पहिलो पटक डेटिंग जाँदै हुनुहुन्छ भने ....


के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् । पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् ।  ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना राखिन्छ भने पक्कै पनि पहिलो भेटले ठूलै भूमिका खेल्छ । भनिन्छ नि, फस्ट इम्प्रेसन डज लास्ट इम्प्रेसन । त्यसैले पहिलो डेटमा यी कुरा गर्दै नगर्नुहोस् :
अरुको फोन नउठाउनुहोस् :
यदि तपाईं आफ्नो प्रिय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने आफ्नो मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् वा फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक – आपसमा कुरा कसरी साट्न सकिएला र ?
विवाद हुनसक्ने कुरामा सतर्क रहनुहोस् :
तपाईं यदि आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो हुँदो हो । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनिति वा धर्मका अन्य कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।
पहिले पनि प्रेममा हुनुहुन्थ्यो ?
त्यो कुरा निकाल्दै ननिकाल्नुहोस् । पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन, तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईंलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।
ध्यान दिएर सुन्नुहोस् :
केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमाा प्रवेश गर्दै नगर्नुहोस् ।
मापसे नगर्नुहोस् :
पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस् , धेरै पिउँदै नपिउनुहोस् ।
आकर्षक ड्रेसअप गर्नुहोस् :
यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।
ढिलो वा चाँडो नहुनुहोस् :
तपाईं कुनै पनि अवस्थामा पहिलो भेटका लागि ढिलो वा चाँडो पनि नहुनुहोस् । केही मिनेटअगाडि हुँदा त खासै फरक नपर्ला, तर, १ घण्टाअगाडि नै पुगेर आफू सो भेटका लागि कति व्यग्र छु भन्ने नदेखाउनुहोस् । यदि तपाईं कुनै कारणवश ढिलो हुनुभयो भने पक्कै पनि खबर गर्न नभुल्नुहोला ।
अरुतिर आँखा नमोड्नुहोस् :
यदि तपाईं आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरु मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरु मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो । त्यसैले अन्य 

1 comments:

  1. I want to let the world know about Doctor AKHERE the Great spell caster that brought back my husband to me when i thought all hope was lost. Doctor AKHERE used his powerful spell to put a smile on my face by bringing back my man with his spell, at first i thought i was dreaming when my husband came back to me on his knees begging me to forgive him and accept him back and even since then he loves me more than i ever expected so i made a vow to my self the i will let the World know about Doctor AKHERE because he is a God on earth. Do you have problems in your relationship ? have your partner broke up with you and you still love and want him back ? Do you have problem with your finance ? or do you need help of any kind then contact Doctor AKHERE today for i give you 100% guarantee that he will help you just as he helped me. Doctor AKHERE email is: AKHERETEMPLE@gmail.com or
    call/whatsapp:+2349057261346

    ReplyDelete