ब्यस्त दम्पतिहरुका लागि आबश्यक ...


निजी क्षेत्रमा कामको बढ्दो चापले गर्दा काम गर्ने व्यक्तिको स्वास्थ्य मात्र नभै उनीहरूको यौनजीवनमा पनि नकारात्मक असर पर्दै गएको  पाइन्छ। बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार बढी समय वा अबेरसम्म काम गर्ने हरेक ५ जनामध्ये एक जनाको यौनजीवनमा पूर्णविराम  लागेको पाइयो। लामो कार्य समयका कारण हाम्रै देशमा पनि विवाहितहरूको यौन जीवनमा नकारात्मक असर परेको तथ्य देखा पर्न थालेको  छ। अबेरसम्म काम गर्नेहरूको यौनजीवनमा निम्न असर पर्छः
1. अन्तरंग क्षणका लागि समयको कमी, 
2. थकानका कारण यौनप्रति रुचि नहुनु, 
3. उत्तेजना को अनुभूति नहुनु, 
4. बिछयौनामा आनन्द महसुस नगर्नु, 
5. महिलाहरूमा यौनसम्पर्कका बेला योनिरसको अभाव हुनु, 
6. पुरुषमा उत्तेजनाको कमी, 
7. तनावका कारण जीवनसाथीलाई सन्तुष्ट गर्न नसक्नु, 
8. कामेच्छाको कमीका कारण पार्टनरसित दूरी बढ्नु।
आफ्नो व्यक्तिगत जीवनलाई ठीक ठाउँमा ल्याउन करियरसित सम्झौता त गर्न सकिँदैन, तर आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा  तालमेल ल्याउन केही पाइला अवश्य सार्न सकिन्छ।
इमान्दार रहनुपर्छ 
पूरा साता कामको व्यस्त सेड्युलका कारण यदि यौनको आनन्द उठाउन सकिँदैन भने पनि प्रेमपूर्ण स्पर्श र आफ्नो साथ उनका लागि पर्याप्त  हुनसक्छ। यस्तो स्थितिमा जीवनसाथीसित आफ्नो मनको कुरा साट्नुपर्छ। यसबाट उनलाई आफू उनको नजिक रहेको अनुभूति हुन्छ। यदि  दुवैजना आपसमा कुरा नै गर्नुहुन्न भने दूरी बढ्न सक्छ। अतः यौनक्रियाका लागि पर्याप्त समय नभए पनि आपसमा कुरा गर्ने समय निकाल्नु  आवश्यक छ। यसबाट दुवै जनाले एकअर्काको व्यस्ततालाई बुझ्न सक्छन्।
प्रेम दर्साउनुपर्छ
बोल्दा विचार पुर्‍याउनुपर्छ। सम्बन्धमा मिठास कायम राख्न इमान्दारिता मात्र पर्याप्त हुँदैन। जीवनसाथीको ध्यान राख्नु, उनलाई आफू कति  माया गर्नुहुन्छ, कति चिन्ता लिनुहुन्छ भन्ने अनुभूति दिलाउनु पनि आवश्यक छ। यो अनुभूतिले यौनजीवनको कमीलाई पूरा गर्छ।
धेरै पटक हामी घरमै पनि अफिसको भाषा प्रयोग गर्छौं, जुन सही होइन। जीवनसाथीसँग अफिसमा दिइने निर्देशनको भाषा भूलवश पनि  प्रयोग गर्नुहुँदैन। यसबाट यौनसाथीको भावनामा ठेस पुग्छ। यदि स्वस्थ रोमान्टिक जीवन चाहने हो भने घर पुग्दा अफिसलाई बिर्सनुपर्छ र  साथीसित रोमान्टिक अन्दाजमा प्रेमपूर्वक प्रस्तुत हुनुपर्छ।
बिदाको दिन अफिसको काम बिर्सनुपर्छ
यदि आफ्नो सम्बन्धको मिठास कायम राख्न चाहने हो भने सप्ताहान्त र छुट्टीका दिन जीवनसाथीलाई प्राथमिकता दिनुपर्छ, अर्थात् उनको  ख्याल राख्नुपर्छ। उनीसित बढीभन्दा बढी समय बिताउनुपर्छ। त्यो एक दिनमा सबै कुरा भुलेर मात्र एक-अर्कामा ध्यान केन्दि्रत गर्नुपर्छ।  यसबाट पूरा सप्ताहको थकान मेटिनुका साथै तनाव पनि टाढा जान्छ र सम्बन्धको डोरी पनि बलियो हुन्छ। 
यौनसम्पर्कलाई बनाउनुपर्छ विशेष
दैनिक रूपमा यौनसम्पर्कका लागि समय उपलब्ध हुने सम्भावना नभए पनि जब समय प्राप्त हुन्छ, तब ती निजी पललाई विशेष बनाउने  प्रयास गर्नुपर्छ। जीवननसाथीका साथ रोमान्टिक डिनर गर्नुपर्छ, रोमान्टिक म्यासेज पठाउनुपर्छ वा प्रेमपूर्ण कुराले उनलाई प्रफुल्लित बनाउने  प्रयास गर्नुपर्छ। यौनजीवनलाई मसालेदार बनाउन दुवैले सँगै शावरको आनन्द पनि उठाउन सकिन्छ।
प्रयोग गर्नुपर्छ
प्रायः गरी व्यस्त विवाहित जोडी एउटै शैलीको यौन क्रियाकलाप पछ्याउँछन्। जसका कारण दैनिक जीवनको जस्तै यौन पनि एक रुटिनजस्तै  बन्न पुग्छ र बोर लाग्न थाल्छ। अतः सम्बन्धमा नयाँपन ल्याउन ताजापन र ऊर्जा सञ्चार गर्न यौनसम्बन्धी प्रयोगहरू गर्नुपर्छ।

Leave a Reply