गर्भावस्थामा व्यायाम र यौनसम्पर्कको महत्व


गर्भवती महिलाहरू गर्भावस्थामा आराम गर्न रुचाउँछन् । तर त्यसो गर्दा नोक्सानी हुने खोजकर्ताहरूको निष्कर्ष छ । आराम गर्नेहरूमा प्रोटिनको मात्रा कम हुने र उच्च रक्तचापको समेत खतरा हुने जनाइएको छ ।
गर्भधारणभन्दा अघि र गर्भावस्थाको समयमा प्रोटिनको स्तर तलमाथि रहने गर्नाले आमा र शिशुको स्वास्थ्यमा धेरै जोखिमको सम्भावना रहन्छ । तर नियमित रूपमा व्यायाम गरे त्यस्तो खतराबाट दूरी बढ्छ । दुवैको स्वास्थ्य राम्रो हुन्छ । फिट रहनका लागि शरीरमा प्रोटिनको स्तर नियन्त्रित भइरहनु जरुरी हुन्छ र यो काम व्यायामले गर्छ । व्यायाम गरेपछि रक्तचाप नियन्त्रित हुन्छ ।ओरेगान विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानअनुसार वर्षेनी १० प्रतिशत गर्भ उच्च रक्तचापले गर्दा प्रभावित हुने गरेका छन् । नियमित व्यायामले यो समस्याबाट जोगिन सकिन्छ अनुसन्धानको निष्कर्ष छ ।
विशेष सावधानी
यौनसम्पर्क परहेज गर्नुपर्ने र यौनरोगजस्ता संक्रमणबाट बच्नुपर्ने कुरादेखि बाहेक अरु बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दाको आसनहरूको बारेमा विशेष ख्याल राख्नुपर्छ। अन्य बेलाको भन्दा गर्भावस्थामा केही आसनहरू महिलाका लागि बढी सजिला हुन सक्छन्। यसको लागि पुरुष (श्रीमान्०को सहयोगको पनि त्यति नै आवश्यकता छ। कुन आसन सबैभन्दा उपयुक्त हुन्छ, यो कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो। कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती (साथी०सँग उनको अनुभवबारे कुरा गर्नुपर्छ।
गर्भावस्थाको परिवर्तनलाई ध्यानमा राखेर मात्र पुरुष -श्रीमान्ले महिला (श्रीमती०सँग यौन क्रियाकलापमा संलग्न हनु उपयुक्त हुन्छ, ताकि कुनै शारीरिक वा भावनात्मक चोट नलागोस्। कुनै कुरामा द्विविधा भएमा एक(आपसमा कुराकानी गरिहाल्नुपर्छ। आवस्यक पर्दा चिकित्सकको सल्लाह लिन पटक्कै हिचकिचाउनु हुँदैन।

त्यसैगरी गर्भपरीक्षणमा संलग्न चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मीले पनि यस्ता कुरा सोध्न सक्ने वातावरण बनाइदिनुपर्छ वा पहल गरिदिनुपर्छ। कतिपय स्थितिमा वैज्ञानिक तथ्यलाई सामाजिक मूल्य(मान्यतासँग नमिसाइदिन विशेष सजग हुनुपर्छ। चिकित्सा क्षेत्रका व्यक्तिले भनेका सामाजिक मूल्य(मान्यताका कुरालाई वैज्ञानिक तथ्य ठान्ने सम्भावना धेरै नै छ भन्ने कुरालाई पनि बिर्सनु हुन्न।

गर्भास्थामा यौनसम्पर्कको महत्व

यौनसम्पर्कको एक पाटो यौनसुख प्राप्त गर्नु वा चरमसुख लिनु हो। यसको सकारात्मक प्रभाव त पर्छ नै। गर्भावस्थामा यौनांगवरिपरि रक्तबहाव ज्यादा हुने भएकोले तथा पूर्ण नारित्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकोले अझै बढी यौनइच्छा हुने र सो अनुरुपको नै यौनआनन्द उठाउने गरेको पाइएका घटनाहरू पनि प्रशस्तै छन्।
यौनसम्पर्कको निरन्तरताको अर्को पनि महत्त्वपूर्ण पक्ष छ। यदि गर्भ रहेको कारणले यौनसम्पर्क नै नराखिंदा पति(पत्नीको बीचको सामीप्यताको बाटो कमजोर हुन सक्ने अनि दूरी बढ्ने क्रमको सुरुआत हुने सम्भावना हुन्छ। त्यसैले यस बेला दम्पतीबीचको सम्बन्ध सुमधुर बनाइराख्न दुवै जनाबीच एक(आपसमा कुराकानीको आवश्यकता पर्छ। अन्य बेलामा जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताको लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरताका लागि निकै सहयोगी हुन सक्छ।

नेपाली समाजमा पुरुषहरूलाई गर्भ, प्रस्रव, सुत्केरी वा शिशुको हेरचाहजस्ता कुराबाट टाढै राख्ने गरिन्छ। यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलाको शरीर तथा भावनालाई बुझ्ने अवसर पुरुष वा श्रीमान्लाई प्राप्त हुन्छ। यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रुपमा यौनसम्पर्क भइरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरुको बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ। यस्ता कुराले सुत्केरीपछिको यौनजीवनमा पनि सकारात्मक असर पार्छ। सो अनुसार नै आफूलाई ढाल्न सकेमा दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक अर्कामा समीप हुन तथा बुझ्न मद्दत मिल्छ। यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनांग क्षेत्रको मांसपेशीको कसरत हुन गई बलियो हुने अर्को थरीको तर्क पनि छ।


चिकित्सकले गर्भावस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । पुरुषहरू भने सुत्केरी पश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भए पश्चात एउटै प्रकारको यौन सुख नमिल्न सक्छ।सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो। यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिनेहुन्छ। महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरी पश्चात कम्तीमा पनि ३ महिना सम्म यौन सम्पर्क राख्नु हुदैन। सुत्केरी पश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ। यसकारण सुत्केरी पश्चात महिलामा उदासीपन बढ्न सक्छ। हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरी पश्चात लामो समयपछि मात्र यौन इच्छा शुरू हुन सक्छ।

सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हुँदैन। सुत्केरी पश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्छ। त्यसैले सेक्सकालागि हतार गर्नु हुँदैन।

Leave a Reply