श्रीमतीले किन नदिएकी ?


मेरी श्रीमतीमा यौनचाहना बच्चा नहुँदा धेरै थियो। त्यतिबेला सातामा ५ दिन सेक्स हुन्थ्यो। हाल २ बच्चा भएको ५ वर्ष भयो र मेरी श्रीमती  १ महिनामा २ पटक पनि सेक्स गर्न दिन्नन्। किन होला ?
श्रीमतीले किन नदिएकी ?
तपाईंले पहिलेको तुलनामा श्रीमतीसँगको यौन सम्पर्कमा कमी आएको र अहिले यौन सम्पर्क राख्न नदिएको कुराबाहेक अन्य जानकारी  दिनुभएको छैन। सीमित जानकारी मात्र भएकाले महिलाहरूमा सामान्य रूपमा यस्तो हुने कारणहरू कै बारेमा चर्चा गरौं।
तपाईंले आफ्नो उमेर पनि लेख्नुभएको छैन तर पनि छोटकरीमा के भनौं भने उमेर बढ्दै जाँदा, युवावस्थाको जस्तै रूपमा यौन 
क्रियाकलापमा  संलग्न हुन नसक्ने स्थिति पुरुष तथा महिला दुवैमा आउन सक्छ। Aging (एजिङ्ग) अर्थात् समयको गति सँगै उमेर बढ्नु र त्यसका साथै  शरीर अनि यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै  अङ्गप्रत्यङ्ग तथा कार्य क्षमता दुवैमा देखिन्छ। यौनसम्बन्धी कुरामा पनि यस्तो हुने नै भयो, तर यस विषयमा आवश्यक जानकारी राखेर  आफूलाई तयार गरे ती परिवर्तनसँगै तालमेल मिलाउँदै जीवनयापन गर्न सजिलो हुन्छ।
उमेरसँगै आउने परिवर्तनको कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन तथा यौन अङ्गका साथै कार्य क्षमतामा पनि आ-आफ्नै किसिमका परिवतर् नहरू हुन्छन्। महिलामा योनिरसमा कमी आउने वा चरमसुखको स्थितिमा पुग्दा तीव्रता नहुनेजस्ता कुरा देखिन सक्छन् भने पुरुषहरूमा लिङ्ग  उत्तेजनामा कठिनाइ हुनेजस्ता कुरा देखिन्छन्। त्यसबाहेक कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याको प्रभाव पनि यौन  जीवनमा नकारात्मक रूपमा देखिन सक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीको नकारात्मक  प्रभाव हुन सक्छ। कुनै त्यस्तो औषधीको प्रयोग गर्नुभएको छ भने चिकित्सकसँग छलफल गर्नुहोस्। कतिपय स्थितिमा यदि महिलालाई गर्भ  रहने भय छ भने यौन सम्पर्कबाट नै परहेज गर्ने स्थिति आउन सक्छ।
बच्चा भएपछि यौन सम्पर्कमा रुचि नहुने कारण यौन सुख र सन्तान जन्माउनुबीच गहिरो सम्बन्ध हुन्छ र बच्चा पाएकै कारणले दीर्घकालीन रूपमा यौनइच्छा हराउने होइन। गर्भावस्था र  प्रसवको कुरालाई झेलेपछि पुरानै शारीरिक अवस्थामा र्फकन केही समय त लाग्छ नै। यतिबेला नै यौनभन्दा पनि अन्य कुरामा ध्यान केन्द्रित  हुन्छ। सामान्यतः यस्तै ६ सातामा महिलाको प्रजनन अङ्ग पुरानै अवस्थामा र्फकन्छ। नेपाली समाजमा बच्चा पाइसके पछि बच्चाको हेरचाह र  घरायशी कार्यमा पुरुषलाई संलग्न गराउने चलन एकदम कम छ। यस्तो स्थितिमा महिलाले बच्चाको हेरचाहमा पनि प्रशस्त समय तथा शक्ति  खर्च गर्नुपर्छ। अन्य सहयोगीहरूको उपस्थिति नभए सुत्केरी महिलाले थकान र तनावको स्थिति झेल्दै बच्चा र घरको स्थिति सम्हाल्दा  शारीरिक स्वास्थ्यमा पनि असर पर्न सक्छ। यस्ता कुराको प्रभाव यौनसम्बन्धी कुरामा पनि पर्ने नै भयो।
अर्को महत्वपूर्ण कुरा, पहिलो बच्चा हुनुभन्दा पहिले श्रीमतीको सम्पूर्ण ध्यान र समय आफ्ना श्रीमान् कै हेरचाहमा दिन सक्ने स्थिति हुन्छ र  यौनसम्बन्धी क्रियाकलापमा पनि संलग्न हुने पर्याप्त समय हुन सक्छ। बच्चा जन्मिए पछि ती कुराहरूमा स्वाभाविक रूपमै परिवर्तन आउँछ।  दिनरात बच्चाको हेरचार गर्नु सजिलो कार्य होइन। यस्ता कुरा राम्रोसँग थाहा नहुँदा श्रीमान् र श्रीमतीको बीचमा अनावश्यक रूपमा  असमझदारी उत्पन्न हुनसक्छ। श्रीमान्ले आफूलाई श्रीमतीले वास्ता नगरेको अनुभव पनि गर्न सक्छन्। त्यसैगरी श्रीमतीले आफ्नो  परिस्थितिको सहयोगी हुनुको सट्टा यौन इच्छा शान्त पार्ने एक साधनमात्र लिइएको अनुभव गरे समस्या त पर्छ नै।
गर्भ निरोधको कुनै प्रभावकारी साधन प्रयोग गरिरहनु भएको छ कि छैन भन्ने जानकारी पनि पत्रबाट प्राप्त भएन। दुईवटा बच्चापछि थप  बच्चा नजन्माउने चाहना भएको स्थितिमा गर्भरहने भयले पनि कसैलाई यौनसम्पर्कबाट टाढा राख्न सक्छ। गर्भनिरोधको उपायले यौनसुखलाई  पुनर्जीवित गर्न सक्छ। जे होस्, यस्ता कतै यस्तो परिस्थितीहरूमध्ये कुनै एक त होइन एकपल्ट विचार गरी उपाय गर्नु होला।

Leave a Reply