सर्लिनको बर्थडे फन्डा

आफ्नो अभिनय क्षमताभन्दा बढी ग्ल्यामरका कारण चर्चामा रहने अभिनेत्री सर्लिन चोपडा पुनः एक पटक आफ्नो ग्ल्यामरस छविका कारण  चर्चामा छिन्। आफ्नो जन्मदिनको अवसर पारेर यी ग्ल्यामरस बालाले आफ्नो हट न्यूड तस्बिरलाई सोशल नेटवर्किङ साइटमार्फत सार्वजनिक  गरेकी छिन्। आफ्नो न्यूड तस्बिरलाई अपलोड गरेसँगै उनले आफूलाई 'द सुन टु बी बिडे गर्ल इन् द बिडे सुट' भनेर अपडेट गरेकी थिइन्।  आफ्नो जन्मदिनको अवसरमा न्यूड तस्बिरहरू सार्वजनिक गरेर जन्मदिन मनाउने सर्लिनको यो काइदालाई कैयन्ले मनपराए भने कैयन्ले  नकारात्मक टिप्पणी पनि दिए।

Leave a Reply