यौनसम्पर्क गर्दा लिंग उत्तेजित हुँदैन। मेरो समस्या के होला ? के गर्दा यो समस्या समाधान हुन्छ ?



 


                                                           
                






 यौनसम्पर्कको बेलामा लिंग उत्तेजना नहुने कारण के होला ?      
    चाहिएको बेलामा चाहेजस्तो रूपमा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई imउयतभलअभ वा भचभअतष्भि मथकागलअतष्यल भनिन्छ। मानिस यन्त्र नभएकाले उनीहरूका कार्य एकनासका हुँदैनन्, त्यसैले कहिलेकाहीँ मात्र यस्तो भए अनावश्यक रूपमा चिन्ता लिनुपर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिमा शारीरिक पक्ष ठीकै देखिन्छ। शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबका कारण हुने चिन्तालाई हामी कभहगब उिभचायrmबलअभ बलहष्भतथ  -यौन कार्य सम्पादनको चिन्ता) भन्छौं।

एभचायrmबलअभ बलहष्भतथ कम गर्न के गर्नुपर्ला ?

कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र विस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता नै ह्रास आउन थाल्छ। कति जनाले त यौन क्रियाकलापबाटै परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैँ चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर -कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ। यस्तो समस्यामा कतिपयले हिप्नोसिसले मदत गर्ने कुरा गरेका छन्।
महत्त्वपूर्ण कुरा के भने यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेलामा सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ। यस कार्यमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ। यौन साथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।

महिलाले कसरी यौन आनन्द प्राप्त गर्ने ?

यौन आनन्द प्राप्त गर्ने उपाय

यौन आनन्द विभिन्न किसिमले प्राप्त गर्न सकिन्छ। केहीले तपाईंलाई चरमसुखसम्म नै पुर्‍याउन सक्छन् भने अन्यले यसलाई सहयोग पुर्‍याउने वा अर्कै किसिमको आनन्द दिन्छन्।

- योनि-लिङ्ग यौनसम्पर्क यौन आनन्द प्राप्त गर्न धेरैले प्रयोग गर्ने क्रियाकलाप हो।

- मुखमैथुन यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हो।

- गुदामैथुनबाट पनि धेरैले यौन आनन्द प्राप्त गर्ने गरेका छन्।

- हस्तमैथुन महिलाहरूले यौन आनन्द प्राप्त गर्ने एउटा उत्तम उपाय हो।

- भगांकुर चलाउनु वा यसको धर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले वा आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन्।

- योनिमा केही पसाउनु यौन आनन्द प्राप्त गर्ने अर्को प्रमुख उपाय हो। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा आफूलाई आनन्द आउने स्थान योनिमा खोज्न सकिन्छ जुन सामान्यतः योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी -उगदष्अ) र पाठेघरको मुखको बीचतिर हुन्छ। यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाकापनि प्रयोग गर्ने देखाएका छन्।

- यौन आनन्द थप्न वा त्यसलाई सहयोग गर्दा  पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा खष्दचबतयचक -भ्राइवेटर) भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्।

त्यसबाहेक यौन परिकल्पना, चुम्बन, मन पर्ने व्यक्तिसँगको आलिङ्गन, कपाल, स्तन तथा स्तनको मुन्टो, तीघ्रा, यौनाङ्ग वा अन्य यौन संवेदनशील अङ्ग सुमसुम्याउनु यौन संवेदनशील अङ्गको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु, एक-आपसमा शरीर घर्षण गराउनु, यौन साहित्य पाठ गर्नु, यौन चलचित्र हेर्नु, यौनजन्य प्रदर्शनी हेर्नु, काखी यौनसम्पर्क, स्तन यौनसम्पर्क, तीघ्रामा यौनसम्पर्क, यौनअङ्ग रगड्ने जस्ता अनेक उपाय यौन आनन्द प्राप्त गर्ने क्रममा प्रयोग गर्न सकिन्छ।

1 comments:

  1. I want to let the world know about Doctor AKHERE the Great spell caster that brought back my husband to me when i thought all hope was lost. Doctor AKHERE used his powerful spell to put a smile on my face by bringing back my man with his spell, at first i thought i was dreaming when my husband came back to me on his knees begging me to forgive him and accept him back and even since then he loves me more than i ever expected so i made a vow to my self the i will let the World know about Doctor AKHERE because he is a God on earth. Do you have problems in your relationship ? have your partner broke up with you and you still love and want him back ? Do you have problem with your finance ? or do you need help of any kind then contact Doctor AKHERE today for i give you 100% guarantee that he will help you just as he helped me. Doctor AKHERE email is: AKHERETEMPLE@gmail.com or
    call/whatsapp:+2349057261346

    ReplyDelete