विवाद वा झगडा तथा पारिवारिक झण्झटमुक्त हुनु आवश्यक छ



  अफिसमा कामको चाप, कसैसँगको विवाद वा झगडा तथा पारिवारिक झण्झटका लगायतका कारण तनाव बढ्नु स्वभाविकै हो । मान्छे बढि महत्वाकांक्षी बन्दै जाँदा तनावको मात्रा पनि बढ्दै जान्छ । तनाव बढ्नु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि हानिकारक चिज हो ।यसले हाम्रो व्यक्तिगत तथा व्यवसायिक जिवनमा नराम्रो असर पार्छ । त्यसैले तनावबाट मुक्त हुनु आवश्यक छ । तनावलाई आफैले नियन्त्रण गर्न सकिन्छ । यस्ता केही उपाय छन् जसबाट तनाव भगाउने र जिवनमा खुसी भित्राउन सकिन्छ :
जब तपाइँको मूड खराब हुन्छ तब आफुलाई मन पर्ने गीत गुनगुनाउनुहोस् ।
मनपर्ने गित गुनगुनाउँदा तपाइँलाई जुन मानसिक शान्ति मिल्छ त्यसले योगाले जत्तिकै फाइदा गर्छ ।
तपाइँलाई तनाव दिने कुराहरुबाट टाढा हुन चाहनुहुन्छ भने आफ्ना पूरानारमाइला तथा हसिमजाकका तस्वीरहरु निकालेर हेर्नुहोस् र रमाइला दिनका यादलाई ताजा बनाउनुहोस् ।
जब तपाइँ तनाब महसुस गर्नुहुन्छ तब आखा बन्द गरेरविगतका खुसीका पल सम्झिनुहोस् । यसले तपाइँको मस्तिष्कलाई शान्त पार्न मद्दत गर्नेछ ।
गहिरो सास फेर्नुहोस् । सास लिन र छोड्न उत्तिकै लामो समय लगाउनुहोस्। कम्तिमा दश पटक लामो लामो स्वास फेर्दा तपाइँले केही रिल्याक्स महसुस गर्नुहुनेछ ।
सरीरमा पानीको मात्रा जति कम हुन्छ मस्तिष्कको कार्यप्रणालीमा उत्ति नै असर पर्छ । यस्तो भयो भने काममा केन्द्रित हुन सकिन्न र तनाव बढ्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।
तनावग्रस्त व्यक्ति भलै कुनै काममा व्यस्त किन नहोस् तर ऊ कुनै न कुनै समस्याबाट संवेगात्मक रुपमा जोडिएको हुन्छ । त्यसैले पीडालाई भुलेर मज्जाले हाँस्ने कोसिस गर्नुहोस् । तनाव भएको बेला त्यत्तिकै हाँस्ने कुरो भएन । त्यसैले कुनै फन्नी भिडियो वा तस्वीर हेर्नुहोस् वा जोक भनेर मज्जाले हाँस्नुहोस् ।

Leave a Reply