कसरी प्राप्त गर्छन् महिलाले चरम सुख



महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्।

– महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो। योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो। यही क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरम सुख प्राप्त हुन्छ। तर, यो योनीभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन।

– चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्त्र्किय हुन्छ। वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरू विषय स्वतः निष्त्र्किय हुन्छन्। अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने क्षेत्रसमेत निष्त्र्किय हुन्छ।

– धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन्। अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो। यसको निष्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ।

– चरम सुखलाई वंशाणुले फरक पार्छ। अनुसन्धान अनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ। कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन्।

– चरम सुख दिने प्रविधि बन्दै छ। जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन्। यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ।


पहिलो पटकको सम्पर्कमा जुन आनन्द प्राप्त हुन्छ, दोस्रो वा त्यसपछिको सम्पर्कमा किन आनन्द आउँदैन भन्ने विषयमा विभिन्न अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार १५ वषर्ीय पुरुषमा यो अवस्था आउन १५ मिनेट लाग्ने गरेको छ भने ७० वर्षको उमेरमा त्यही आनन्दमा पुग्न २० घण्टा लाग्छ। रटजर विश्वविद्यालयले गरेको एउटा अर्को महत्त्वपूर्ण अध्ययनअनुसार औसत पुरुषलाई उक्त अवस्था पुनः प्राप्त गर्न कम्तीमा ३६ मिनेट लाग्ने गरेको छ। अपवादका रूपमा एक जना युवामा १० सेकेन्डमै उक्त अवस्था प्राप्त भएको दुर्लभ उदाहरण पनि रेकर्ड नगरिएको होइन। त्यस्ता अपवादलाई छाड्ने हो भने पुरुषले प्रत्येक पटकको सम्पर्कपछि त्यही आनन्द प्राप्त गर्न लामो समय लाग्ने गरेको अध्ययनहरूले देखाएका छन्। यसको कारण पुरुषको शारीरिक अवस्था एवं वातावरण मुख्य हुन्।

यता महिलाहरूले भने एकैपटकको यौनसम्पर्कमा पनि धेरैपटक अर्गाजम प्राप्त गर्न सक्छन्। यो तथ्यलाई करिब आधा शताब्दीअघि रेकर्ड गरिएको थियो। यौनसाथीसँग अत्यन्तै रमाइलो महसुस गर्ने वा यौनसाथीसँग अनुकूलता महसुस गर्ने धेरैजसो महिलाले एउटै यौनसम्पर्कमा ३ देखि ४ पटकसम्म पनि अर्गाजम प्राप्त गर्न सकेको अध्ययनहरूले देखाएका छन्। एउटा कलेजका ८ सयभन्दा बढी स्नातक युवतीमा गरिएको अध्ययनअनुसार ४३ प्रतिशतले एउटै यौनसम्पर्कको अवस्थामा बढी पटक अर्गाजम प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। धेरै महिलाले यस्तो अवस्था प्राप्तिका लागि प्रयास पनि गर्दैनन्। धेरैजसो महिलालाई खासमा रिकभरी वा रिप|m्याक्टरी अवधिको आवश्यकता पर्दैन। त्यसैले उनीह रूले एउटै यौनसम्पर्कको अवस्थामा पटक पटक अर्गाजम प्राप्त गरिरहन सक्छन्।

Leave a Reply