कन्डम फुटे के गर्ने ?


 कन्डम फुटे के गर्ने ? हामी सबैलाई थाहै भएको कुरा हो, सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा यो स्तम्भमा पहिले पनि निकै चर्चा गरिसकेका छौं, पढ्नु नै भयो होला। कन्डम फुट्दा यौनसम्पर्कमा संलग्न दुवै व्यक्तिमा निकै चिन्ता हुनसक्छ। यस्तो स्थितिमा के गर्ने ? एकछिन चर्चा गरौं।

कन्डम फुटेको थाहा भए पनि आत्तिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग मिल्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकी लिङ्ग बाहिर निकाल्नुपर्छ। त्यसपछि नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ। वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ। कन्डम फुट्नुको कारण र त्यसको सम्भावित असर -जस्तै कि गर्भ रहने वा यौनरोग सर्ने सम्भावना) का बारेमा आफ्नो जोडीसँग विस्तृत रु पमा कुराकानी गर्नुपर्छ। म बेडमा प्रेस गरेर मैथुन गर्छु। यसो गर्दा मलाई सेक्स गरेजस्तै आनन्द आउँछ। यसले गर्दा पछि केही प्रोब्लम त आउने होइन लिंगमा ? हस्तमैथुन गर्न व्यक्तिले अनेक किसिमका उपाय अपनाउँछन्। त्यसमध्ये एउटा तरिका लिङ्गमा दबाब दिनु हो। सामान्यतः यसरी हस्तमैथुन गरेका कारण नै भविष्यमा कुनै समस्या होला भन्ने म मान्दिनँ। तपाईंले लिङ्गमा कुनै किसिमको चोट नपुगोस् भन्ने कुरामा भने ध्यान पुर्‍याउनुपर्छ। Performance anxiety कम गर्न के गर्नुपर्ला ? किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै हुने भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन सक्छ। निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या चर्को हुनसक्छ। सर्वप्रथम त कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामा ह्रास आउन थाल्छ। कति त यौन क्रियाकलापबाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या देखा पर्न थाल्छ।

Leave a Reply