पुरुषमा हुने शिघ्र स्खलन रोक्न स्प्रे


         मानिसको यौन जिवनलाई बढि भन्दा बढि फलदायी तथा सफल बनाउने र भरपूर यौनसन्तुष्टी प्राप्त गर्ने उपायको खोजीमा वैज्ञानिकहरु जुटिरहेका हुन्छन् । यसैक्रममा पछिल्लोपटक बेलायती डाक्टरहरुले यस्तो स्प्रेको विकाश गरेका छन् जसको प्रयोगबाट पुरुषमा हुने शिघ्र स्खलनको समस्या ह्वात्तै घट्छ र मान्छे सम्भोगमा ६ गुणा बढि समयसम्म टिक्न सक्छ । यौन सन्तुष्टी बढाउने तथा शिघ्र स्खलनको समस्या रोक्ने यो स्प्रेको कुनै साइड इफेक्ट नहुने दाबी गरिएको छ । बिजेयु इन्टरनेशनल जर्नलमा छापिएको अध्ययन समाचार अनुसार पिएसडी ५०२ नामको उक्त स्प्रे यौन सम्पर्कभन्दा ६ मिनेट अघि पुरुषको लिंगमा लगाउनुपर्छ । साथै यो शिघ्र स्खलन रोक्नका लागि गरिने विभिन्न उपचार तथा विधिहरुभन्दा बढि प्रभावकारी हुने बताइएको छ । यो स्प्रेको प्रभावकारीता पुष्टि गर्ने क्रममा शोधकर्ताहरुले बेलायत, चेक रिपब्लिक, हंगेरी र पोल्याण्डका विभिन्न ३१ स्वास्थ्यकेन्द्रमा शिघ्र स्खलनको समस्याको उपचार गर्न आएका ३ सय जना पुरुष छानेका थिए। उनीहरु मध्ये २ सय जनाले लिडोक्याइन र प्रिलोकाइन जस्ता रसायन भएको उक्त स्प्रेको प्रयोग गर्न दिइयो भने अरु १ सय जनालाई यस्ता कुनै रसायन नभएको सामान्य स्प्रे प्रयोग गर्न दिइयो । लगातार ३ महिनासम्म ती प्रयोगकर्ताले यौन सम्पर्कका बेला यस्तो स्प्रे प्रयोग गरे । तीन महिनापछि उनीहरुको स्खलनको समयमा आएको परिवर्तन विश्लेषण गरियो । ३ महिनापछि ती पुरुषहरुको स्खनलको समय विश्लेषण गर्दा उपर्युक्त रसायन भएको स्प्रे प्रयोग गरेका पुरुषहरुको यौन सम्पर्कका बेला हुने विर्यस्खलनको समय ०.६ देखि ३.८ मिनेटले वृद्धि भएको पाइयो भने सामान्य स्प्रे प्रयोग गरेका पुरुषहरुको शिघ्रस्खलनको समस्यामा खासै परिवर्तन भएन ।

Leave a Reply