गर्मी ! ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ?


गर्मी भन्नासाथ सबैलाई ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ? यो शब्दहरू प्रायः तपाइँं हामीले सुनिरहेकै हो तर गर्मी समयमा पनि हामीले हाम्रो आˆनो स्वास्थ्यको उचित हेरचाह गरेमा धेरै समस्याबाट छुटकारा पाउने छौँ । गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छाला चाउरिने सम्भावना धेरै हुन्छ । त्यसैले हामीले हाम्रो खानामा विशेष ध्यान पुर्‍याउनु अनिवार्य हुन्छ । चियाको सट्टा कागती पानी, जुस बढी मात्रामा पिउने, खानामा कैल्सियम प्रोटिन, विटामीन्स कार्बोहाइट, मिनरल्स भएको खाना खाने र सँगै पानी, जुस, दही, दूध, फलफूलको प्रशस्त सेवनले शरीरलाई स्वःफूर्तता प्रदान गर्दछ । हामीले प्रत्येक बिहान गर्ने व्यायाम र योगले पनि दिनभरि तनावमुक्त बनाउँछ । सौन्दर्य सामग्रीले मात्र मान्छेलाई सुन्दर देखाउँदैन, हामीले प्रत्येक दिन खानपानमा कमी भयो भने अनुहारमा धेरै प्रकारका दागहरू देखिन थाल्छ त्यसैले भिटामिन भएको खाना अनिवार्य खानु पनि सुन्दर स्वास्थ्यको लागि राम्रो उपाय हो ।
गर्मी समयमा बढी चिल्लो निस्कने अनुहार जति मेक अप गरे पनि चिल्लो नै देखिने, ब्ल्याक हेड्सहरू धेरै आउने समस्यालाई अनुहारमा तेल निस्कने ग्रन्थीहरूलाई कम गर्ने उपायहरू गर्नुपर्छ । जस्तो सधैँ क्लिीनजिङ गर्ने एसटि्रजेट लोसन प्रयोग गर्ने । कागती, गोलभेडा, काँक्रोको रस मिसाएर सधैँ लगाउने र २० मिनेट राखी पखाल्ने यस्तो नियमितताले छालाबाट तेल निस्कन धेरै हदसम्म कम गर्दछ । मुसुरोको दाल रातभरि भिजाएर पिस्ने र काँचो दूधमा कागतीको रस केही थोपा राखी प्याक लगाउने र २० मिनेट जति राखी चिसो पानीले पखाल्ने यसले पनि चिल्लो छालालाई धेरै हदसम्म फाइदा गर्दछ । चिल्लो छालालाई सफा गरिरहनु एकदमै जरुरी छ किनकि रोमछिद्र बन्द हुनुको कारण नै चिल्लो पना बढी हुनु हो । यदि अनुहारमा ब्ल्याक हेड्सको समस्या छ भने हाइड्राक्सी एसिड भएको उत्पादनहरू प्रयोग गर्नुहोस् । चिल्लो खाना माछा, मासु, मिठाइ धेरै नखाने ।
कस्मेटीक प्रयोग गर्दा ओएल प|mी लेखिएका उत्पादन मात्र प्रयोग गर्ने । सूर्यको अल्ट्रावायलेट किरणले छालामा हानी कारक हुने हुनाले छालामा ओएल प|mी लेखिएको सनस्क्रीन प्रयोग गर्ने । लुज पाउडरको प्रयोग गर्ने, वाटर प्रुफ गाजल, मस्कराको प्रयोग गर्ने । मेकअप गर्नु अगाडि आइसको टुक्राले मुख सफा गरी मेकअप गर्नाले अनुहारमा मेकअप धेरै बेरसम्म रहिरहन्छ । सुख्खा छाला पनि हेर्दा नराम्रो, फुस्रो देखिने हुनाले र चाँडै चाउरिने हुनाले यस्तो छालालाई मस्चराइजरको धेरै प्रयोग गर्नुपर्दछ । बदामयुक्त क्रिमहरूको बढी प्रयोग गर्ने एलोभेरा -घ्यू कुमारी) लाई पिसेर अनुहारमा १५-२० मिनेट राखी सफा पानीले अनुहार सफा गर्ने । मेवालाई पिसेर त्यसमा एक चम्चा मह मिसाएर हप्ताको दुईपटक प्याक लगाउनाले अनुहारको चाउरीपन हट्नुको साथै अनुहारमा भएका दागहरू पनि हट्दै जान्छ । काँक्रोलाई पिसेर त्यसको प्याक २० मिनेट राखी पखाल्ने हो भने यसले अनुहारमा चमक ल्याउन धेरै सहयोग गर्दछ । केराको प्याकमा दही मिसाई हल्का मसाज गरी २० मिनेट छोडी दिनुहोस् र सफा पानीले धुनुहोस् यसो गर्दा पनि अनुहार चम्किलो हुने गर्दछ
मुलतानी मिट्टीमा दही मिसाएर हप्ताको एकचोटी लगाउनाले पातलो छालालाई धेरै सहयोग गर्दछ । सधैँ दूधको तरले अनुहार सफा गर्नुहोस् तर सुख्खा छालालाई मात्र एक चम्चा तर एक चम्चा मह मिसाई हप्ताको दुई पटक प्याक लगाउनले अनुहारमा चमक ल्याउन र चाउरीपन हुनबाट बचाउँछ । तपाइँको अनुहार साह्रै नै सुख्खा छ भने तपाइँं घरमै पनि मस्चराइजर बनाउन सक्नुहुनेछ । एक कप दूधमा चार-पाँचवटा स्टबेरीको रस र एक चम्चा ग्लिसरिन पि|mजभित्र सभा भाडामा राखी राति सुत्ने बेला उक्त लेप अनुहारमा लगाई बिहान सफा पानीले धोएपछि यसले राम्रो मस्चराइजरको काम गर्दछ । गर्मीयाममा खरबुजाको पेस्ट बनाई लगाउनाले पनि अनुहारमा शितलताको अनुभव दिन्छ । यदि घामले तपाइँको अनुहार साह्रै डढेको छ भने एकचम्चा श्रीखण्ड वा चन्दन पाउडरमा रोजवाटर मिसाएर पहिला अनुहारमा स्क्रब गरी उक्त प्याक दिनको एकपटक लगाउनाले पनि अनुहारलाई डढ्नबाट बचाउँछ ।
आˆनो छालाको प्रकारअनुसार हप्ताको एकपटक प्याक लगाउने १५ दिनको एकपटक डिप क्लिीनजिङ गराउने र दक्ष ब्युटीसियनद्वारा महिनाको एकपटक फेसियल गराउने राम्रो ब्रान्डेड कम्पनीका राम्रा उत्पादनहरूको प्रयोग गर्ने, दिनहुँ धेरै मेकअप नगर्ने, सधैँ क्लिीनजिङ, टोनर, नाइट क्रिम, सनस्त्रिmन प्रयोग गर्ने, उचित आहार व्यायाम, तनावमुक्त जीवन सँगै सधैँ खुशी रहनु, प्रशस्त पानी, फलफूलको बढी सेवन र सहयोगको भावना राख्नु, रिस, डाह, ईष्र्या, घमण्ड भएन भने पनि तपाइँको सौन्दर्यमा आँच आउन गाह्रै पर्ला ।
Continue Reading ...

अनुहारको बुढयौलीपन कम गर्ने उपाय


उमेर ढल्किँदै जाँदा मानिस मात्र होइन कुनै पनि प्राणीमा बुढयौलीपन स्वाभाविकरूपमा देखा पर्छ । यसरी उमेर ढल्कँदै जाँदा छालाका कोषिकाहरूको नाश हुने क्रम पनि बढ्दै जान्छ र अन्त्यमा सम्पूर्णरूपमा नष्ट हुन्छ । उमेर ढल्कँदै जाने क्रम जीवनभर नै चलिरहने प्रक्रिया हो । यसलाई रोक्ने वा परिवर्तन गर्न सकिने कुनै पनि प्रविधिको विकास भइसकेको छैन । उमेर ढल्कँदै जाँदा बुढयौली हुने प्रक्रिया सबैभन्दा बढी छालामा देखा पर्ने हुन्छ । उमेर ढल्कँदै जाने प्रक्रियालाई रोक्न नसकिने भए पनि यो प्रक्रियाको गतिलाई ढिलो गराउनका लागि भने केही उपायहरू अवलम्बन गर्न सकिन्छ ।

उमेर ढल्कँदै गएपछि छालामा विशेष गरी चाउरीपन देखा पर्छ । समयको गतिअनुसार छालामा देखा पर्ने चाउरीपनको समस्यालाई क्रोनोलोजिकल एजिङ  भनिन्छ  । सूर्यको अल्ट्राभायोलेट किरणबाट उत्पन्न हुने छालाको समस्यालाई फोटो एजिङ भनिन्छ । बुढयौलीपनका यी दुवै समस्याहरूको गतिलाई कम गर्न सकिन्छ ।

फोटो एजिङ विशेषगरी सूर्यको अल्ट्राभायोलेट किरणको असरबाट हुने छालासम्बन्धी समस्या हो । सूर्यको ग्ख्ब् किरणको प्रभावबाट छालामा चाउरी पर्ने तथा कालो हुने हुन्छ । त्यस्तै गरी ग्ख्द्य किरणबाट कोषको क्यान्सर  तथा छाला डढ्ने हुन्छ । सूर्यको किरणबाट यस्तो कुप्रभाव पर्ने भए तापनि यसबाट अलग बस्न सकिँदैन । किनभने सूर्यको किरण हाम्रो छालामा परेपछि शरीरमा भिटामिन ‘डी’ उत्पन्न हुन्छ र यो हाम्रो शरीरका लागि अति आवश्यक छ । तर घाममा निस्कँदा सूर्यबाट आउने हानिकारक किरणबाट छालालाई बचाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि विशेष क्रिम  लगाउनु उपयुक्त हुन्छ । 

उमेर ढल्कँदै गएपछि मानिसको शरीरका हरेक अंगहरू पनि बिस्तारै खिइँदै जान्छन् । यो एक प्राकृतिक तथा जीव विज्ञानको नियमअनुसार चल्ने प्रक्रिया हो । यसै अनुसार छालामा पनि प्रभाव पर्न थाल्छ । बुढेसकाल लाग्दै गएपछि छालामा विशेष तत्त्व  को उत्पादनमा कमी आउन थाल्छ । यसले गर्दा छालामा चाउरीपन देखिने र छाला झुल्ने हुन थाल्छ । जवानीको अवस्थामा छाला उत्कर्षरूपमा ताजा तथा स्वस्थ हुन्छ । तर जवानी तथा उमेरका कारण अनुहारमा डण्डिफोर देखिने र यदाकदा खटिराहरू देखा पर्ने हुन्छ । यस्तै गर्भावस्था तथा गर्भनिरोधक औषधिको सेवन गरेको अवस्थामा छालामा दाग, चायाँ आदि देखिन सक्छ । यदि सूर्यको किरणको ख्याल गरिएन भने अनुहारको छालामा मसिना रेखाहरू पनि देखिन थाल्छन् । 

३० वर्ष उमेर नाघ्न थालेपछि स्वभावत: अनुहारमा परिवर्तन भएको पाइन्छ । आँखामुनि पनि परिवर्तन  देखिन थाल्छ । मुखको छेउमा मसिना धर्काहरू देखिन थाल्छन् । यसरी नै ४० वर्ष उमेर नाघेपछि अनुहारमा स्पष्टरूपमा उमेर ढल्केको लक्षणको रूपमा देखा पर्ने धर्काहरू देखिन थाल्छन् र  छाला पनि झुल्ने, चाउरिने हुन थाल्छ । हात–खुट्टा तथा गर्दनको छाला पनि झुल्न थाल्छ । उमेरको कारणले मात्र यो स्थिति हुने होइन, आÇनो दैनिक खाना, प्रदूषणले पनि यसमा ठूलो भूमिका खेल्ने भएकोले आÇनो छालाको विशेष ख्याल गर्न आवश्यक हुन्छ ।  

धूमपानले छाला सुक्खा बनाउने रशरीरमा भिटामिन ‘सी’को पनि कमी गराउँछ । शरीरको छाला स्वस्थ राख्न मद्दत पुर्‍याउने भिटामिन ‘सी’को कमीले छाला झुल्ने तथा चाउरिने हुन्छ । यस्तै सूर्यको किरणले पनि छालालाई नराम्रो किसिमबाट हानि पुर्‍याउँछ । सूर्यको किरण स्वास्थ्यलाई आवश्यक पर्ने भए पनि यसको नकारात्मक प्रभावबाट बच्नु अति आवश्यक छ । सूर्यको प्रभावले छाला सुक्खा हुने, दाग देखा पर्ने, चाउरिने र छाला झुल्ने पनि हुन्छ । 

यस्तै मादक पदार्थको सेवनले छालामा  भएको रगतलाई पातलो बनाई बढी मात्रामा छालाको सतहमा बग्न मद्दत पुर्‍याउँछ ।  यसले गर्दा आफ्नो उमेरभन्दा बढी उमेरको देखिने हुन्छ । ज्यादा तनाव भएमा पनि छालामा चाया, खटिरा देखा पर्न थाल्छन् । समय बित्दै गएपछि छालाको चाउरीपन बढ्दै जान्छ ।

त्यसकारण उल्लिखित कुराहरूमा ध्यान दिएर सावधानी अपनाएमा बुढयौली वा अन्य कारणले छालामा देखिने समस्याहरू कम गर्न सकिन्छ ।
Continue Reading ...

The most romantic ways to melt his or her heart


i love you, The most romantic ways to melt his or her heart, happy valentine day, valentine day in nepal, nepali valentine, celebrating valentine day in nepal, kiss photos, love & romance
Everyone has the ability to be romantic, just not everybody knows how. Below are some ideas culled from our myLove.com.np users that demonstrate just how easy it can be! For when they are going away:
Get together pictures, song lyrics that gum wrapper that you saved from the first piece of gum he gave you etc. Using magazine letters for words, in your journal make a collage of words that you have memories of, such as the title of your favorite song, or a word that describes something only you and he would understand. Also include reasons why you love him and why he will be missed, why he's so special... Put in pictures of his favorite actress even though you may hate her (he he); draw a picture of him with your eyes closed just for giggles; spray some pages with your perfume; tape rose petals on the pages or a four leaf clover for good luck. This would be a great going away present for any guy or girl.
For when they are coming home:
Buy rose petals and candles to make a trail from the entrance to the table. On the table I will have a romantic dinner with candles all over forming a big heart. And, if you want to make him laugh a little, go to the restroom and write I love you, or I missed you on the mirror with shaving cream.
Just to show them you love them:
Call her when she is not expecting a phone call and say to her, "I've been thinking about and I just wanted to hear your voice,"
If she has access to email then email her a few words telling her how much you love her or that you miss her and sometimes email her and talk dirty to her.
Send her flowers.
Get her a card and give it to her and say, "Just because you are so special to me".
I also recommend using the love quotes on mylove.com.np!!!! They go perfectly with their romantic ideas etc.
To show them you would do anything for them:
Girls love a guy who can dance & most guys hate dancing or are just really shy. If you were to take some lessons on the sly - Latin dancing is really sexy - and then totally surprise her one night and take her out dancing ...Latin, swing or ballroom. I will bet a million dollars you will blow her away. Cheers!
To show them how much they mean to you:
The most romantic thing I ever did was giving my boyfriend a heart shaped box on our anniversary. I wrote a message on it, and in the message I told him that not only am I giving him my heart, but also I would like him to look inside it and see how I feel about him. Inside the heart-shaped box, I had cut out a heart for every single day I have known him. On each heart, I wrote something that I love about him...I told him that, for everyday I have known him; I have found another reason why I love him. I thought he was going to cry!
Romance in your own special way:
Everyone has a romantic side you just need to figure out what yours is. I had a boyfriend once who could not for the life of him figure out how to express himself. One day out of the blue, he took me to the river laid out a blanket and told me his whole life story - it was so sweet and I really got to know him.
Here are some ideas:
If you have a "special" place where you like to go to be alone, bring her there and make her feel like she's    the only one who knows about it. Ask her to go for a ride - take her to a children's playground and push her on the swings. Go to a baseball (football, soccer) field after dark and stop the car, get out turn on a slow song and spontaneously ask her to dance.
Finally, just be yourself - you'll think of something - I promise! And when you do, she'll look past the generality of flowers, etc. and really fall in love with you! I hope this helps you!
Continue Reading ...

पहिलो पटक डेटिंग जाँदै हुनुहुन्छ भने ....


के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् । पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् ।  ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना राखिन्छ भने पक्कै पनि पहिलो भेटले ठूलै भूमिका खेल्छ । भनिन्छ नि, फस्ट इम्प्रेसन डज लास्ट इम्प्रेसन । त्यसैले पहिलो डेटमा यी कुरा गर्दै नगर्नुहोस् :
अरुको फोन नउठाउनुहोस् :
यदि तपाईं आफ्नो प्रिय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने आफ्नो मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् वा फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक – आपसमा कुरा कसरी साट्न सकिएला र ?
विवाद हुनसक्ने कुरामा सतर्क रहनुहोस् :
तपाईं यदि आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो हुँदो हो । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनिति वा धर्मका अन्य कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।
पहिले पनि प्रेममा हुनुहुन्थ्यो ?
त्यो कुरा निकाल्दै ननिकाल्नुहोस् । पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन, तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईंलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।
ध्यान दिएर सुन्नुहोस् :
केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमाा प्रवेश गर्दै नगर्नुहोस् ।
मापसे नगर्नुहोस् :
पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस् , धेरै पिउँदै नपिउनुहोस् ।
आकर्षक ड्रेसअप गर्नुहोस् :
यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।
ढिलो वा चाँडो नहुनुहोस् :
तपाईं कुनै पनि अवस्थामा पहिलो भेटका लागि ढिलो वा चाँडो पनि नहुनुहोस् । केही मिनेटअगाडि हुँदा त खासै फरक नपर्ला, तर, १ घण्टाअगाडि नै पुगेर आफू सो भेटका लागि कति व्यग्र छु भन्ने नदेखाउनुहोस् । यदि तपाईं कुनै कारणवश ढिलो हुनुभयो भने पक्कै पनि खबर गर्न नभुल्नुहोला ।
अरुतिर आँखा नमोड्नुहोस् :
यदि तपाईं आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरु मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरु मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो । त्यसैले अन्य 
Continue Reading ...

तपाईंको प्रेमीले लुकाउछन् यी कुराहरु


आफ्नो प्रेमीले उनको सबै सिक्रेटहरु बाँड्छन् भनेर मख्ख नपर्नुहोस् । सबै कुरा भनेपनि उनीहरुले तपाईंले थाहा नपाओस् भनेर धेरै कुरा नभनेका पनि हुन्छन् । नभनेका धेरै कुराहरुमध्ये हामीले यहाँ केहि कुरा खोलेका छौँ ।
आफू इमोनसनल भएको कुराः
रोइरहेको बेलामा प्रेमिकाले देख्नुजस्तो लज्जास्पद पुरुषहरुका लागि अरु केहि हुँदैन । यत्ति एक कारणले गर्दा पुरुषहरु आफूलाई एक्प्रेस गर्दैनन् । आफूले आफूलाई उनीहरु निकै कठोर, निडर र बलवान भएको देखाउन चाहन्छन् । धेरैजसो पुरुषहरु एक्प्रेस गर्ने, आँसु झार्ने काम त महिलाहरुको मात्र हो भन्ने गर्दछन् ।
 
पोर्न फिल्म स्टोर गरिएको ठाउँ:
उनको हार्ड डिस्क पोर्न फिल्मले भरिएको हुन्छ तर जब तपाईंले उनलाई सोध्नुहुन्छ तब उनको प्रतिक्रिया के ?’ हुनसक्छ । पुरुषहरुलाई पोर्न मनपर्छ तर उनले यो तथ्य उनले नकार्छन् । पुरषहरुले पोर्नको संसार आफ्नो वास्तविक जीवनमा अपनाउन खोज्छन् जुन गलत हो तर तपाईंहरुले आफ्नो पुरुषसँग बेडमा हुँदा आफूले आफूलाई जेन्ना जेमसन अथवा सन्नी लियोनसँग तुलना गर्नुपर्ने हुन्छ । पुरुषले पोर्न फिल्मको कलेक्सन यदि लुकाएर राखेका छन् भने उनलाई लुकाउन दिनुस् । घरि घरि सोधेर उनलाई टर्चर नदिँदा नै राम्रो।
 
आमाको छोरो हुँ भन्ने तथ्यः
धेरै पुरुषहरु विवाह गरिसकेपछि आफ्नी श्रीमती आमा जस्तै होस् भन्ने चाहन्छन् जसले गर्दा सासु बुहारीमा मनमुटाव सुरु गर्छ । उनीहरु आफ्नी आमासँग सानो सानो कुरामा भर पर्ने गरेपनि यो कुरा उनीहरु तपाईंलाई थाहा नहोस् भन्ने चाहन्छन्।
 
उनको विचित्र कल्पनाः
केहि कल्पनाहरु सेयर गरेर रमाइलो गर्न सकिन्छ । तर, कहिले उनीहरुको सोच कहिले काँही अचम्म लाग्दा हुनसक्छन् जुन तपाईंहरुलाई मन नपर्न सक्छ त्यसैले पुरुषहरु आफ्नो दिवास्वप्न र सोच प्रेमिकालाई भन्न रुचाउँदैनन् । यदि तपाईंलाई थाहा भइहाल्यो भने पनि तपाईंहरु ढोकातिर जानुहुनेछ ।
Continue Reading ...

प्रेमिका सँग सम्बन्ध सुमधुर बनाउनु छ भने ...


के तपाईंकी प्रेमिका तपाईंसँग रिसाएकी छिन् वा बारम्बार झनक्क रिसाइरहन्छिन् । आफ्नो प्रेमिका रिसाएको कसलाई पो मन पर्ला र ? तर, रिसाएपछि प्रेमिकालाई फकाउन लामै समय खर्चनुपर्ने हुन्छ । कहिलेकाहीँ सोच्नु पनि हुँदो हो, मैले उपहार दिन नसकेकाले प्रेमिकालाई खुसी राख्नसकेको छैन । तर, त्यसो होइन । आफ्नी प्रेमिकालाई खुसी देख्न मन छ भने तलका टिप्स अपनाउनुहोस् र आफूलाई लक्की प्रेमी साबित गर्नुहोस्ः
@ प्रशंसा गर्न लोभ नगर्नुहोस
तपाईं आफ्नी प्रेमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर रहेकी हुन सक्छिन् । त्यस्तो बेला तपाईंको सानो प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको जानकारी दिनुहोस्, तपाईंकी प्रेमिकाको अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ । 'तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले आफ्नी प्रेमिकालाई आहा, कस्तो राम्रो कपालको स्टाइल’ भन्नुभयो भने उनमा तत्काल खुसी छाउँछ ।
@ उनका कुरामा समर्थन गर्नुहोस्
आफ्नी प्रेमिकाको समर्थन गर्न कहिल्यै पनि नडराउनुहोस् । तपाईंको साथ पाएको कारणले नै तपाईंकी प्रेमिकामा केही काम गर्ने साहस बढेको हुनसक्छ । त्यसैले आफ्नी प्रेमिकाको चाहना बुझेर उनका काममा साथ दिनुहोस् र उनको समर्थन गर्नुहोस् ।
@ उनको आवश्यकता देखाइदिनुहोस्
हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला 'तिमी मेरो संसार हौ ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् ।
@ फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस्
तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् ।
@ धैर्यसाथ उनका कुरा सुनिदिनुहोस्
प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस् । यदि उनलाई तपाईंका केहि बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ ।
@ सरप्राइज दिनुहोस्
समय - समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ ।
@ हाँस्न लोभ नगर्नुहोस्
प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस् । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समयसमयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केहि रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् ।
@ विशेष महत्व दिनुहोस्
आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ ।
@ सम्मान गर्नुहोस्
कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्का रुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको आफ्नै सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
Continue Reading ...

विवाह अघि सेक्स गर्नु हुन्छ ?


विवाह अघि सेक्स गर्नु हुन्छ ? टिनएज पुस्तालाई यो प्रश्ननै वाहियात लाग्छ। ‘अहिलेको जमानामा कसले पर्खन्छ?’ उनीहले प्रतिप्रश्न गर्न सक्छन्। विवाह पछि मात्र सेक्स गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा।
‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ।  उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’  सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ 
 
प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ 
 
विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ 
 
उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ 
 
सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्। गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा।
 
‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ।  उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’  सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ 
प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ 
 
विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ 
 
उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ 
 
सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्। 
Continue Reading ...

प्रेम, विवाह र यौन


संस्कृत भाषामा विवाहको अर्थ हुन्छ लगन अर्थात् एउटा यस्तो गठबन्धन, जसमा प्रेम वा आफ्नोपन समाबेश हुन्छ । विवाहलाई दूई विपरीत लिंगका व्यक्तिबीचको अन्तरंग बन्धन मानिन्छ, त्यो केवल कानुनी वा सामाजिक औपचारिकतामात्र होइन । विवाहले श्रीमान श्रीमती दुवैलाई आ-आफ्नो प्राकृतिक क्षमताको अतिरिक्त एक साथ रहेर आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर समेत प्रदान गर्छ।  एकजुट भएर गरिने प्रयासले दाम्पत्य जीवनमा मधुरताको संचार गरी सुन्दरता पैदा गर्छ जुन आजीवन कायम रहन्छ। विवाहमा हामी भन्ने भावनाको अनुभव गर्नु अत्यन्त महत्वपुर्ण एवं आवश्यक मानिन्छ। आपसी सम्बन्धलाई सफल, सुमधुर, बलियो एवं दिगो बनाउने प्रयास गर्नुपर्छ। भनिन्छ-एउटा व्यक्ति आधा वा अधूरो हो र दुईको मिलनपछि मात्र व्यक्तको अस्तित्वले पूर्णता पाउँछ। 
जब श्रीमान्श्री-मती विवाह बन्धनमा बाँधिन्छन् तब माथिका कुरा केही हदसम्म सत्य प्रमाणित हुन्छन्। सफल विवाहका लागि दुवै वर-वधू शारीरिक, मानसिक र भावनात्मक रुपमा सक्षम एवं पूर्ण हुनुपर्छ। वैवाहिक सम्बन्ध कायम गर्न श्रीमान श्रीमती दुवैको प्रयास र सहभागिता बराबर हुनुपर्छ। यदि विवाहको धरातल सबल छ भने बाहिरी कारणले त्यसलाई असर पार्न सक्दैन। त्यसका लागि श्रीमान श्रीमती दुवैबीच समझदारी, आपसी माया, सद्भाव, सम्मान र साझेदारी हुनुपर्छ भने दुबैले एक-अर्काको व्यक्तिगत विकासमा सहयोग पुर्‍याउनु पनि उत्तिकै आवश्यक छ।
 
विवाह एउटा गठबन्धन हो, बन्धन होइन। दाम्पत्य जीवनमा यौनिक आकर्षणलाई कायम राख्नु वा विवाहलाई जीवनभर सुमधुर राख्नु त्यति सरल कार्य होइन। जुन दम्पतीले आफ्नो यौनजीवनलाई सुखमय बनाउने प्रयास गर्छन् त्यो जोडीमा बढी आत्मीयता पाइन्छ। विवाह सम्बन्ध टुट्नुको कारण यौन सम्बन्धमा नकारात्मक प्रवृत्ति बढ्नु पनि मानिन्छ। बेन्जामिन फ्रान्कलिन भन्छन् "आफ्नो बगैंचाको भन्दा छिमेकीको बगैंचाको फूल सधैं राम्रो र सुन्दर लाग्छ र त्यसले आकषिर्त पनि गर्छ। यो तब मात्रै सम्भव हुन्छ जब तपाईं आफ्नो बगैंचालाई नै उपेक्षा गर्नुहुन्छ।"
 
पति पत्नी दुवैले आफ्नो दाम्पत्य जीवनमा यौनलाई उत्तिकै महत्व दिँदै कुनै पनि समस्यालाई आ आफ्नो जिम्मेवारी मानेर प्रेम पुर्बक समाधान गर्नुपर्छ। स्वयंलाई अलग अलग मानेर काम गर्न थालियो भने परिणाम सकारात्मक नहुन सक्छ। पति पत्नि एकजुट भएर सकारात्मक परिणामका लागि प्रयास गर्नुपर्छ। नारी पुरुष एउटै सिक्काका दुई पाटा हुन्। यी दुवै संवाहक हुन्। प्रकृतिले तिनीहरुलाई अलग अलग शारीरिक संरचना प्रदान गरेको छ। त्यसैले दुवैको मिलनबाट प्रजनन सम्भव हुन्छ। तैपनि विवाहलाई मात्र शारीरिक आकर्षण रुपमा लिनु हुँदैन। 
 
साँचो प्रेम भावनात्मक सम्बन्धबाट फल्छ, फुल्छ र हर्कन्छ। आत्मीय अन्तरंगमा एक अर्काप्रति प्रतिबद्धता, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट मात्र जन्मन्छ। यौनसम्बन्ध प्रेमको पराकाष्ठा, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट उत्पन्न हुन्छ। यौन सम्बन्ध पराकाष्ठा हो तर प्रेम यौनसम्बन्धको अन्तिम विन्दु हुन सक्दैन तथापि पुरुष यौन सम्बन्धका लागि प्रेम गर्छन् भने महिलाहरु प्रेम प्राप्तिका लागि शारीरिक सम्बन्ध राख्न तयार हुन्छन् भन्ने यथार्थलाई भुल्न सकिँदैन। जीवनभरि चल्ने वैवाहिक सम्बन्धमा अनेकौं चुनौती छन्, धेरै मतभेद विद्यमान हुन्छन्। समस्या, कठिनाइ र बाधाको दबाबलाई व्यवहारको लचिलोपन, सल्लाह, सहयोग एवं दृढ संकल्पका माध्यमबाट हरेक दम्पतीले सहज रुपमा सामना गर्न सक्छन्। व्यक्ति स्वयं र अरुसितको उसको सम्बन्ध विभिन्न चुनौतीको अग्नि परीक्षाबाट गुज्रेर त्यसरी नै निखार पाएर सामुन्ने आउँछ जसरी भट्टीमा पग्लेर सुन। 
 
वैवाहिक सम्बन्ध गहिरो समुद्र हो त्यसलाई पार गर्नका लागि अहिलेसम्म कुनै साधनको आविष्कार भएको छैन। सुखी र सुमधुर दाम्पत्य जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा एक अर्काका लागि तपाईं कुन हदसम्म परिवर्तन हुन तयार हुनुहुन्छ भन्ने हो। त्यो विवाह नै उदाहरणीय हुन्छ जुन दम्पती एक अर्काका कमी कमजोरीलाई स्वीकार मात्र गर्दैनन्, ती कमी कमजोरीलाई सुधार गर्न एक अर्कालाई सहयोग पनि गर्छन्। सफल विवाह त्यसलाई मानिन्छ जहाँ जीवनमा आइपरेका हरेक समस्यालाई दम्पतीले कुशलतापूर्वक समाधान गर्नसक्छन्।
Continue Reading ...

तपाईंको ब्वाइफ्रेन्डको पाँच कुरा ...


your-boy-friend
महिलाको कुन कुराले पुरुषलाई आकर्षित गराउँछ भन्ने कुरा कहिले काँही पक्कै सोच्नुहुन्छ होला। आफ्नो पुरुषलाई के गर्दा खुसी पार्न सकिन्छ भनेर निकै सोच्नु पनि भएको होला। यहाँ २५ वर्ष पुगेका पुरुषहरुले प्रेमिकासँग के - के कुरा भन्न रुचाउँछ र के कुरा भन्दैनन् भन्ने कुराहरु उल्लेख गरिएको छ, तपाईं को ब्याइफ्रेन्डले के के कुरा भन्न रुचाउँदैनन् :
१. ब्वाइफ्रेन्डको ट्याग मन पर्ने
केहि विश्वास गरिएका तथ्यको ठीक विपरित पुरुषहरुलाई पनि मायामा  मन पर्ने कुरा सार्वजनिक गरिएको छ। उनीहरुलाई ब्वाइफ्रेन्डको ट्याग मनपर्छ। सम्बन्ध गाँस्न डराउने अल्लारे ठिटाहरु जस्तै सबै पुरुषहरु कहाँ त्यस्ता हुन्छन् र ?
 
२. सम्बन्धमा परिसकेपछि उनीहरु केहि खोल्न नचाहने
एकचोटि कुनै पुरुषले आफ्नो मनको कुरा खोलिसकेपछि उनीहरु कुनै खेल खेल्न चाहँदैनन्। महिलाहरु तर्किने भए पुरुषहरु पनि तर्किने गर्दछन् फलस्वरुप सम्बन्ध चाँडै चिसिने डर हुन्छ। त्यसैले कसैको भावनासँग नखेल्दा नै राम्रो हुन्छ।
 
३.  उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मानोस् भन्ने चाहना
साथीहरुको सल्लाह सुझाव, राम्रो, नराम्रो टिप्पणी पुरुषहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यदि उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मान्छन् भने उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ।
 
४. उनीहरुको साथीलाई माया नगर्नुहोस्
उनीहरुको साथीको निम्ति तपाईंले उनलाई धोका दिएको उनीहरु सहन सक्दैनन् किनभने उनीहरु तपाईंको पूरै शक्ति, ध्यान र समय उनीहरुमा नै केन्द्रित होस् भन्ने चाहन्छन् ।
 
५. तपाईंलाई गुमाउँछु कि भन्ने डर 
मानिसहरुले पुरुषहरुलाई आफ्नो वशमा कसरी पार्ने भन्ने कुरा धेरै लेखिसकेका छन् तर यदि कोही पुरुषलाई कुनै महिला साँच्चै मनपरेको छ भने यसमा गाह्रो केहि पनि छैन। साँच्चै भन्नुपर्दा पुरुषहरु तपाईंबाट धोका पाइन्छ कि भन्ने कुरामा जहिले चिन्तित रहने गर्दछन् मात्र तपाईं उहाँको प्रेमिका बनिदिनुस् उहाँ त्यत्तिमा नै खुसी हुनुहुनेछ।
Continue Reading ...

महिलाले पुरुषलाई गर्ने केहि क्रुर व्यवहारहरु


फक्स न्युजले महिलाले पुरुषलाई दिने गरेको १० किसिमका मानसिक यातना संकलन गरेको छ।
# आफ्नो पुरुषको परिक्षण गर्छन्
‘यदि तिमी मलाई साँच्चै माया गर्र्छौ भने साथीसंग बनाएको प्लान रद्द गरेर मलाई भेट्न आऊ’ यदि यस्तो कुरा तपाईंको महिलाले भन्छिन् भने सावधान रहनुस् उहाँले तपाईंलाइ परिक्षण गर्न खोज्दै हुनुहुन्छ। साथीसँग बनाएको प्लानको बारेमा थाहा हुँदाहुँदै पनि उहाँले त्यसो भन्नुहुन्छ र भेट्न जानु हुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ। यस्ता परिक्षण सम्बन्धमा क्रुर हुन्छ।
 
# तपाईंमा इष्या जगाउन अरुसंग प्रेमालाप रच्छन्
यो अपरिपक्कताको संज्ञा हो जतिबेला तपाईंकी महिलाले तपाईंसँग झगडा परेको बेलामा इष्या जगाउन अरु केटासंग नजिकिन खोज्छिन् मात्र उनी तपाईंको त्यो छटपटी हेर्नमा सन्तुष्टि प्राप्त गर्न। महिलाको यस्ता व्यवहारले पुरुषलाई नराम्रोसंग आघात पारेको हुन्छ।
 
# र्सार्वजनिक स्थलमा आफ्नो पुरुषको आलोचना गर्छन्
क्रुर महिलाहरु आफ्नो पुरुषको र्सार्वजनिक स्थलमा आलोचना गर्छन् र जिस्काउन समेत पछि पर्दैनन्।
 
# आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन्
आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा नगर्ने भन्दा ठूलो कष्टप्रद के हुन सक्ला पुरुषहरुका लागि  थुप्रै पुरुषसंग मस्किने र पहिलेको सम्बन्धको बारेमा नभन्ने महिलाहरु धेरै हुन्छन्।
 
# भावनात्मक रुपमा पुरुषलाई आफ्नो वशमा गर्छन्
पुरुषहरु महिलाको आँखामा एक थोपा आँसु पनि हेर्न सक्दैनन् जसको फाइदा कोही महिलाहरुले लिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । महिलाहरुको एक दुइ थोपा आँसु रोक्नको लागि पुरुषहरु जे पनि गर्न तयार हुन्छन्।
 
# पुरुषलाई ‘स्वतन्त्र ड्रिङक्स’का लागि प्रयोग गर्छन्
कोही महिलाहरु आफ्नो एक पैसा पनि खर्च नगर्ने मनसाय लिएर ड्रिङक्सका लागि बार अथवा क्लब धाउने गर्छन् । यसकालागि कोही मुर्गाको खोजीमा हुन्छन् । यसको क्रममा कोहीसंग भेट हुन्छ, एकअर्कासंग चिनापरिचय हुन्छ, ड्रिङक्स गर्छन्, छोटो प्रेमालाप गर्छन् र त्यहाँबाट भाग्छन्।
 
# शारिरिक हिंसामा संलग्न हुन्छन्
यदि कुनै पुरुषले महिलालाइ हात हाल्छ भने त्यसलाई घृणास्पद मानिन्छ तर त्यहि व्यवहार महिलाले पुरुषलाई निर्धक्कसंग गर्न सक्छिन्, यो सोचेर कि पुरुषले त्यसको बदलामा उनलाई हात हाल्दैनन् । यस्तो सोच्ने महिलाले पुरुषलाई जस्तो पनि यातना दिनुहुन्छ भन्ने सोचेर जे पनि गर्छन्।
 
# पुरुषलाई ‘प्लेसहोर्ल्र्डस’को रुपमा प्रयोग गर्छन्
यदि उनी सभ्य छिन् भने, उनले त्यस्ता पार्टिमा भेटेको मानिससँग थप सर्म्पर्कमा रहन्नन् तर यदि निर्दयी छिन् भने त्यो पुरुषलाई अर्को कुनै नयाँ मुर्गा नभेटुञ्जेल साथमा राख्छिन् । यस्ता महिलाहरु न त एक्लै बस्न सक्छन् न त कुनै सम्बन्धमा न,त्यसैले अर्को पुरुष नभेटुञ्जेल उनीहरुले झुन्डाएर राख्छन्।
 
# उनीहरुले सेक्सलाई रोकेर राख्छन्
यस्तो व्यवहार उनीहरुले धेरै पटक गर्छन् । कुनै पुरुषको लागि सेक्स सास फेरेको जत्तिकै आवश्यक हुन्छ । यस्तो कुरा जानेर नै महिलाहरुले पुरुषलाई सजाएँ दिनका लागि रोक्ने गर्छन् जुन प्रभावशाली त हुन्छ तर भयंकर हुन्छ।
 
# उनीहरुले फोन उठाउँदैनन्
पुरुषहरु प्रायः राम्री महिलाको फोन नम्बर पाएँ भनेर मख्ख पर्ने गर्छन् तर, महिलाहरुले भने कि उनीहरुलाई गलत नम्बर दिन्छन् कि त फोन नै उठाउँदैनन्।
नोट: माथिका सबै कुराहरु तपाईं वा तपाईं कि केटि साथी मा लागु नहुन सक्छ।
Continue Reading ...

महिलाहरु पुरुषको के कुरामा फिदा हुन्छन ?

भनिन्छ महिलाहरुलाई बुझ्न गाह्रो छ तर, यदि एकअर्कामा राम्रो सम्बन्ध छ भने र पर्याप्त सम्बाद हुने हो भने न त महिला न पुरुषलाई बुझ्न गाह्रो हुन्छ। पुरुष साथीहरुकालागि यहाँ यस्ता कुराहरु दिइएका छन् जसमा महिलाहरु फिदा हुने गर्दछन।
खैरो कपालः अहिलेको समयमा धेरै पुरुषसाथीहरुले आफ्नो कपाल कालो बनाउन धेरै प्रयास गर्नुहुन्छ तर याद राख्नुहोस्, खैरो कपालमा पुरुषहरु हँसिलो, शिष्ट र परिपक्क देखिनुहुन्छ। म्याच डट कमले पत्ता लगाएको अनुसन्धान अनुसार ७२ प्रतिशत महिलाहरुले पुरुषको खैरो कपाल मनपर्ने बताएका छन्।
 
पसिनाः पुरुषहरुमा आएको पसिनालाई महिलाले सेक्सीको संज्ञा दिने गरेका छन् । पसिनै पसिना भएको पुरुषप्रति महिलाहरु निकै आकर्षित हुने गर्दछन्। युनिभर्सिटी अफ क्यालिफोर्नीयाका अनुसन्धानकर्ताहरुका अनुसार पुरुषको पसिनामा हुने एन्ड्रोस्ट्याडिनोन नामक केमिकलले महिलाको हर्मन लेभल र सेक्सप्रतिको चाहना वृद्धि गर्ने बताएका छन् । तर, यसो भन्दैमा आफ्नो सबै बडी स्प्रे र अत्तर भने नफ्याक्नु होला।
 
चस्माः समय परिवर्तनशील छ र अहिलेको यो समयमा चस्मा लगाउने पुरुषहरु महिलालाई आकर्षित बनाउने गर्दछन् । चस्मा लगाउने पुरुषहरु बुद्धिमान देखिने भएका कारण महिलाहरु उनीहरुप्रति आकर्षित हुने गर्दछन्। यदि पुरुषहरु बुद्धिमान छन् भने उनीहरु चाखलाग्दो सम्बाद गर्ने गर्दछन् फलस्वरुप परिपक्क देखिन्छन्।
 
घरको बोटबिरुवाः बोटबिरुवाको रेखदेख गर्ने र आफ्नो वातावरणको हेरबिचार गर्ने पुरुषहरु महिलाहरुका लागि बढी यादगार हुन्छन् । एउटा बोटलाई राम्रोसँग बढ्नको लागि धैर्यवान्, मायालु र केयर गर्ने मानिसको आवश्यकता पर्छ। एक्सपर्टका अनुसार यदि तपाईंले हप्ताको ३० मिनेट मात्र आफ्नो बगैंचालाई हेरबिचार गर्नुभयो भने यसले तपाईंको स्वास्थ र सेक्स लाइफमा सकारात्मक असर पुर्याउँछ ।

Continue Reading ...

आपसी सम्बन्धमा खतराको संकेत


भनिन्छ, सम्बन्ध जोड्न वर्षौं लाग्छ तर त्यही सम्बन्ध टुट्न मात्र क्षणभर पर्याप्त हुन्छ। कैयन पटक हामी आफ्नो दिनचर्यामा यति धेरै व्यस्त  हुन्छौं कि वरपर भैरहेका परिवर्तनका सम्बन्धमा हामीलाई जानकारी हुँदैन। आपसी सम्बन्ध समाप्तितर्फ बढ्नुपूर्व केही संकेत देखापर्छ। आफ्नै  असावधानी एवं लापरबाहीका कारण हामी ती संकेतलाई चिन्न सक्दैनौं र अन्ततः सम्बन्ध टुट्न पुग्छ। 
संकेत बुझ्ने प्रयास 
अचानक केही पनि हुँदैन, कुराहरू बिस्तारै परिवर्तीत हुँदै जान्छन्। आफ्नो साथीको शारीरिक संकेतहरूलाई बुझ्ने प्रयत्न गर्नुपर्छ। के पहिलेको  तुलनामा कुनै परिवर्तन महसुस भैरहेको छ? के उनको हाउभाउ परिवर्तन हुँदै गएको छ ? के उनी पहिलेजस्तो आफूप्रति ध्यान दिइरहेका छै नन् वा आफ्नो कुरामा रुचि लिइरहेका छैनन्? आफू उनको नजिक हुँदा उनलाई असहज महसुस भएको प्रतित हुन्छ? अनिकटताका क्षणलाई  उनी ध्यान दिइरहेका छैनन् ? सम्झना गर्ने प्रयत्न गरे पनि तपाईंलाई सम्झना छैन के उनले तपाईंलाई कहिले आलिंगन गरे वा चुम्बन गरे?  आदि हाउभाउ एवं व्यवहारले धेरै कुरा अभिव्यक्त गर्छ। किनभने स्थिति नियन्त्रणभन्दा बाहिर जानुपूर्व सम्हालिनुपर्छ। 
 
प्रेम कतै हरायो कि ?
दम्पतीबीच प्रेम र लगावको कमीका कारण आपसी सम्बन्धमा दूरी बढ्छ। यदि पहिले जस्तो आपसी सम्बन्धमा त्यो आकर्षण, लगाव र  सामीप्यता महसुस हुँदैन भने त्यसले सम्बन्धमा खतराको संकेत गरेको कुरा बुझ्नुपर्छ। विवाहको प्रारम्भिक समयको तुलनामा पछिल्ला दिनमा  रोमान्सको रोमाञ्चता विभिन्न कारण एवं परिस्थितिले अवश्य कम हुन्छ तर त्यो पूर्णरूपमा अन्त हुनु खतरापूर्ण परिस्थिति हो। 
 
व्यवहारमा परिवर्तन 
व्यवहारमा परिवर्तन आपसी सम्बन्धमा दूरी बढ्नुको तेस्रो संकेत हो। कतै उनी आफ्ना कुरामा ध्यान दिन छोड्दैछन् कि ? आफ्नो कुरामा  उनको कुनै प्रतिक्रिया हुँदैन कि ? गम्भीर कुरालाई पनि नसुनेझैं गर्छन् कि ? प्रायः फुर्सद नभएको बहाना गरिरहन्छन् कि ? झनक्क रिसाउने  स-साना कुरामा रिस पोख्ने जस्ता कुरा उनको व्यवहारमा देखा परिरहेको छ कि ? यी सबै कुराले आपसी सम्बन्धमा खतराको घन्टी बज्न  थालेको संकेत गर्छ। 
 
अन्तरंग क्षणको कमी 
यदि उनी आफूसँग अन्तरंग क्षण व्यतीत गर्न आनाकानी गर्छन् भने यसले आपसी सम्बन्धमा दुरी बढ्न थालेको बुझ्नुपर्छ। श्रीमान्-श्रीमती  दुईजना मात्र हुनुपर्ने स्थानमा कोही तेस्रो व्यक्तिको उपस्थिति हुन थाल्नु, आफूप्रति उनको उपेक्षापूर्ण व्यवहार बढ्न थाल्नु, आफूसँग एकान्तमा  बस्न उनले आनाकानी गर्न थाल्नु आदि परिस्थिति सम्बन्धका लागि विष सरह हो।
 
व्यक्तित्वमा परिवर्तन
के आफूलाई महसुस हुन्छ कि उनी दिन-प्रतिदिन परिवर्तन हुँदैछन् ? आफ्नो व्यक्तित्वका सम्बन्धमा उनी पहलेभन्दा बढी सजग हुन थालेका  छन् ? प्रतिदिन फेसनेबल पहिरनमा सजिन थालेका छन् ? आफूसँगको सम्बन्ध मक्किँदै गएको परिप्रेक्ष्यमा यो परिवर्तन किन हुँदैछ भन्ने कुरा  बुझ्नु आवश्यक छ। यो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ कि प्रायः पुरुष आफू जुन रूपमा छन् त्यसमै व्यस्त रहन्छन् तर अचानक तिनको  बाहिरी व्यक्तित्वमा परिवर्तन आए तिनको जीवनमा केही नयाँ एवं रोमाञ्चक कुरा चलिरहेको छ भन्ने आशंका गर्नुपर्ने हुन्छ। हुनसक्छ, उनको  जीवनमा अरू कसैले प्रवेश पायो कि ? 
 
सम्पर्कमा कठिनाइ 
के कहिल्यै यो कुरा विचार गर्नुभएको छ कि तपाईंले उनलाई दिनमा कतिपटक फोन गर्नुभयो र उनले आफूसँग कति पटक कुरा गरे? पछि  कल ब्याक गर्छु भनेर दिनभरि नै फोन गरेनन् कि ? कति पटक फुर्सद नभएको बहाना बनाए ? के कुरा सोध्नु आवश्यक छ भने के साँच्चै  उनी व्यस्त छन् वा बहाना बनाइरहेका छन्? उनमा आएको परिवर्तन आफूले बुझेको कुरा छ भन्ने कुरा उनलाई अनुभूति गराउनु आवश्यक  छ। यदि यी सबै लक्षण देखा परिरहेका छन् भने, सचेत हुनैपर्छ। स्थितिलाई नजरअन्दाज गरेर त्यसमा सुधार आउँदैन, बरु अझ बिग्रँदै जान्छ।  आफ्ना साथीसित यस विषयमा गम्भीरतापूर्वक कुरा गर्नु आवश्यक छ, होइन भने वास्तविकताको सामना गर्न तयार रहनुपर्छ। 
Continue Reading ...

We Love Natural Beauty Products


owadays, in our eco-sensitive fashion world, people are reaching out more and more for the natural, organic and everything-free or nearly-free beauty products. Not only to save the environment, but also to save a bit of hard earned cash, try using these simple items that can be found in nearly every kitchen, and opt for a simple, Do-It-Yourself beauty project:
Avocados: If you have super dry hair, this is the fruit for you! Avocados are used in commercial hair and skincare products for their amazing moisturizing properties. The trick is to buy the fruit very ripe. Mix it in the blender along with a half teaspoon of olive oil until it becomes a smooth paste, otherwise it will be hard to get out of your hair! As for how long to keep on, recommendations vary: from 30 minutes to 2 hours for a really deep conditioning treatment.
Apple Cider Vinegar: It has been recommended to help restore pH balance, kill bacteria and create smoother cuticles. 1/3 cup of apple cider vinegar mixed with 1 qt of water, poured over your hair in the shower as a post-conditioner rinse to lock in moisture and shine, as well as protecting color and removing product build-up. Also recommended for skin: pour some in a spritzer bottle, and use it as a facial toner to sop up extra oil and to regulate your skins pH levels. Dab some on ruddy cheeks or inflamed skin to take down redness and make your skin look fresh, even in severe conditions.
Honey: Honey has been said to be a natural antiseptic, antifungal, and a fantastic humectant, preserving moisture in the skin. Try dabbing a bit over acne scars to speed the repair process, or mix a small amount in with your conditioner for a moisturizing and great-smelling hair mask.


Potatoes: Recommended to help reduce swelling and puffiness. Using a vegetable peeler, shred a small amount of potato, let it chill in the fridge for a while, and then place the chilled potato under your eyes, and wait for 15 minutes.



Yogurt: Said to be a fantastic moisturizing agent as well as a skin exfoliant. Could be used as a cooling facial mask to wake up dull, tired, or dry winter skin. A popular treatment to sunburn. Keep on for about 15 minutes. Cranberry Juice: Pure cranberry juice is said to help keep hair shining and lustrous. For hair it can be used as a post conditioner rinse: pour over damp hair, massage in for a minute or two, and then let it sit for a few minutes.
Egg Yolks: They're supposed to be amazing for your hair: rich in vitamins A, D, E and B, which strengthens hair and prevents hair loss, dandruff, leaving your hair shiny and healthy. Mix 2 egg yolks with 2 tbsp of sesame or almond oil and a tsp of honey, can also add a dash of lemon. Wet hair then use the mixture to massage on your scalp and hair. Wrap hair in a towel or shower cap for 20-30 minutes then shampoo out. But make sure not to rinse with very hot water, to avoid, ahem, cooking the eggs on your head.
Salt: Natural sea salt is a great exfoliant and healing agent. Using small circular motions, rub down your entire dry body with salt before your shower for a fantastic glow, but make sure to use a rich moisturizer afterwards and dont rub very hard to not anger your skin.
 
Caution: Some products that are recommended by recepies can have side effects of odor, such as yogurt. So test these out before going out for a big date or something. Do not keep them around for very long and avoid going out into direct sunlight directly afterwards. Also keep away from products you could be allergic to. This is a collection of recommendations from a variety of people and their experiences. It is not a medical advice and we do not guarantee results. Please check with your doctor for medical advise.
Continue Reading ...

स्वस्थ कपालका लागि केही घरेलु उपायहरु


फास्टफुड, तनाव, प्रदुषण आदि अनेक कारणहरुले हिजोआज समय भन्दा पुर्व नै कपाल फुल्ने, कपाल झर्ने समस्या निकै बढेर गएको छ। यी समस्याहरुको जडमा कही न कही बजारमा पाइने सौन्दर्य प्रशाधनहरु पनि छन्। त्यसैले हिजोआज घरेलु प्रशाधनहरुको आकर्षण पनि बढ्दै गएको छ। यहाँ हामीले कपालसम्बन्धी समस्याहरु समाधान गर्न केही घरेलु उपायहरुबारे जानकारी दिएका छौ। 
 
कपाल झर्नु : 
सानो उमेरदेखि नै कपाल झर्ने समस्या अहिले सामान्य हुँ दै गएको छ। कपाल झर्नुका अनेक कारणहरु हुन सक्छन्। जस्तो चायाँ, प्रदुषण, प्रदुषित पानी गलत साबुन शैम्पु कण्डिशनरको प्रयोग, तनाव, आन्तरिक कमजोरी, कुनै बिमारी इत्यादि। कपाल झर्ने समस्याबाट मुक्ति प्राप्त गर्न कागतीको रसले कपालमा मसाज गर्नुस्। खासगरी बढी तैलियताका कारणले कपाल झर्छ भने यो उपाय अत्यन्तै लाभदायी हुन्छ। अमलाको धूलो र मेहंदीको नियमित प्रयोगले पनि कपाल झर्न रोकिन्छ। नियमित रुपले दहीले कपाल धुनाले पनि कपाल झर्न रोकिन्छ। 
कपाल कोर्दा ब्रशले भन्दा कागियो प्रयोग गर्नुस्। टाउकोमा कपाल झरेको स्थानमा प्याजको रस नियमित रुपले लगाउनुस। 
 
रुखो कपाल : 
कपाल रुखो हुनुको पनि अनेक कारण हुन सक्छ। तर कारण जेसुकै होस घरेलु उपायहरु अपनाउन सकिन्छ।  शिकाकाई, रीठा र अमलाको मिश्रणले कपाल धुने गर्नुस्। कपालमा धेरै शैम्पु नगर्नुस्। शैम्पु गरिसकेपछि कपाललाई आफै सुक्न दिनुस्। घाममा नसुकाउनुस्। आधा कप स्याउको रसमा दुई चम्चा पानी मिलाएर टाउको र कपालमा राम्ररी लगाउनुस्। पाँच मिनेटपछि पानीले पखाल्नुस्। कपाल सुखी सकेपछि कपालमा तेल लगाउनुस्। 
 
कपालमा चाया : 
चायाँ कपालको लागि अभिशाप नै हो। चायाको कारणले कपालको जडो कमजोर हुन्छ र झर्न थाल्छ। शैम्पुले कपाल राम्ररी नधुनाले पनि यस्तो हुन्छ। चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। कपालमा तेल लगाएर धेरैबेर नछाड्नुस्। कुनै पनि शुद्ध तेल हल्का तताएर कपासको टुक्राले भिजाएर कपालको जडोमा लगाउनुस्।
Continue Reading ...

स्थायी मकेअप के हो ?


फिसमा अति आवश्यक मिटिङ छ, तर भनेको बेला तयार हुने समय हुँदैन। बेलुकी पार्टी छ तर कामको व्यस्तताले पार्लर जाने समय हुँदैन। आइब्रो पनि सेपमा छैन, नङमा पनि कमजोरी देखिएको छ। यस्तो अवस्थामा स्थायी रूपमै अनुहारको मेकअप कायम रहोस् भन्ने चाहना हुनसक्छ। यो चाहना अहिले सम्भव भएको छ। एकपटक लाइनर वा गाजल लगाएपछि लामो समयसम्म त्यसमा टाउको दुखाउनुपर्दैन। एकपटक आइब्रोलाई सेपमा ल्याएपछि बारम्बार पार्लर गैरहनुपर्दैन। यो सबै स्थायी मेकअपका कारण सम्भव भएको छ। 
स्थायी मकेअप के हो ? 
सौन्दर्यविद्हरूका अनुसार स्थायी मेकअप आजको आवश्यकता हो। यो सौन्दर्यसम्बन्धी धेरै समस्याको समाधान पनि हो। यो मेकअपलाई स्थायी मेकअप भनिन्छ। यो विधिमा एउटा मसिनो सियोको माध्यमबाट छालाको पहिलो झिल्लीमा विशेष किसिमको सूक्ष्म कलर पिगमेन्ट प्रत्यारोपित गरिन्छ। यसले छालाको रंग परिवर्तन हुन्छ। यो रंग बर्षौ सम्म विशेष हेरचाहबिना पनि कायमै रहन्छ। यसबाट समय मात्र नभएर पैसा पनि बचत हुने दाबी विज्ञहरूको छ। 
साइडइफेक्ट छैन 
कतिपय व्यक्तिमा स्थायी मेकअपले छाला खराब हुने वा अन्य साइडइफेक्ट देखिने भ्रम छ। विज्ञहरूले स्थायी मेकअपले गलत प्रभाव नपार्ने दाबी गरेका छन्। यसबाट एलर्जी हुन्छ भन्ने कुरा पनि गलत भएको उनीहरूको भनाइ छ। छालालाई पनि यसले कुनै असर गर्दैन। संवेदनशील छाला भएका महिलाका लागि यो राम्रो विकल्प हो। सौन्दर्य प्रसाधनबाट एलर्जीको सम्भावना बढी हुन्छ। स्थायी मेकअपबाट कुनै असर पर्दैन। अस्थायी गाजल, मस्कारा, लाइनर, लिपकलर पसिनाबाट बग्छ । लेन्स लगाउने महिलाका लागि स्थायी आइमेक वरदान नै हो। स्थायी मेकअप गरिसकेपछि आइमेकका लागि बारम्बार लेन्स निकाल्ने तथा राख्ने झन्झट बेहोर्नुपर्दैन। 
 
स्थायी मेकअपूर्व 
एकपटक स्थायी मेकअप गरेपछि त्यसलाई समयपूर्व हटाउन भने सहज हुँदैन। त्यसैले मेकअप गराउनुपूर्व आफ्नो लुकका बारेमा राम्रोसँग निक्र्यौर्ल गर्नुपर्छ। यसका लागि एकसातापूर्व अस्थायी मेकअप गरेर त्यो लुकलाई आफूलाई विश्वास नभएसम्म प्रयोग गर्नुपर्छ। आफ्नो लुक सुहाउँदो भएको कुरामा विश्वस्त भएपछि मात्र त्यसलाई स्थायी रूपमा परिणत गर्नु राम्रो हुन्छ। ओठको आकार, आइब्रो सेप, गाजलका साथै अन्य प्रसाधन लगाउन १५ मिनेटदेखि एक घन्टासम्म लाग्छ र त्यसका लागि एकदेखि दुई सिटिङ लिनुपर्ने हुनसक्छ। पहिलो १० दिनमा कलर पिगमेन्टको माथिल्लो परत र्झन सक्छ, तर त्यसलाई रिटचिङबाट ठीक गर्न सकिन्छ।
यदि नेल कल्चर गराउँदै हुनुहुन्छ भने यो प्रक्रिया अलिक फरक छ। यसमा विशेष किसिमको पाउडर र जेल मिलाएर नक्कली नङ बनाइन्छ। यसलाई आफ्नो नङसित जोडिन्छ। आर्टिफिसियल नङ प्राकृतिक नङकै रूपमा बढ्छ। त्यसैले हरेक दुई महिनामा रिटचिङ गर्नुपर्ने हुन्छ। 
 
कसका लागि स्थायी मेकअप 
स्थायी मेकअप १८ वर्षभन्दा माथिका जोकसैले गर्न सक्छन् तर गर्भवती महिला, डायविटिज एवं उच्च रक्तचापका बिरामीका लागि भने यो रिस्की हुन्छ। ल्युकोडर्माका रोगीका लागि पनि यो उपयुक्त मानिँदैन।
 
मेकअप अवधि:  स्थायी आइब्रो - १५ वर्ष, स्थायी लाइनर, गाजल- १५ वर्ष, सेमी स्थायी, आइलेन्स पर्मिङ- २ महिना, सेमी स्थायी मस्कारा- १०-१५ दिन, स्थायी ब्युटी स्पट- १५ वर्ष, स्थायी लिपलाइनर- १५ वर्ष, स्थायी लिपिस्टिक- २ वर्ष, स्थायी कलरिङ- १०-१५ वर्ष, स्थायी नेल कल्चर- २ महिना, सेमी स्थायी नेल आर्ट- ३ महिना, स्थायी ब्लसर -     १५ वर्ष
Continue Reading ...

सौन्दर्य का बाह्र शुत्रहरु


सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः
१ . कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।
२ . यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन ।
३ . यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
४ . दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ ।
५ .  सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।
६ .  कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम ९हाडे बदाम० को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ ।
७ .  मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन ।
८ .  नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
९ .  धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ ।
१० . हेना मेहन्दी एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
११ .  तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
१२ .  यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।
Continue Reading ...