के हो चरम सुख ?



चरम सुख अर्थात् सम्भोगका बेला अनुभूति हुने आल्हादकारी तृप्ति ! पुरुष र स्त्रीमा चरम सुख अर्थात् अर्गाज्म प्राप्त हुने समय र तरिका फरक हुन सक्छ । पुरुषलाई वीर्य स्खलन हुने/हुने समयमा अर्गाज्म अनुभूति हुन्छ । अर्थात् जुन समयमा सम्भोगको गति तीव्रतम् हुन्छ र समय-शून्यताको अनुभूति हुन्छ, त्यसबेला यो अद्भूत घटना घट्छ । त्यतिखेर वीर्यपात हुन्छ । करिब आठ/दस सेकेन्ड, वीर्यपात भयोभयो भन्ने क्षणदेखि वीर्यका छिर्का निक्लँदासम्मको यो अवर्णनीय अवधिलाई अर्गाज्म भनिन्छ ।
त्यतिखेर प्रजनन् अंगको छेउछाउका मांसपेसी फुक्ने र खुम्चने गर्छन् । कामोत्तेजनाको ज्वार शरीरको करिब हरेक भागमा एक समान गतिले सञ्चार हुन्छ । मुटु तेज गतिले ढुकढुक गर्छ । रक्तचाप बढ्छ र शरीरका हरेक भागमा रगत दू्रतगतिले दौडन्छ । जनेन्दि्रयमा त रक्तसञ्चारको बाढी नै पस्छ । उत्तेजना बढ्न थालेदेखि नै पुरुषको लिंग र स्त्रीको भगनासिका, योनि ओष्ठ, योनिका भित्ताहरू र स्तनका मुन्टाहरूमा रक्तसञ्चार अत्यधिक हुन्छ । साथै, स्नायुहरूमा तनाव सिर्जना हुन्छ । यो तनावबाट अचानक अर्गाज्मका बेला मुक्ति हुन्छ ।
स्त्रीहरूमा अर्गाज्म केही फरक ढंगले अनुभूति हुन्छ । कामोत्तेजित हुन थालेपछि सुरुमा उनीहरूको योनिप्रदेश तन्तुहरूद्वारा निष्सृत चिप्लो पदार्थले भिज्छ र मुलायम बन्छ । स्तनका मुन्टाहरू उत्तेजनाले तीखा हुन्छन् । योनि ओष्ठ केही मात्रामा फुक्छन् । र, पुरुषमा जस्तै स्त्रीमा रक्तचाप बढ्छ, त्वचा रक्तसञ्चारको आधिक्यले रक्तिम आभायुक्त बन्छ ।
विस्तारै श्वासको गति बढ्न थाल्छ । मांसपेसीमा तनाव बढ्दै जान्छ । अनुहार रगत चुहुएलाभै+m रातो हुनपुग्छ । जब अर्गाज्म करिब आउँछ तब योनिप्रदेशका मांसपेसीमा संकुचन आउन थाल्छ र असीम आनन्दको अनुभूति हुन्छ । यो आनन्दानुभूति रहँदासम्म त्यहाँका मांसपेसीहरूमा खुम्चने र फुक्ने प्रक्रिया जारी रहन्छ । यो संकुचन चार/पाँचदेखि बाह्र/पन्ध्रपटक दोहोरिन्छ । स्त्रीहरू एउटै सम्भोगमा पटकपटक अर्गाज्ममा पुग्न सक्छन् । हालै अमेरिकी यौन अनुसन्धाताहरूले स्त्री मल्टिपल अर्गाज्ममा पुग्न सक्ने प्रक्रियाको गहन खोजअनुसन्धान गरेका छन् । पर्याप्त अनुसन्धान हुन नसके पनि तन्त्रशास्त्रले यही कुरा धेरै पहिलादेखि भन्दै आएको थियो ।
स्त्रीहरूले यसलाई पूर्णताको अनुभूति, चरम सन्तुष्टि, शरीरभरि आनन्दको कम्पन भन्दछन् । यतिखेर पुरुष र स्त्री एक-आपसमा पूर्णतः विलीन हुन्छन् । आफ्नो शरीरको ज्ञानसमेत रहँदैन । रक्तचाप र श्वासको गति तीव्र हुन्छ, शरीरका अन्य भागमा पनि संकुचन हुन्छ । तर, स्त्री-पुरुष दुवै यो कुराप्रति बेखबर हुन्छन् । स्त्री अर्गाज्ममा पुगेको बखत आभार प्रकट गर्न स्वतस्फूर्त रूपमा पुरुषलाई कसिलो र लामो चुम्बन गर्छन् । त्यस्तो चुम्बन पाउने पुरुषले आफूलाई भाग्यमानी सम्झन्छन् । यो सम्भोग सफल भएको प्रमाण हो ।
सामान्य सम्भोगमा अर्गाज्मको अवधि पाँच/सात सेकेन्डदेखि बीस/पच्चीस सेकेन्डसम्म हुन्छ । यही अवधि तान्त्रिक सम्भोगका बेला पाँच/सात मिनेटदेखि डेढ-दुई घन्टासम्म लम्बिन सक्छ ।
मल्टिपल अर्गाज्म भनेको एकै सम्भोगमा एकपटक कामोत्तेजनाको शिखरमा पुगेर अर्गाज्मको चरम सुखानुभूति गरिसकेपछि शान्त हुनु र पुनः कामोत्तेजना बढेर अर्गाज्म अनुभूति गर्नु अथवा फेरि यो क्रम दोहोरिइरहनु हो । सबै अर्गाज्म एकै स्तरका नभए पनि शान्त चित्तबाट उठेर उत्तेजनाको शिखरमा पुग्नु, अर्गाज्म अनुभूति गर्नु, चित्त फेरि शान्त हुनु, फेरि बिस्तारै उत्तेजना बढ्न थाल्नु, उत्तेजनाको शिखरमा पुगेका बेला फेरि अर्गाज्म अनुभूति गर्नु, फेरि चित्त शान्त हुनु, यो प्रक्रिया नै मल्टिपल अर्गाज्म हो ।
तर, पुरुष एकै सम्भोगमा मल्टिपल अर्गाज्ममा कहिल्यै पुग्न सक्दैन । कारण- अर्गाज्ममा पुग्न वीर्यपात प्रथम सर्त हो । वीर्यपात एक सम्भोगमा एकैपटक हुन्छ । त्यसपछि लिंग उत्तेजनामा आउन कम्तीमा दस/पन्ध्र मिनेट लाग्छ ।
पुरुष एकै रातमा पाँच/सातपटक सम्भोग गरेर हरेकपटक अर्गाज्ममा पुग्न सक्छ । तर, यसलाई मल्टिपल अर्गाज्म भनिँदैन । स्त्रीहरू भने जिस्पट वा भगनासिकामा बारम्बार दबाब अथवा घर्षणद्वारा पटकपटक छिटोछिटो उत्तेजित र स्खलित हुन सक्छन् । पश्चिमाजगत्का नामुद यौनविद् डा. किन्से र मास्टर्स एन्ड जोनसन्सको खोजअनुसन्धान र प्रयोगद्वारा दशकौं पहिला स्त्रीहरूले मल्टिपल अर्गाज्म अनुभूति गर्न सक्ने सिद्ध भइसकेको छ ।
श्रोतः नयां पत्रिका

2 comments:

  1. I want to let the world know about Doctor AKHERE the Great spell caster that brought back my husband to me when i thought all hope was lost. Doctor AKHERE used his powerful spell to put a smile on my face by bringing back my man with his spell, at first i thought i was dreaming when my husband came back to me on his knees begging me to forgive him and accept him back and even since then he loves me more than i ever expected so i made a vow to my self the i will let the World know about Doctor AKHERE because he is a God on earth. Do you have problems in your relationship ? have your partner broke up with you and you still love and want him back ? Do you have problem with your finance ? or do you need help of any kind then contact Doctor AKHERE today for i give you 100% guarantee that he will help you just as he helped me. Doctor AKHERE email is: AKHERETEMPLE@gmail.com or
    call/whatsapp:+2349057261346

    ReplyDelete
  2. Granuloma Annulare Natural Treatment that can help manages this condition naturally. Herbal Supplement can decrease itching and the occurrence of skin lesions.

    ReplyDelete