यौन सन्तुष्टि नपाउँदा

म एकदम दुब्लो छु। ममा सेक्ससम्बन्धी उत्तेजना बढी छ। के म सेक्समा असफल त हुने होइन ? मेरो उमेर १८ वर्ष भयो।
तपाईंले आफू एकदम दुब्लो छु त भन्नुभयो तर तपाईंको वजन र उचाइ उल्लेख नभएको सन्दर्भमा यसै भन्न सकिने स्थिति भएन। अति नै  कम वा बढी तौल भएको स्थितिमा त्यसको नकारात्मक प्रभाव यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्छ। अर्कातिर किशोरावस्थामा केही  हदमा शरीरको स्वरूपसम्बन्धी चिन्ता पनि हुन्छ। यौन उत्तेजना हुनुले तपाईंमा यौन सक्षमता राम्रैसँग विकास भैरहेको देखाउँछ, तर तपाईंले  के कारणले असफल हुने कुरा गर्नुभयो थाहा भएन। यसरी नकारात्मक सोच राख्नुपर्ने कुनै कारण छैन। यौनसम्बन्ध पुरुष अनि महिला दुवैले  मलजल गरी सुमधुर बनाउने हो न कि यो कुनै परीक्षा वा प्रतियोगिता हो, जहाँ हामी सफल वा असफल हुन्छौं।
सुमधुर यौन सम्बन्ध नै  सफल यौनसम्पर्क, यौन चरमसुख अनि यौन जीवनको आधार हो।




Leave a Reply