स्तन बढाउने उपाय


   
 स्तन शिशुका लागि दूध बनाउन मात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो ।  किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूलेदेखाएका छन् ।
व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस (हार्मोन) हरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।


के पातली हुँदैमा स्तन पनि साना हुन्छन् ?

तपाईंले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भए पनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ ।  हामी शरीरको Body Mass Index (BMI) कति हेरेर तौल सामान्य भन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ छ नाप्छौं । यसलाई  Body Mass Index (BMI) भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा ‘मोटो’ (obese) भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको द्यःक्ष् यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उतार-चढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ ।

स्तन बढाउने उपाय
 
घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं ।
क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिए पनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ  र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको ‘कपको आकार’ लाई परिवर्तन गर्दैन । विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ ।
हाल स्तन बढाउने विभिन्न किसिमका खाने चक्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटी पनि भएको दाबी गरिएका ती औषधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ । जे सुकै दाबी गरिए पनि अमेरिकी FDA तथा  National Research Center for Women and Families जस्ता संस्थाले यस्ता कुरा प्रमाणित गर्न बाँकी नै छ । त्यसबाहेक स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन । शल्य चिकित्सा गरेर स्तनको आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ ।
तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । स्तन कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तैः थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । श्रीमान्लाई तपाईंको स्तनका सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । स्तन सानै भए पनि त्यसले यौन सुख दिन दूध उत्पादन गर्न सक्छ । अन्तमा के भनौं भने आफ्नो तौल बढाउनतिर पनि ध्यान दिनुहोस् त्यसबाहेक प्रकृतिले दिएको स्तनको आकारमा सहज बन्ने प्रयास गर्नु बेस हुन्छ ।


Continue Reading ...

यौनसम्पर्क गर्दा लिंग उत्तेजित हुँदैन। मेरो समस्या के होला ? के गर्दा यो समस्या समाधान हुन्छ ?



 


                                                           
                






 यौनसम्पर्कको बेलामा लिंग उत्तेजना नहुने कारण के होला ?      
    चाहिएको बेलामा चाहेजस्तो रूपमा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई imउयतभलअभ वा भचभअतष्भि मथकागलअतष्यल भनिन्छ। मानिस यन्त्र नभएकाले उनीहरूका कार्य एकनासका हुँदैनन्, त्यसैले कहिलेकाहीँ मात्र यस्तो भए अनावश्यक रूपमा चिन्ता लिनुपर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिमा शारीरिक पक्ष ठीकै देखिन्छ। शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबका कारण हुने चिन्तालाई हामी कभहगब उिभचायrmबलअभ बलहष्भतथ  -यौन कार्य सम्पादनको चिन्ता) भन्छौं।

एभचायrmबलअभ बलहष्भतथ कम गर्न के गर्नुपर्ला ?

कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र विस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता नै ह्रास आउन थाल्छ। कति जनाले त यौन क्रियाकलापबाटै परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैँ चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर -कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ। यस्तो समस्यामा कतिपयले हिप्नोसिसले मदत गर्ने कुरा गरेका छन्।
महत्त्वपूर्ण कुरा के भने यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेलामा सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ। यस कार्यमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ। यौन साथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।

महिलाले कसरी यौन आनन्द प्राप्त गर्ने ?

यौन आनन्द प्राप्त गर्ने उपाय

यौन आनन्द विभिन्न किसिमले प्राप्त गर्न सकिन्छ। केहीले तपाईंलाई चरमसुखसम्म नै पुर्‍याउन सक्छन् भने अन्यले यसलाई सहयोग पुर्‍याउने वा अर्कै किसिमको आनन्द दिन्छन्।

- योनि-लिङ्ग यौनसम्पर्क यौन आनन्द प्राप्त गर्न धेरैले प्रयोग गर्ने क्रियाकलाप हो।

- मुखमैथुन यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हो।

- गुदामैथुनबाट पनि धेरैले यौन आनन्द प्राप्त गर्ने गरेका छन्।

- हस्तमैथुन महिलाहरूले यौन आनन्द प्राप्त गर्ने एउटा उत्तम उपाय हो।

- भगांकुर चलाउनु वा यसको धर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले वा आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका छन्।

- योनिमा केही पसाउनु यौन आनन्द प्राप्त गर्ने अर्को प्रमुख उपाय हो। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा आफूलाई आनन्द आउने स्थान योनिमा खोज्न सकिन्छ जुन सामान्यतः योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी -उगदष्अ) र पाठेघरको मुखको बीचतिर हुन्छ। यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाकापनि प्रयोग गर्ने देखाएका छन्।

- यौन आनन्द थप्न वा त्यसलाई सहयोग गर्दा  पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा खष्दचबतयचक -भ्राइवेटर) भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्।

त्यसबाहेक यौन परिकल्पना, चुम्बन, मन पर्ने व्यक्तिसँगको आलिङ्गन, कपाल, स्तन तथा स्तनको मुन्टो, तीघ्रा, यौनाङ्ग वा अन्य यौन संवेदनशील अङ्ग सुमसुम्याउनु यौन संवेदनशील अङ्गको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु, एक-आपसमा शरीर घर्षण गराउनु, यौन साहित्य पाठ गर्नु, यौन चलचित्र हेर्नु, यौनजन्य प्रदर्शनी हेर्नु, काखी यौनसम्पर्क, स्तन यौनसम्पर्क, तीघ्रामा यौनसम्पर्क, यौनअङ्ग रगड्ने जस्ता अनेक उपाय यौन आनन्द प्राप्त गर्ने क्रममा प्रयोग गर्न सकिन्छ।
Continue Reading ...