यौन जिज्ञासा र समाधान

                                                                         
म २० वर्षीया विवाहित महिला हुँ। श्रीमान्सँग सम्पर्क गर्दा उहाँको वीर्य झरेपछि मेरो योनि एकदम पोल्छ। यस्तो भएको तीन महिनाजति  भयो। के कारणले यस्तो भएको हो ? यो  रोग त होइन ?

०२७२५  

किन पीडा भएको होला ?

हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो। सम्भवतः यौन सम्पर्कबाट नै मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द  प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यौनसम्पर्कको आनन्दसँग जोडिएका छन्, तर सबै यौनसम्पर्क  सुखमय नहुन सक्छन्, त्यसैले यौनसम्पर्क किन पीडायुक्त हुन्छ भन्ने विषयमा केही कुरा गरौं।

योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ  र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएकाले  यसै भन्न सकिने स्थिति भएन। पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनि रस नै आएको हुँदैन। यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ। यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ। योनिशो थका कारण यो समस्या थपिन सक्छ। अनावश्यक रूपमा धेरै डुस दिएर योनि सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधीको प्रयोग, योनिमा  चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ।   

तपाईंको आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन। कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने  सम्भावना पनि छ। यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर  वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचित र कडा हुन्छ। यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा  पीडा हुनसक्छ। आशा गर्छु, त्यस्तो केही छैन। 

यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ। तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन।  शंका भए श्रीमान्-श्रीमती  दुवैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ। 

के तपाईंको समस्या वीर्यको एलर्जीले हो ? 

कन्डम प्रयोग गर्दा यस्तो पोल्ने नहुने तर योनिमा वीर्य स्लखन हुँदा यस्तो समस्या हुन्छ भने त्यो 'वीर्यको एलर्जी' को कारणले हुन सक्छ। 

यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज  हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्कपछि केही घण्टासम्मै यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईलाई थाहै  होला, 'वीर्य' तपाईंको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको  सन्दर्भमा तपाईंको योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ। 

तपाईंले तीन महिनादेखि समस्या भयो भन्नुभएको छ, जसको अर्थ पहिले हुँदैनथ्यो भन्ने बुझिन्छ। यस्तो परिस्थितिमा यौन क्रियाकलापमा केही  परिवर्तन भएका छन् कि त्यो पनि विचार गर्नुहोला, जस्तै कि कन्डमको नियमित प्रयोग छोड्नुभएको वा पर्याप्त पाक्क्रीडा नगरी यौनसम्पर्क  गर्ने गरेको वा कुनै हार्मोनयुक्त वा अन्य औषधीको सेवनले योनि बढी सुख्खा हुने स्थिति आएको छ कि ? 

वीर्यको एलर्जीका लागि के गर्ने ?

समयावधि वा तीव्रता (severity) वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुनसक्छ। हुन त वीयर् मा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले Human seminal plasm protein hypetsensitivity (SPH) बुझिन्छ। यो समस्या यस्तै एक प्रतिशतजति जोडीमा हुने देखिएको छ। 

वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। श्रीमान्को वीर्य यसरी  अन्य अङ्गमा पर्दा पनि त्यस एलर्जी हुने समस्या छ कि छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाह होला। त्यस्तो हो भने तपाईंको समस्या वीयर् को एलर्जीले सिर्जना गरेको हो भन्न सकिने बलियो आधार रहन्छ। 

समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थितिलाई कम गर्नु हो। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा पर्ने  गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला,  कन्डमले यौनरोगका साथसाथै गर्भनिरोधको काम पनि गर्छ। सम्पर्कको समय कम गर्न त्यसबाहेक योनिको बाहिर, अनुहार, हात वा तिघ्रा  जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु सहयोगी हुन्छ।


Leave a Reply