अनुहारको बुढयौलीपन कम गर्ने उपाय


उमेर ढल्किँदै जाँदा मानिस मात्र होइन कुनै पनि प्राणीमा बुढयौलीपन स्वाभाविकरूपमा देखा पर्छ । यसरी उमेर ढल्कँदै जाँदा छालाका कोषिकाहरूको नाश हुने क्रम पनि बढ्दै जान्छ र अन्त्यमा सम्पूर्णरूपमा नष्ट हुन्छ । उमेर ढल्कँदै जाने क्रम जीवनभर नै चलिरहने प्रक्रिया हो । यसलाई रोक्ने वा परिवर्तन गर्न सकिने कुनै पनि प्रविधिको विकास भइसकेको छैन । उमेर ढल्कँदै जाँदा बुढयौली हुने प्रक्रिया सबैभन्दा बढी छालामा देखा पर्ने हुन्छ । उमेर ढल्कँदै जाने प्रक्रियालाई रोक्न नसकिने भए पनि यो प्रक्रियाको गतिलाई ढिलो गराउनका लागि भने केही उपायहरू अवलम्बन गर्न सकिन्छ ।

उमेर ढल्कँदै गएपछि छालामा विशेष गरी चाउरीपन देखा पर्छ । समयको गतिअनुसार छालामा देखा पर्ने चाउरीपनको समस्यालाई क्रोनोलोजिकल एजिङ  भनिन्छ  । सूर्यको अल्ट्राभायोलेट किरणबाट उत्पन्न हुने छालाको समस्यालाई फोटो एजिङ भनिन्छ । बुढयौलीपनका यी दुवै समस्याहरूको गतिलाई कम गर्न सकिन्छ ।

फोटो एजिङ विशेषगरी सूर्यको अल्ट्राभायोलेट किरणको असरबाट हुने छालासम्बन्धी समस्या हो । सूर्यको ग्ख्ब् किरणको प्रभावबाट छालामा चाउरी पर्ने तथा कालो हुने हुन्छ । त्यस्तै गरी ग्ख्द्य किरणबाट कोषको क्यान्सर  तथा छाला डढ्ने हुन्छ । सूर्यको किरणबाट यस्तो कुप्रभाव पर्ने भए तापनि यसबाट अलग बस्न सकिँदैन । किनभने सूर्यको किरण हाम्रो छालामा परेपछि शरीरमा भिटामिन ‘डी’ उत्पन्न हुन्छ र यो हाम्रो शरीरका लागि अति आवश्यक छ । तर घाममा निस्कँदा सूर्यबाट आउने हानिकारक किरणबाट छालालाई बचाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि विशेष क्रिम  लगाउनु उपयुक्त हुन्छ । 

उमेर ढल्कँदै गएपछि मानिसको शरीरका हरेक अंगहरू पनि बिस्तारै खिइँदै जान्छन् । यो एक प्राकृतिक तथा जीव विज्ञानको नियमअनुसार चल्ने प्रक्रिया हो । यसै अनुसार छालामा पनि प्रभाव पर्न थाल्छ । बुढेसकाल लाग्दै गएपछि छालामा विशेष तत्त्व  को उत्पादनमा कमी आउन थाल्छ । यसले गर्दा छालामा चाउरीपन देखिने र छाला झुल्ने हुन थाल्छ । जवानीको अवस्थामा छाला उत्कर्षरूपमा ताजा तथा स्वस्थ हुन्छ । तर जवानी तथा उमेरका कारण अनुहारमा डण्डिफोर देखिने र यदाकदा खटिराहरू देखा पर्ने हुन्छ । यस्तै गर्भावस्था तथा गर्भनिरोधक औषधिको सेवन गरेको अवस्थामा छालामा दाग, चायाँ आदि देखिन सक्छ । यदि सूर्यको किरणको ख्याल गरिएन भने अनुहारको छालामा मसिना रेखाहरू पनि देखिन थाल्छन् । 

३० वर्ष उमेर नाघ्न थालेपछि स्वभावत: अनुहारमा परिवर्तन भएको पाइन्छ । आँखामुनि पनि परिवर्तन  देखिन थाल्छ । मुखको छेउमा मसिना धर्काहरू देखिन थाल्छन् । यसरी नै ४० वर्ष उमेर नाघेपछि अनुहारमा स्पष्टरूपमा उमेर ढल्केको लक्षणको रूपमा देखा पर्ने धर्काहरू देखिन थाल्छन् र  छाला पनि झुल्ने, चाउरिने हुन थाल्छ । हात–खुट्टा तथा गर्दनको छाला पनि झुल्न थाल्छ । उमेरको कारणले मात्र यो स्थिति हुने होइन, आÇनो दैनिक खाना, प्रदूषणले पनि यसमा ठूलो भूमिका खेल्ने भएकोले आÇनो छालाको विशेष ख्याल गर्न आवश्यक हुन्छ ।  

धूमपानले छाला सुक्खा बनाउने रशरीरमा भिटामिन ‘सी’को पनि कमी गराउँछ । शरीरको छाला स्वस्थ राख्न मद्दत पुर्‍याउने भिटामिन ‘सी’को कमीले छाला झुल्ने तथा चाउरिने हुन्छ । यस्तै सूर्यको किरणले पनि छालालाई नराम्रो किसिमबाट हानि पुर्‍याउँछ । सूर्यको किरण स्वास्थ्यलाई आवश्यक पर्ने भए पनि यसको नकारात्मक प्रभावबाट बच्नु अति आवश्यक छ । सूर्यको प्रभावले छाला सुक्खा हुने, दाग देखा पर्ने, चाउरिने र छाला झुल्ने पनि हुन्छ । 

यस्तै मादक पदार्थको सेवनले छालामा  भएको रगतलाई पातलो बनाई बढी मात्रामा छालाको सतहमा बग्न मद्दत पुर्‍याउँछ ।  यसले गर्दा आफ्नो उमेरभन्दा बढी उमेरको देखिने हुन्छ । ज्यादा तनाव भएमा पनि छालामा चाया, खटिरा देखा पर्न थाल्छन् । समय बित्दै गएपछि छालाको चाउरीपन बढ्दै जान्छ ।

त्यसकारण उल्लिखित कुराहरूमा ध्यान दिएर सावधानी अपनाएमा बुढयौली वा अन्य कारणले छालामा देखिने समस्याहरू कम गर्न सकिन्छ ।

1 comments:

  1. I want to let the world know about Doctor AKHERE the Great spell caster that brought back my husband to me when i thought all hope was lost. Doctor AKHERE used his powerful spell to put a smile on my face by bringing back my man with his spell, at first i thought i was dreaming when my husband came back to me on his knees begging me to forgive him and accept him back and even since then he loves me more than i ever expected so i made a vow to my self the i will let the World know about Doctor AKHERE because he is a God on earth. Do you have problems in your relationship ? have your partner broke up with you and you still love and want him back ? Do you have problem with your finance ? or do you need help of any kind then contact Doctor AKHERE today for i give you 100% guarantee that he will help you just as he helped me. Doctor AKHERE email is: AKHERETEMPLE@gmail.com or
    call/whatsapp:+2349057261346

    ReplyDelete