्रतिवेदन अनुसार, अनुसन्धानको नेतृत्वकर्ता एवं थाइल्यान्डको चियाङ मई विश्वविद्यालयका वानवरङ वोगचेरोइनले यो परिणामलाई पुनर्पुष्टि गर्नुपर्ने आवश्यकता रहेको समेत जनाएका छन् ।
अध्ययनमा सहभागी ती सबै व्यक्तिहरूमध्ये आधालाई शल्यक्रियाभन्दा तीन दिन अघिदेखि पाँच दिनपछि सम्म तीनदेखि चार पटकसम्म एक एक ग्राम बेसारको क्याप्सुल दिइएको थियो । बाँकी आधा रोगीलाई त्यही समय बिनाबेसारको क्याप्सुल अर्थात् प्लेसेवो दिइएको थियो ।
जुनजुन रोगीलाई बेसारको क्याप्सुल दिइएको थियो, उनीहरूमध्ये १३ प्रतिशत एवं नदिएकामध्ये ३० प्रतिशत रोगीलाई पछि हृदयाघात भयो । अनुसन्धानकर्ताहरूको अनुसार, बेसार सेवनले भविष्यमा हृदयाघातको जोखिममा ६५ प्रतिशतसम्म कमी आउन सक्छ ।


Leave a Reply