चरम सुख र महिला शरीर रहस्यमय अनुभूति


अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन्। श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ। चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन्। सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ। धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ। सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र धारणाह रूको सञ्जालमा फस्न पुग्छन्। पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन। तिनमा बिस्तारै प्रारम्भ  हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ।
यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम सुखका बारेमा समुचित र सही जानकारी  हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुभmने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको  पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न  सकिन्छ । ६ वर्ष पहिले विवाह बन्धनमा बाँधिएका ३० वषर्ीया सीमा र ३५ वषर्ीय समिर डाक्टरकहाँ जाँदा समिरमा केही शारीरिक कमी भएको र आफ्नो वैवाहिक जीवन  सन्तुष्टदायक नभएको गुनासो सीमालाई थियो । सम्पूर्ण टेस्ट र एक-दुई सेसनपश्चात् समिरको प्रेम र क्षमतामा कुमै कमी नभएको कुरा पुष्टि भयो । शारीरिक सम्बन्धको  सम्पूर्ण कुरा सामान्य देखियो । त्यसपछि भने सीमाको संकोचमा कमी आयो । उनी खुलेर कुरा गर्न थालिन् । कुराकानीका बखत उनले भनिन्- उनको नजिकको आफन्तले  बताएअनुसार चरम सुख तब प्राप्त हुन्छ जब सर्बिकसमा भएको युट्रसको टिपमा टप प्राप्त हुन्छ । ६ वर्षको अनुभवमा जुन सुखद् अनुभूति सीमालाई भैरहेको थियो,  त्यसलाई इन्जोय गर्नुको साटो उनी त्यो काल्पनिक आनन्दको प्रतीक्षा गरिरहेकी थिइन् जुन निराधार थियो । वास्तविकता के हो भने योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा  छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।
हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जत काँच सरह भएको, सेक्स नराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही  ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत्  रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै  जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।
रहस्यमय अनुभूति
अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ । धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ । सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र  धारणाहरूको सञ्जालमा फस्न पुग्छन् । पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन । तिनमा बिस्तारै  प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ । जति स्वतन्त्रतापूर्वक पुरुषले आफ्नो शरीरका माध्यमबाट प्रेम प्रदर्शन गर्छ त्यति नै  उसलाई प्राप्त होस् भन्ने चाहना उनमा रहन्छ तर उनले त्यो अवसर प्राप्त गर्दैनन् । यही कारणले गर्दा अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि  रहस्यमय रहन्छ । अधिकांश पति-पत्नी यस विषयमा कुराकानी पनि गर्दैनन् ।
कैयन् व्यक्तिमा चरम सुखका सम्बन्धमा अनेकन भ्रान्ति पाइन्छ । चलचित्रको पात्र वा पोर्नो चलचित्रका दृश्य वा सस्ता खालका किताब, पत्रपत्रिकामा विकृत रूपमा प्रस्तुत  गरिएको जानकारी यसको कारण हुन्छ । विवाहित संगिनीद्वारा प्रभाव जमाउन बढाई-चढाई गरी व्यक्त गरिएका अनुभवका कारण पनि मनमा डर जन्मन्छ— के उनी आफू  पनि संयम गुमाउँछिन् ? के उनी पनि आउट अफ कन्ट्रोल हुन पुग्छिन् ? के उनीबाट आवाज निस्कन्छ ? के उनलाई पनि अद्भूत आनन्द महसुस हुन्छ ? यी भयका  कारण कैयन् महिला आफ्ना उत्तेजनात्मक अनुभव रोकेर राख्न बाध्य हुन्छन् । पतिका सामु आफ्नो इमेज खराब नहोस् भन्ने डर महिलामा हुन्छ तर वास्तविकता के हो  भने यदि श्रीमती आफ्नो मनबाट डर निकाल्न सक्षम भए श्रीमान्बाट पनि सहयोग प्राप्त हुन्छ र जुन चरम सुख मात्र १५ देखि २० प्रतिशतको उचाइमा अनुभव भएको  थियो त्यो शतप्रतिशत हुन पुग्छ । कैयन् अवस्थामा महिला स्वयं आफूलाई के कुराले उत्तेजित गर्छ भन्ने कुरा बुझ्न सक्दैनन् । अतः आफ्नो उत्तेजनाको विन्दु थाहा  पाउनुपर्छ र त्यसलाई श्रीमान्समक्ष व्यक्त गर्नुपर्छ । यसबाट फोरप्लेमा सहजता एवं सुविधा प्राप्त हुन्छ ।
Continue Reading ...

के हो चरम सुख ?



चरम सुख अर्थात् सम्भोगका बेला अनुभूति हुने आल्हादकारी तृप्ति ! पुरुष र स्त्रीमा चरम सुख अर्थात् अर्गाज्म प्राप्त हुने समय र तरिका फरक हुन सक्छ । पुरुषलाई वीर्य स्खलन हुने/हुने समयमा अर्गाज्म अनुभूति हुन्छ । अर्थात् जुन समयमा सम्भोगको गति तीव्रतम् हुन्छ र समय-शून्यताको अनुभूति हुन्छ, त्यसबेला यो अद्भूत घटना घट्छ । त्यतिखेर वीर्यपात हुन्छ । करिब आठ/दस सेकेन्ड, वीर्यपात भयोभयो भन्ने क्षणदेखि वीर्यका छिर्का निक्लँदासम्मको यो अवर्णनीय अवधिलाई अर्गाज्म भनिन्छ ।
त्यतिखेर प्रजनन् अंगको छेउछाउका मांसपेसी फुक्ने र खुम्चने गर्छन् । कामोत्तेजनाको ज्वार शरीरको करिब हरेक भागमा एक समान गतिले सञ्चार हुन्छ । मुटु तेज गतिले ढुकढुक गर्छ । रक्तचाप बढ्छ र शरीरका हरेक भागमा रगत दू्रतगतिले दौडन्छ । जनेन्दि्रयमा त रक्तसञ्चारको बाढी नै पस्छ । उत्तेजना बढ्न थालेदेखि नै पुरुषको लिंग र स्त्रीको भगनासिका, योनि ओष्ठ, योनिका भित्ताहरू र स्तनका मुन्टाहरूमा रक्तसञ्चार अत्यधिक हुन्छ । साथै, स्नायुहरूमा तनाव सिर्जना हुन्छ । यो तनावबाट अचानक अर्गाज्मका बेला मुक्ति हुन्छ ।
स्त्रीहरूमा अर्गाज्म केही फरक ढंगले अनुभूति हुन्छ । कामोत्तेजित हुन थालेपछि सुरुमा उनीहरूको योनिप्रदेश तन्तुहरूद्वारा निष्सृत चिप्लो पदार्थले भिज्छ र मुलायम बन्छ । स्तनका मुन्टाहरू उत्तेजनाले तीखा हुन्छन् । योनि ओष्ठ केही मात्रामा फुक्छन् । र, पुरुषमा जस्तै स्त्रीमा रक्तचाप बढ्छ, त्वचा रक्तसञ्चारको आधिक्यले रक्तिम आभायुक्त बन्छ ।
विस्तारै श्वासको गति बढ्न थाल्छ । मांसपेसीमा तनाव बढ्दै जान्छ । अनुहार रगत चुहुएलाभै+m रातो हुनपुग्छ । जब अर्गाज्म करिब आउँछ तब योनिप्रदेशका मांसपेसीमा संकुचन आउन थाल्छ र असीम आनन्दको अनुभूति हुन्छ । यो आनन्दानुभूति रहँदासम्म त्यहाँका मांसपेसीहरूमा खुम्चने र फुक्ने प्रक्रिया जारी रहन्छ । यो संकुचन चार/पाँचदेखि बाह्र/पन्ध्रपटक दोहोरिन्छ । स्त्रीहरू एउटै सम्भोगमा पटकपटक अर्गाज्ममा पुग्न सक्छन् । हालै अमेरिकी यौन अनुसन्धाताहरूले स्त्री मल्टिपल अर्गाज्ममा पुग्न सक्ने प्रक्रियाको गहन खोजअनुसन्धान गरेका छन् । पर्याप्त अनुसन्धान हुन नसके पनि तन्त्रशास्त्रले यही कुरा धेरै पहिलादेखि भन्दै आएको थियो ।
स्त्रीहरूले यसलाई पूर्णताको अनुभूति, चरम सन्तुष्टि, शरीरभरि आनन्दको कम्पन भन्दछन् । यतिखेर पुरुष र स्त्री एक-आपसमा पूर्णतः विलीन हुन्छन् । आफ्नो शरीरको ज्ञानसमेत रहँदैन । रक्तचाप र श्वासको गति तीव्र हुन्छ, शरीरका अन्य भागमा पनि संकुचन हुन्छ । तर, स्त्री-पुरुष दुवै यो कुराप्रति बेखबर हुन्छन् । स्त्री अर्गाज्ममा पुगेको बखत आभार प्रकट गर्न स्वतस्फूर्त रूपमा पुरुषलाई कसिलो र लामो चुम्बन गर्छन् । त्यस्तो चुम्बन पाउने पुरुषले आफूलाई भाग्यमानी सम्झन्छन् । यो सम्भोग सफल भएको प्रमाण हो ।
सामान्य सम्भोगमा अर्गाज्मको अवधि पाँच/सात सेकेन्डदेखि बीस/पच्चीस सेकेन्डसम्म हुन्छ । यही अवधि तान्त्रिक सम्भोगका बेला पाँच/सात मिनेटदेखि डेढ-दुई घन्टासम्म लम्बिन सक्छ ।
मल्टिपल अर्गाज्म भनेको एकै सम्भोगमा एकपटक कामोत्तेजनाको शिखरमा पुगेर अर्गाज्मको चरम सुखानुभूति गरिसकेपछि शान्त हुनु र पुनः कामोत्तेजना बढेर अर्गाज्म अनुभूति गर्नु अथवा फेरि यो क्रम दोहोरिइरहनु हो । सबै अर्गाज्म एकै स्तरका नभए पनि शान्त चित्तबाट उठेर उत्तेजनाको शिखरमा पुग्नु, अर्गाज्म अनुभूति गर्नु, चित्त फेरि शान्त हुनु, फेरि बिस्तारै उत्तेजना बढ्न थाल्नु, उत्तेजनाको शिखरमा पुगेका बेला फेरि अर्गाज्म अनुभूति गर्नु, फेरि चित्त शान्त हुनु, यो प्रक्रिया नै मल्टिपल अर्गाज्म हो ।
तर, पुरुष एकै सम्भोगमा मल्टिपल अर्गाज्ममा कहिल्यै पुग्न सक्दैन । कारण- अर्गाज्ममा पुग्न वीर्यपात प्रथम सर्त हो । वीर्यपात एक सम्भोगमा एकैपटक हुन्छ । त्यसपछि लिंग उत्तेजनामा आउन कम्तीमा दस/पन्ध्र मिनेट लाग्छ ।
पुरुष एकै रातमा पाँच/सातपटक सम्भोग गरेर हरेकपटक अर्गाज्ममा पुग्न सक्छ । तर, यसलाई मल्टिपल अर्गाज्म भनिँदैन । स्त्रीहरू भने जिस्पट वा भगनासिकामा बारम्बार दबाब अथवा घर्षणद्वारा पटकपटक छिटोछिटो उत्तेजित र स्खलित हुन सक्छन् । पश्चिमाजगत्का नामुद यौनविद् डा. किन्से र मास्टर्स एन्ड जोनसन्सको खोजअनुसन्धान र प्रयोगद्वारा दशकौं पहिला स्त्रीहरूले मल्टिपल अर्गाज्म अनुभूति गर्न सक्ने सिद्ध भइसकेको छ ।
श्रोतः नयां पत्रिका

Continue Reading ...

बाँझोपनको पीडा


विवाह भएको बाह्र वर्षसम्म सन्तान नभएपछि इश्वरी विकले घरभित्र मात्र होइन समाजबाट पनि रुखो व्यवहार सहनुपर्‍यो। आफ्नै लोग्नेले पनि सम्पूर्ण दोष लगाउँदै अर्को बिहे गर्ने धम्की दिएपछि सन्तान प्राप्तिका लागि उनले मन्दिरहरु चहार्दै भाकलसमेत गरिन् तर उनको कोख बाँझै रह्यो। काखमा आफ्नै बच्चा खेलाउने इच्छाले लोग्नेसँग काठमाडौं आएर जँचाउँदा बच्चा नहुनुको भेद थाहा पाएपछि उनी छक्क परिन्। भेद खुलेपछि उनका श्रीमान्ले नै पश्चात्ताप गरे। दुवैलाई निःसन्तान केन्द्रमा उपचार गराउँदा इश्वरीको पाठेघरको मुखमा सानो घाउ देखियो, जुन उपचार गराउँदा ठीक हुन्थ्यो। विडम्बना, उनको लोग्नेको वीर्य जाँच गराउँदा शुक्रकीट नै नभएको पाइयो। अन्त्यमा कृत्रिम उपचार प्रविधिद्वारा सन्तान जन्मिएपछि परिवारमा खुसी छाएको छ।


एक अध्ययनअनुसार नेपालका विवाहित दम्पतीमध्ये झन्डै १५ प्रतिशतले विभिन्न समस्याले गर्दा सन्तान जन्माउन सकेका छैनन्। निःसन्तान हुनुको पीडासँगै आपसी मनमुटाव, पारिवारिक पीडा र समाजको होच्याउने व्यवहारले दम्पतीलाई ठूलो चोट पुर्‍याइरहेको हुन्छ। त्यसमा पनि विशेषगरी महिलामाथि नै सम्पूर्ण दोष थोपर्ने गरेको पाइन्छ। डेढ दशकदेखि निःसन्तान दम्पतीलाई परामर्श र उपचार सेवा दिंदै आउनुभएकी स्त्रीरोग तथा हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तव महिला वा पुरुषमध्ये कुनै एक अथवा दुवैमा समस्या भयो भने सन्तान नहुने बताउनुहुन्छ। सन्तान नहुनुमा ३५ प्रतिशत पुरुष, ३५ प्रतिशत महिला र झन्डै ३० प्रतिशत दुवै दम्पतीमा समस्या रहेको पाइएको छ। परिवार नियोजनका साधन प्रयोग नगरीकन दम्पतीबीच शारीरिक सम्बन्ध भएको दुइ वर्षसम्म पनि गर्भ रहन नसकेको खण्डमा निःसन्तान अथवा बाँझोपन भएको मानिन्छ। यौनसम्पर्कको बेला साधनको प्रयोग गरिएको छैन भने झन्डै ८० प्रतिशत दम्पतीको एक वर्षमै सन्तान जन्मिन्छ। त्यस्तै गरी झन्डै ९० प्रतिशतको विवाह गरेको दुइ वर्षामा बच्चा जन्मिनसक्छ।


परिपक्व अण्डकोष र स्वस्थ शुक्रकीट जरुरी

नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई नै दोष लगाउने गरिन्छ तर निःसन्तान हुनुमा पुरुषको पनि विभिन्न कमजोरी र समस्या रहेको हुन्छ, तैपनि यसतर्फसमाजको त्यति ध्यान गएको पाइँदैन। वीर्य एवम् शुक्रकीट पैदा गर्ने अण्डकोषमा परिपक्वता नआए सन्तान जन्माउन नसकिने डा. श्रीवास्तव बताउनुहुन्छ। १७-१८ वर्षको उमेरसम्ममा पुरुषहरुको अण्डकोषमा परिपक्वता आउनु जरुरी हुन्छ।


विभिन्न कारणबाट अण्डकोषलाई नराम्रो असर पर्‍यो भने अण्डकोषले स्वस्थ र परिपक्व शुक्रकीट उत्पादन गर्न सक्दैन। वरिष्ठ सर्जन एवम् युरोलोजिस्ट डा. सीपी मास्केका अनुसार क्षयरोग, कुष्ठरोग, गोनोरिया रोग लागेको छ भने शुक्रवाहिनी नली बन्द हुन सक्छ, जसले गर्दा पुरुष सन्तान जन्माउन अक्षम हुन पुग्छ। कुनै दुर्घटनामा परेर अण्डकोषमा असर पुग्न सक्छ। त्यस्तै पटक-पटक हाइड्रोसिल भइरह्यो भने पनि शुक्रकीट बन्न नसकी निःसन्तान हुन सक्छ। कतिपय बच्चाको आमाको पेटमै छँदा पनि अण्डकोष सुकेको हुन्छ। बच्चा जन्मने बेला अण्डकोष अण्डथैलीमा नझरी बीचैमा अड्किन सक्ने उल्लेख गर्दै डा. मास्के भन्नुहुन्छ- 'अण्डकोष बीचैमा अड्किएको छ भने अप्रेसन गरी अण्डथैलीमा झार्नुपर्छ। अन्यथा अण्डकोष बटारिएर क्यान्सर, हर्नियाजस्ता रोग लाग्न पुग्छ।’


अण्डकोष सेकाउनु घातक

अण्डकोष आफ्नो ठाउँमा नझरेमा, अण्डकोषमा पानी जम्ने -हाइड्रोसिल) भएमा, तातो ठाउँमा कडा परिश्रम गर्ने व्यक्तिमा निःसन्तान हुने सम्भावना हुन्छ। कस्सिएको अन्डरवेयर लगाउँदा पनि अण्डकोषमा नराम्रो असर पुग्छ। कतिपयले अण्डकोष सेकाउने समेत गर्छन्। यसो गर्दा बाँझोपनको समस्या आउन सक्ने बताउँदै डा. मास्के भन्नुहुन्छ- 'अण्डकोष सेकाउँदा शुक्रकीट नबन्न सक्छ।’ अण्डकोषलाई सन्तुलित तापक्रममा राख्नलाई नै अण्डथैली गर्मी मौसममा झोलिन्छ भने जाडोमा चाउरिन्छ। पुरुषहरुमा स्वस्थ, गतिशील र सबल शुक्रकीट उत्पादन हुनुपर्छ। शुक्रकीट उत्पादन र परिपक्वतामा खानपान, जीवनशैलीले प्रभाव पार्ने चिकित्सकहरु बताउँछन्। धूमपान, मदिरा सेवन, दुर्व्यसनी, कामको बोझ आदिले गर्दा पनि पुरुषको वीर्य तथा शुक्रकीटको उत्पादनमा कमी आउनुका साथै शुक्रकीट सक्षम नहुन सक्छ। 

मस्तिष्क र अण्डकोषबीच पनि आपसी अन्तरसम्बन्ध रहेको हुन्छ। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थ्रिले अण्डकोषसँग समन्वय गरी टेस्टेस्टेरोन हर्मोन पैदा गर्नुपर्छ। युरोलोजिस्ट डा. सीपी मास्के टेस्टेस्टेरोन हर्मोन आवश्यकताभन्दा बढी भएमा वीर्य कम बन्ने वा बन्दै नबन्ने बताउनुहुन्छ। त्यस्तै प्रोल्याक्टिन बढी भएमा शुक्रकीट बन्दैन। यस्तो अवस्थामा रगत जाँच गरेर औषधि उपचार गर्न सकिन्छ। क्रोमोजोमको गडबडी, हर्मोनहरुको असन्तुलन आदि कारणले पनि शुक्रकीट स्वस्थ र सक्रिय नहुने धारणा चिकित्सकहरुको छ।


शीघ्र स्खलनको समस्या

कतिपय पुरुषको विभिन्न शारीरिक र मानसिक कारणबाट लिंग उत्तेजित नहुँदा यौनसम्पर्क गर्न अक्षम भएको पाइएको छ। त्यस्तै यौनसम्पर्कका बेला लिंग पूर्णरुपमा उत्तेजित हुनुभन्दा अगाडि नै वीर्य स्खलन हुने समस्या लिएर पनि पुरुषहरु उपचार गराउनतिर लागेका छन्। वीर्य स्खलन छिटो हुँदा शुक्रकीट पाठेघरसम्म जान पाउँदैन। फलस्वरुप गर्भ नरहन सक्छ। दम्पतीले यौनआनन्द पनि पाउँदैनन्। यौनसम्पर्क गर्ने तरिका नजानेर पनि राम्रोसँग वीर्य स्खलन हुन पाउँदैन। शुक्रकीट बग्ने शुक्रवाहिनी नलीमा अवरोध पुग्यो भने पनि सन्तान जन्मन पाउँदैन। पुरुषको शुक्रकीट प्रवेश गर्ने क्रममा महिलाको योनि र पाठेघरमा रहेका रसायनले आक्रमण गरी शुक्रकीटलाई नष्ट गरेका कारण पनि दम्पती निःसन्तान हुन पुग्छन्। सामान्यतया वीर्यको आयतन ३ देखि ५ मिलिलिटर हो। प्रत्येक मिलिलिटरमा कम्तीमा ६० मिलियन -६ करोड) शुक्रकीट हुनुपर्छ। अण्डकोष भने सामान्यतया ४ देखि ५ सेन्टिमिटरको हुने गर्छ। बन्दै नबनेको शुक्रकीट उपचार गरेर बनाउन सकिंदैन। तर अन्य अवस्थामा भने उपचार गरेर सन्तान प्राप्ति गर्न सकिन्छ।

परिपक्व डिम्बको आवश्यकता

सन्तान हुन नसक्नुमा महिलामा पनि विभिन्न किसिमका समस्याहरु हुन सक्छन्। महिलाको डिम्बाशय, डिम्बवाहिनी नली तथा पाठेघरमा समस्या देखिएमा बाँझोपन हुन जान्छ। डा. उमा श्रीवास्तवका अनुसार सन्तान हुनका लागि पुरुषको सक्षम शुक्रकीट र महिलाको अण्डबीच मिलन हुनुपर्छ। तर महिलाको योनिमार्गको विकास नभएको वा सेप्टमद्वारा योनिमार्ग बन्द भएमा सन्तान हुन सक्दैन। महिनावारी हुने महिलाको प्रत्येक महिना डिम्बाशयबाट दुइ-तीनवटा डिम्ब बढ्न खोज्छन् तर कतिपय डिम्ब बढ्न नसकेर सुक्छन्। एउटा डिम्ब भने परिपक्व हुन पुग्छ। सो परिपक्व डिम्ब फुटेको बेला यौनसम्पर्क गरेको खण्डमा गर्भ रहन पुग्छ। डा. श्रीवास्तवका अनुसार कतिपय महिलाको राम्रो डिम्ब उत्पादन नहुने हुन्छ भने कसैको डिम्ब नै उत्पादन हुँदैन। यस्तो बेला राम्रो डिम्ब उत्पादन नहुनेले औषधि उपचार गरे परिपक्व डिम्ब उत्पादन भई सन्तान प्राप्तिको बाटो खुल्छ।


वीरगन्जकी तृष्णा यादवको विवाह भएको तीन वर्षसम्म सन्तान नभएपछि उपचार गराउँदा डिम्ब उत्पादन गर्ने हर्मोनको कमी भएका कारण गर्भ नरहेको पाइएको चिकित्सकहरुले बताएका छन्। डिम्ब उत्पादन गर्ने हर्मोनहरुको परीक्षणपश्चात् लगातार पाँच महिनाको उपचारपछि गर्भ बोक्न सफल यादव खुसी हुँदै भन्छिन्- 'लोग्नेले अर्को बिहे गर्ने कुरा गर्न थालेका थिए, घरमा अब सौता होइन नयाँ सन्तान आउने थाहा पाएपछि सबैजना खुसी हुनुभा’ छ।’ महिलाको डिम्ब उत्पादन र परिपक्वतामा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रा सन्तुलन हुनुपर्छ। इस्ट्रोजन हर्मोन आवश्यकताभन्दा बढी भएमा केटीहरु बढी उच्छृङ्खल हुन्छन्। त्यस्तै टेस्टेस्टेरोन हर्मोन बढी भएमा महिनावारी नियमित हुँदैन। यस बेला महिलाको गालामा डण्डिफोर आउने, चिडचिडाहट हुने र बढी मोटाउने गरेको डा. श्रीवास्तव बताउनुहुन्छ।


डिम्बवाहिनी नली खुला हुनुपर्छ

विवाह भएको १५ वर्षबित्दा पनि बुटवलकी शिखा श्रेष्ठको सन्तान नभएपछि जँचाउँदा डिम्बवाहिनी नली बन्द भएको पाइएको थियो। दुइ पटकसम्म गर्भपतन गराएकी शिखाको पाठेघर र नलीहरुको एक्सरे गर्दा दुवै डिम्बवाहिनी नली बन्द भएको देखिएको थियो। सन्तान प्राप्तिका लागि हाल उनी उपचार गराइरहेकी छिन्। डा. श्रीवास्तव असुरक्षित किसिमले गर्भपतन गराउँदा रगत जमेर डिम्बवाहिनी नली बन्द हुने बताउनुहुन्छ। फलस्वरुप पुरुषको शुक्रकीट डिम्बाशयमा जान सक्दैन र सन्तान प्राप्ति हुँदैन।


पाठेघर र डिम्बाशयको विकास

डिम्ब बस्ने डिम्बाशय र भ्रूण बस्ने पाठेघरको विकास भएको छैन भने बाँझोपन हुन पुग्छ। पाठेघरको मुखबाट उत्पादन हुने सर्भिकल म्युकस र योनिबाट उत्पादन हुने भेजाइनल सेक्रेसन (Vaginal secretion ) कम हुन गई सुख्खा भयो भने शुक्रकीटलाई नष्ट गर्छ, फलस्वरुप गर्भधारण हुन पाउँदैन। चार वर्षबित्दा पनि गर्भ नरहेपछि श्रीमान्लाई समेत थाहा नदिई उपचार गराउन आएकी एक महिलाको पाठेघर र डिम्बाशय दुवैको विकास नभएको पाइएको छ। डा. श्रीवास्तव ती महिलाले हर्मोन थेरापीबाट पाठेघरको विकास गराएपछि अरु कसैको डिम्ब दान लिएर टेस्टट्युब बेबी गर्भाधान गराउन सक्ने सुझाव दिनुहुन्छ। त्यस्तै सिन्धुपाल्चोक जिल्लाकी एक महिलाको हर्मोनका कारण डिम्बाशयको विकास नभएपछि निःसन्तान केन्द्रमा उपचार गराएपश्चात् डिम्बाशयको विकास त भयो तर पनि गर्भधारण नभएपछि श्रीमान्लाई जँचाउँदा उनको शुक्रकीट गुणस्तरहीन भएको पाइयो। यस्तो अवस्थामा दाताको शुक्रकीट लिएर टेस्टट्युब प्रविधिद्वारा गर्भाधान गराउन सकिन्छ। पाठेघर नै विकसित नभएकी महिलाले दिदी-बहिनी वा साथीलाई गर्भधारण (surrogate Mother) हुन लगाएर सन्तान जन्माउन लगाउनुपर्ने हुन्छ। विकसित मुलुकमा यस्तो प्रचलन भए पनि नेपालमा भने हालसम्म छैन।

संसर्ग तालमेलयुक्त हुनुपर्छ 
दम्पती स्वस्थ छन् भने पनि तालमेल नमिलेको खण्डमा बच्चा नहुन सक्छ। लिंग उत्तेजित नभएर अथवा राम्रोसँग यौनसम्पर्क नभएमा बाँझोपन हुन जान्छ। कहिलेकाहीँ मनोवैज्ञानिक कारणले पनि लि· उत्तेजित नहुन सक्छ। यस्तो बेला श्रीमतीले माया गर्ने तथा उत्तेजित गराउनुपर्ने चिकित्सकहरु बताउँछन्। त्यस्तै दम्पती चिन्तित भई यौनसम्पर्क राखेमा पनि गर्भधारण हुँदैन। चिन्ता र यौन उत्तेजनाबीचको चक्रले डिम्बवाहिनी नली र पाठेघरको मांसपेशीमा तर· उत्पन्न हुन्छ। फलस्वरुप साधारणतया शुक्रकीट र डिम्बबीच मिलन नहुन सक्छ। समयमा महिनावारी हुन्छ भने महिनावारी भएको १०-१२ दिनदेखि १८-२० दिनसम्म दिनदिनै वा एक दिन बिराएर यौनसम्पर्क गर्दा बच्चा हुने सम्भावना हुन्छ। महिलाको डिम्ब फुटेर बाहिर निस्किएको बेला संसर्ग भएमा गर्भधारण हुने सम्भावना बढी हुने डा. उमा श्रीवास्तव बताउनुहुन्छ। सामान्यतया २१ दिनमा महिनावारी हुन्छ भने महिनावारी भएको ५ देखि ११ दिनभित्र संसर्ग भएमा बच्चा हुन सक्छ। त्यस्तै २८ देखि ३० दिनभित्र महिनावारी हुने महिलाको महिनावारी भएको १०-१२ देखि १८-२० दिनसम्म यौनसम्पर्क भए सन्तान हुन सक्छ। महिलाको डिम्ब परिपक्व भएर फुटेको बेला संसर्ग गर्नु उपयुक्त मानिन्छ। अरु बेला गरिएको संसर्गले सन्तान प्राप्ति नभएर केवल आनन्द प्राप्ति मात्र हुन्छ। सेना, प्रहरीलगायत अन्य कतिपय पेसाका व्यक्तिहरुको आफू स्वयम् र पत्नी स्वस्थ हुँदाहुँदै पनि सन्तान नहुनुको कारण संसर्गको बेला उचित तालमेल नमिल्नु नै हो।

एउटै शुक्रकीटले डिम्ब छेड्छ

अण्डकोषले करोडौं शुक्रकीट पैदा गर्छ। एक मिलिलिटर वीर्यमा कम्तीमा ६ करोड शुक्रकीट हुन्छन्। जम्मा शुक्रकीटमध्ये ५० प्रतिशत स्वस्थ, गतिशील र सक्षम हुनुपर्छ। शुक्रकीटमा विभिन्न विकार देखा परे एन्टिबायोटिक औषधि खुवाएर सक्षम तुल्याउन सकिने डा. उमा श्रीवास्तव बताउनुहुन्छ। स्वस्थ पुरुषको क्षमतायुक्त शुक्रकीटले महिलाको डिम्बलाई छेड्न सफल भएमा महिला गर्भधारण गर्न पुग्छिन्। पाठेघरको मुखबाट डिम्बवाहिनी नली हुँदै बाहिर निस्केको डिम्बलाई पुरुषको स्वस्थ एउटै शुक्रकीटले छेड्यो भने भ्रूण बन्ने डा. श्रीवास्तव बताउनुहुन्छ।
संसर्गपछि महिलाको योनिमार्गबाट सिमेन (Semen) बगेर बाहिर आउँछ। यस्तो बेला कोल्टे फेरेर केही समय सुत्न लगाउनुपर्छ। यस्तो गर्दा शुक्रकीट भित्र जान पाउँछ र गर्भ रहने सम्भावना हुन्छ। यदि महिलाको योनिमार्ग साँघुरो छ भने शल्यक्रियाद्वारा ठूलो पार्न सकिन्छ। त्यस्तै हाइमेन कडा वा बाक्लो भएर शुक्रकीट पाठेघरमा पुग्न नसकेको हो भने शल्यक्रियाद्वारा प्वाल पार्नुपर्छ अथवा हाइमेन नै निकाल्नुपर्ने हुन सक्छ।


एक पटक पनि गर्भधारण हुन नसकेको अथवा एक पटक गर्भधारण भइसकेपछि दोस्रो पटक गर्भधारण हुन नसकेको हो भने संयमता अपनाउनुपर्छ। सन्तान जन्माउन महिला र पुरुष दुवैको भूमिका हुन्छ। दम्पतीले आफ्नो खानपान, यौनजीवनमा सुधार ल्याई तालमेलयुक्त संसर्ग गर्दा नै सन्तान प्राप्ति हुन सक्छ। सन्तान नहुनुमा एक-अर्कालाई दोषारोपण गर्दै मनमुटाव बढाउनुभन्दा सम्बन्धित चिकित्सकसमक्ष गई परामर्श र उपचार सेवा लिनु लाभदायक हुन्छ। 


आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तिका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ। सन्तान प्राप्तिको सुखका लागि उपाय र उपचार धेरै छन्। तसर्थ सन्तानको सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ। बेलैमा गरिएको उपचारले सन्तान प्राप्तिको आनन्द महसुस गर्न सकिन्छ।
Continue Reading ...

अण्डकोष बेला-बेलामा सुन्निने


म १८ वर्षो अविवाहित युवक हुँ । मेरो दाहिने अण्डकोष बेला-बेलामा सुन्निने गर्छ । प्रायः जाडोमा सुक्ने र गर्मीमा बिस्तारै सुन्निने गर्छ । यस्तो भएको एक वर्षभयो । अण्डकोष सुक्दै जाँदा बिरामी भएजस्तो हुने र फुक्दै जाँदा स्वस्थ भएको अनुभव हुने गर्छ । यसरी अण्डकोष सुन्निदा दुख्दैन । हातले थिच्दा बिस्तारै सुक्दै जाने र थिच्न छाडेपछि फेरि बढ्दै जाने गर्छ । यस प्रकारको समस्याको समाधानको उपाय बताइदिनुभए मलगायत मेरा साथीहरु पनि आभारी हुने थियौं ।
- विश्वकुमार अधिकारी, रामेछापअण्डकोष र अण्डकोष थैली कतिपय व्यक्तिले अण्डकोष र अण्डकोष थैली वा स्क्रोटम (Scrotum) दुवै एकै कुरा हुन् भन्ने ठान्छन् तर वास्तवमा कुरा त्यसो होइन । अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कुरा थाहा नभएको कारणले स्क्रोटममा भएको समस्यालाई पनि अण्डकोषको समस्या ठान्ने गर्छन् । तर कुरा त्यसो नहुन सक्छ । अण्डकोष पुरुषमा भएको एक प्रमुख प्रजनन अंग हो । शुक्रकीट र पुरुषत्व प्रदान गर्ने हर्मोनको उत्पादन यहीँ हुन्छ । यो लिंगको फेदनिर झुन्डिएको छालाको पातलो थैलीभित्र हुन्छ । लगभग १०-११ वर्षो उमेरबाट अण्डकोषको विकास सुरु हुन्छ र यसको विकासले व्यक्ति किशोरावस्थामा प्रवेश गरेको संकेत गर्छ । किशोरावस्थाभरि नै यो निरन्तर बढ्ने क्रम चल्छ ।यसको आकार अलि चेप्टो अण्डाकारको हुन्छ । सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अंगको आयतन सरदर ४X३X२.५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य कुरा हो । मानिसको स्वरुप र उचाइ फरक-फरक हुने भएझैँ अण्डकोषको आयतन तथा आकार व्यक्तिअनुसार फरक-फरक हुन्छ । दुबै अण्डकोष पनि समान आकार वा आयतनको नहुन सक्छ र यसमा केही भिन्नता हुनु सामान्य कुरा हो । त्यसैगरी दुवै अण्डकोष पनि समानरुपमा झुन्डिएको नभई एक अण्डकोष केही माथि र अर्को केही तल हुन सक्छ । यो पनि अस्वाभाविक होइन ।अण्डकोष एक पातलो छालाको थैलीमा हुन्छ । यही थैलीलाई नै अण्डकोष थैली अर्थात् अंग्रेजीमा स्क्रोटम (Scrotum) भनिन्छ । मूलतः अण्डकोष थैलीको काम भनेको अण्डकोषलाई सुरक्षा प्रदान गर्नु हो । त्यसको अलावा यसको एक विशेष कार्य हुन्छ, त्यो हो अण्डकोषको तापमानलाई नियन्त्रण गरेर राख्ने अर्थात् वातानुकुलित पार्ने । अण्डकोषले तापक्रम मिलाउँछ अण्डकोष थैलीका काममध्ये अण्डकोषको तापक्रम मिलाउनु एउटा विशेष काम हो । त्यसैले यसले एयर कन्डिसन ( Air Condition) को जस्तो काम गर्छ । अर्थात् यसले वातानुकुलित पार्ने कार्य गर्छ । जाडो समयमा खुम्चिएर यसले अण्डकोषलाई न्यायो बनाइराख्छ भने गर्मीमा लत्रक्क परी झोल्लिएर शीतल राख्न मद्दत गर्छ । तपाईंले केहीबेर अण्डकोष थैलीलाई हेरिरहनुभयो भने यो बिस्तारै भए पनि चलायमान हुन्छ, ताकि चिसो बनाइराख्न सकियोस् । यो एक सामान्य प्रक्रिया हो । कतिपयले यसैलाई पनि कुनै खराबी हो कि भनेर चिन्ता लिने गर्छन् तर चिन्ता गर्नु आवश्यक छैन । यो सामन्य अवस्था हो ।यसलाई किन वातानुकुलित बनाउनु आवश्यक हुन्छ भन्ने जिज्ञासा पनि हुन्छ । वास्तवमा शुक्रकीट उत्पादनको लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसलाई केही कम तापक्रममा राख्न प्रकृतिले नै यस किसिमको विशेष व्यवस्था अपनाएको हुन्छ । त्यसैले अण्डकोष थैली -अण्डकोषलाई छोपेर राख्ने छालाको थैली) सधैँ एकै आकारको भने हुँदैन भन्ने कुरा बुझनर्ुपर्छ ।अण्डकोष थैली किन ठूलो हुन्छ ?तपाईंले बेला-बेलामा दाहिने अण्डकोष सुन्निने कुरा उल्लेख गर्नुभएको छ । कुन-कुन बेला वा कस्तो शारीरिक अवस्थितिमा यो बढी वा कम सुन्निने गर्छ भन्नेबारेमा बढी जानकारी भएको भए जवाफ लेख्न सजिलो हुने थियो । तपाईंले अण्डकोष भनेर उल्लेख गर्नुभए पनि अण्डकोष नै सुन्निएको कुरा गर्नुभएको हो वा अण्डकोष थैली ठूलो भएर आएको हो भन्ने कुरा छुटयाउनु एकदमै आवश्यक छ । तपाईंको पत्रमा भएको स्थितिलाई केलाउँदा अण्डकोष थैली सुन्निएको जस्तो बुझिन्छ र विशेष गरेर तलका अवस्थामध्ये कुनै एक भएको हुन सक्ने सम्भावना भएकोले त्यसैको बारेमा चर्चा गरौं ।जन्मजात नै हुने हाइड्रोसिल (Congenital hydrocele) उभिँदा ठूलो भएर आए पनि सुतेपछि बिस्तारै सानो हुँदै जान्छ । तर हातबाट केही दबाब दिँदैमा तुरुन्तै सजिलै यसमा भएको रस निख्रिँदैन ।यस किसिमको अवस्थामा अण्डकोष थैलीको छाला हर्ेदा वा छाम्दा खुजमुज परेको स्थिति ९च्गनयकष्तथ० कम भएको अनुभव गर्न सकिन्छ । तर यसमा कुनै नसा सुन्निएको जस्तो भने हुँदैन । यदि निकै सुन्निई ठूलो भएको अण्डकोष थैलीमा अँध्यारो स्थानमा बसेर सानो र्टच बाली हर्ेदा अर्धपारदर्शी देखिन्छ ।भ्यारिकोसिल (Varicocele) भएको अवस्था अर्को स्थिति हो । यसो हुँदा रक्तनसा सुन्निन गई अण्डकोष थैली नै केही बढ्न गएको हुन सक्छ । अण्डकोषबाट रगत फर्काउने रक्तनसाहरु फुल्न गई यस्तो हुने गर्दछ । यो प्रायजसो तरुण तथा नव वयष्कहरूमा हुने गर्छ । यो प्रायः बायाँतिर हुने गर्छ ।यसले ठण्डा मौसममा बस्नेे व्यक्तिलाई भन्दा गर्मी मौसममा बस्ने व्यक्तिलाई बढी पिरोल्ने गर्छ । पुड्का मानिसको तुलनामा अग्ला तथा पातला मानिसमा यस्तो अवस्था बढी देखिन्छ । कतिपय अवस्थामा कुनै खास लक्षण नै अनुभव गर्न सकिंदैन । तर केही व्यक्तिले अण्डकोषको क्षेत्रमा केही तानिएको जस्तो महसुस गर्न सक्छन् । यसलाई छाम्दा ँगडयौलाको पोका’ जस्तै अनुभव हुन्छ । यो उभिएको अवस्थामा देखिए पनि पल्टिँदा वा सुतेको अवस्थामा हराउँछ ।अण्डकोष थैलीलाई भरथेग गर्ने विधि सुरुमा अपनाउन सकिन्छ । पीडा भइरहेमा, सन्तान प्राप्तिमा यसैले नै असजिलो पारेको वा अण्डकोष सुक्न थालेको स्थितिमा भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।के यसले यौनजीवनमा असर पार्छ ?अण्डकोष थैली केही मात्रामा ठूलो हुँदैमा यौनजीवनलाई कुनै नकारात्मक असर गर्दैन । तर अण्डकोष थैली निकै ठूलो भएको स्थितिमा र शारीरिक रुपमा दैनिक जीवनयापन गर्न नै गाह्रो हुने स्थितिमा यौनजीवनमा पनि त्यसको केही असर पर्ने कुरा नकार्न सकिन्न । भ्यारिकोसिलकै कुरा गर्ने हो भने पनि सामान्यतया समस्या चर्को छैन भने यसले यौनजीवनमा असर गर्दैन । तर अण्डकोष थैलीको कार्य अण्डकोषलाई शीतल बनाइराख्नु हो । सामान्यतया अण्डकोषमा मलद्वारको भन्दा २.५ ड्रि्री सेल्सियस कम तापक्रम हुने गर्छ । तर भ्यारिकोसिल भएको स्थितिमा यो तापक्रमको फरक निकै कम अर्थात् ०.१ ड्रि्री सेल्सियस हुन सक्छ । यसो भन्नुको अर्थ लगभग शरीरको तापक्रमको हाराहारीमा नै अण्डकोषको तापक्रम पुग्न सक्छ । यस्तो स्थितिमा शुक्रकीटको उत्पादनको लागि वातावरण उत्तम हुँदैन र त्यसको नकारात्मक प्रभाव शुक्रकीटको उत्पादनमा पर्न सक्छ । यस्तो स्थितिमा प्रजनन क्षमतामा ह्रास आउन सक्छ । प्रजनन क्षमता यौनजीवनको महत्त्वपूर्ण पक्ष हो । समाधानको उपाय पत्रमा उल्लेख गरिएका सीमित जानकारी र शारीरिक तथा अन्य परीक्षणको अभावमा तपाईको समस्या यही नै भनेर यकिन गर्न गाह्रो हुन्छ । समस्याको निदान नगरी उपचार वा समाधानको कुरा गर्न त्यसै मिलेन । यहाँ सम्भावित स्थितिका बारेमा मात्रै चर्चा गरिए पनि अण्डकोष थैली सुन्निने अन्य अवस्थाहरू अनि अण्डकोष आफैं नै ठूलो हुने विभिन्न अवस्थाहरू पनि हुन्छन् । अण्डकोषको विभिन्न संक्रमणदेखि टयुमरहरूसम्म यसका कारक हुन सक्छन् भन्ने कुरा बुझनु जरुरी छ । समस्याको समाधानको लागि र्सवप्रथम चिकित्सकसँग परीक्षण गराउनुहोस्, ताकि समस्याको सही पहिचान हुन सकोस् । शल्यचिकित्सकलाई जँचाउनुभए बेस हुन्छ । समस्याको पहिचान भएपछि त्यसैअनुरुप उपचारको क्रम अघि बढाउन सकिन्छ । अन्त्यमा एक प्रश्न तपाईंलाई- किन तपाईलगायत तपाईंका साथीहरू पनि आभारी हुने लेख्नुभएको होला ?
डा. राजेन्द्र भद्रा
Continue Reading ...

गर्मी ! ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ?


गर्मी भन्नासाथ सबैलाई ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ? यो शब्दहरू प्रायः तपाइँं हामीले सुनिरहेकै हो तर गर्मी समयमा पनि हामीले हाम्रो आˆनो स्वास्थ्यको उचित हेरचाह गरेमा धेरै समस्याबाट छुटकारा पाउने छौँ । गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छाला चाउरिने सम्भावना धेरै हुन्छ । त्यसैले हामीले हाम्रो खानामा विशेष ध्यान पुर्‍याउनु अनिवार्य हुन्छ । चियाको सट्टा कागती पानी, जुस बढी मात्रामा पिउने, खानामा कैल्सियम प्रोटिन, विटामीन्स कार्बोहाइट, मिनरल्स भएको खाना खाने र सँगै पानी, जुस, दही, दूध, फलफूलको प्रशस्त सेवनले शरीरलाई स्वःफूर्तता प्रदान गर्दछ । हामीले प्रत्येक बिहान गर्ने व्यायाम र योगले पनि दिनभरि तनावमुक्त बनाउँछ । सौन्दर्य सामग्रीले मात्र मान्छेलाई सुन्दर देखाउँदैन, हामीले प्रत्येक दिन खानपानमा कमी भयो भने अनुहारमा धेरै प्रकारका दागहरू देखिन थाल्छ त्यसैले भिटामिन भएको खाना अनिवार्य खानु पनि सुन्दर स्वास्थ्यको लागि राम्रो उपाय हो ।
गर्मी समयमा बढी चिल्लो निस्कने अनुहार जति मेक अप गरे पनि चिल्लो नै देखिने, ब्ल्याक हेड्सहरू धेरै आउने समस्यालाई अनुहारमा तेल निस्कने ग्रन्थीहरूलाई कम गर्ने उपायहरू गर्नुपर्छ । जस्तो सधैँ क्लिीनजिङ गर्ने एसटि्रजेट लोसन प्रयोग गर्ने । कागती, गोलभेडा, काँक्रोको रस मिसाएर सधैँ लगाउने र २० मिनेट राखी पखाल्ने यस्तो नियमितताले छालाबाट तेल निस्कन धेरै हदसम्म कम गर्दछ । मुसुरोको दाल रातभरि भिजाएर पिस्ने र काँचो दूधमा कागतीको रस केही थोपा राखी प्याक लगाउने र २० मिनेट जति राखी चिसो पानीले पखाल्ने यसले पनि चिल्लो छालालाई धेरै हदसम्म फाइदा गर्दछ । चिल्लो छालालाई सफा गरिरहनु एकदमै जरुरी छ किनकि रोमछिद्र बन्द हुनुको कारण नै चिल्लो पना बढी हुनु हो । यदि अनुहारमा ब्ल्याक हेड्सको समस्या छ भने हाइड्राक्सी एसिड भएको उत्पादनहरू प्रयोग गर्नुहोस् । चिल्लो खाना माछा, मासु, मिठाइ धेरै नखाने ।
कस्मेटीक प्रयोग गर्दा ओएल प|mी लेखिएका उत्पादन मात्र प्रयोग गर्ने । सूर्यको अल्ट्रावायलेट किरणले छालामा हानी कारक हुने हुनाले छालामा ओएल प|mी लेखिएको सनस्क्रीन प्रयोग गर्ने । लुज पाउडरको प्रयोग गर्ने, वाटर प्रुफ गाजल, मस्कराको प्रयोग गर्ने । मेकअप गर्नु अगाडि आइसको टुक्राले मुख सफा गरी मेकअप गर्नाले अनुहारमा मेकअप धेरै बेरसम्म रहिरहन्छ । सुख्खा छाला पनि हेर्दा नराम्रो, फुस्रो देखिने हुनाले र चाँडै चाउरिने हुनाले यस्तो छालालाई मस्चराइजरको धेरै प्रयोग गर्नुपर्दछ । बदामयुक्त क्रिमहरूको बढी प्रयोग गर्ने एलोभेरा -घ्यू कुमारी) लाई पिसेर अनुहारमा १५-२० मिनेट राखी सफा पानीले अनुहार सफा गर्ने । मेवालाई पिसेर त्यसमा एक चम्चा मह मिसाएर हप्ताको दुईपटक प्याक लगाउनाले अनुहारको चाउरीपन हट्नुको साथै अनुहारमा भएका दागहरू पनि हट्दै जान्छ । काँक्रोलाई पिसेर त्यसको प्याक २० मिनेट राखी पखाल्ने हो भने यसले अनुहारमा चमक ल्याउन धेरै सहयोग गर्दछ । केराको प्याकमा दही मिसाई हल्का मसाज गरी २० मिनेट छोडी दिनुहोस् र सफा पानीले धुनुहोस् यसो गर्दा पनि अनुहार चम्किलो हुने गर्दछ
मुलतानी मिट्टीमा दही मिसाएर हप्ताको एकचोटी लगाउनाले पातलो छालालाई धेरै सहयोग गर्दछ । सधैँ दूधको तरले अनुहार सफा गर्नुहोस् तर सुख्खा छालालाई मात्र एक चम्चा तर एक चम्चा मह मिसाई हप्ताको दुई पटक प्याक लगाउनले अनुहारमा चमक ल्याउन र चाउरीपन हुनबाट बचाउँछ । तपाइँको अनुहार साह्रै नै सुख्खा छ भने तपाइँं घरमै पनि मस्चराइजर बनाउन सक्नुहुनेछ । एक कप दूधमा चार-पाँचवटा स्टबेरीको रस र एक चम्चा ग्लिसरिन पि|mजभित्र सभा भाडामा राखी राति सुत्ने बेला उक्त लेप अनुहारमा लगाई बिहान सफा पानीले धोएपछि यसले राम्रो मस्चराइजरको काम गर्दछ । गर्मीयाममा खरबुजाको पेस्ट बनाई लगाउनाले पनि अनुहारमा शितलताको अनुभव दिन्छ । यदि घामले तपाइँको अनुहार साह्रै डढेको छ भने एकचम्चा श्रीखण्ड वा चन्दन पाउडरमा रोजवाटर मिसाएर पहिला अनुहारमा स्क्रब गरी उक्त प्याक दिनको एकपटक लगाउनाले पनि अनुहारलाई डढ्नबाट बचाउँछ ।
आˆनो छालाको प्रकारअनुसार हप्ताको एकपटक प्याक लगाउने १५ दिनको एकपटक डिप क्लिीनजिङ गराउने र दक्ष ब्युटीसियनद्वारा महिनाको एकपटक फेसियल गराउने राम्रो ब्रान्डेड कम्पनीका राम्रा उत्पादनहरूको प्रयोग गर्ने, दिनहुँ धेरै मेकअप नगर्ने, सधैँ क्लिीनजिङ, टोनर, नाइट क्रिम, सनस्त्रिmन प्रयोग गर्ने, उचित आहार व्यायाम, तनावमुक्त जीवन सँगै सधैँ खुशी रहनु, प्रशस्त पानी, फलफूलको बढी सेवन र सहयोगको भावना राख्नु, रिस, डाह, ईष्र्या, घमण्ड भएन भने पनि तपाइँको सौन्दर्यमा आँच आउन गाह्रै पर्ला ।
Continue Reading ...

अनुहारको बुढयौलीपन कम गर्ने उपाय


उमेर ढल्किँदै जाँदा मानिस मात्र होइन कुनै पनि प्राणीमा बुढयौलीपन स्वाभाविकरूपमा देखा पर्छ । यसरी उमेर ढल्कँदै जाँदा छालाका कोषिकाहरूको नाश हुने क्रम पनि बढ्दै जान्छ र अन्त्यमा सम्पूर्णरूपमा नष्ट हुन्छ । उमेर ढल्कँदै जाने क्रम जीवनभर नै चलिरहने प्रक्रिया हो । यसलाई रोक्ने वा परिवर्तन गर्न सकिने कुनै पनि प्रविधिको विकास भइसकेको छैन । उमेर ढल्कँदै जाँदा बुढयौली हुने प्रक्रिया सबैभन्दा बढी छालामा देखा पर्ने हुन्छ । उमेर ढल्कँदै जाने प्रक्रियालाई रोक्न नसकिने भए पनि यो प्रक्रियाको गतिलाई ढिलो गराउनका लागि भने केही उपायहरू अवलम्बन गर्न सकिन्छ ।

उमेर ढल्कँदै गएपछि छालामा विशेष गरी चाउरीपन देखा पर्छ । समयको गतिअनुसार छालामा देखा पर्ने चाउरीपनको समस्यालाई क्रोनोलोजिकल एजिङ  भनिन्छ  । सूर्यको अल्ट्राभायोलेट किरणबाट उत्पन्न हुने छालाको समस्यालाई फोटो एजिङ भनिन्छ । बुढयौलीपनका यी दुवै समस्याहरूको गतिलाई कम गर्न सकिन्छ ।

फोटो एजिङ विशेषगरी सूर्यको अल्ट्राभायोलेट किरणको असरबाट हुने छालासम्बन्धी समस्या हो । सूर्यको ग्ख्ब् किरणको प्रभावबाट छालामा चाउरी पर्ने तथा कालो हुने हुन्छ । त्यस्तै गरी ग्ख्द्य किरणबाट कोषको क्यान्सर  तथा छाला डढ्ने हुन्छ । सूर्यको किरणबाट यस्तो कुप्रभाव पर्ने भए तापनि यसबाट अलग बस्न सकिँदैन । किनभने सूर्यको किरण हाम्रो छालामा परेपछि शरीरमा भिटामिन ‘डी’ उत्पन्न हुन्छ र यो हाम्रो शरीरका लागि अति आवश्यक छ । तर घाममा निस्कँदा सूर्यबाट आउने हानिकारक किरणबाट छालालाई बचाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि विशेष क्रिम  लगाउनु उपयुक्त हुन्छ । 

उमेर ढल्कँदै गएपछि मानिसको शरीरका हरेक अंगहरू पनि बिस्तारै खिइँदै जान्छन् । यो एक प्राकृतिक तथा जीव विज्ञानको नियमअनुसार चल्ने प्रक्रिया हो । यसै अनुसार छालामा पनि प्रभाव पर्न थाल्छ । बुढेसकाल लाग्दै गएपछि छालामा विशेष तत्त्व  को उत्पादनमा कमी आउन थाल्छ । यसले गर्दा छालामा चाउरीपन देखिने र छाला झुल्ने हुन थाल्छ । जवानीको अवस्थामा छाला उत्कर्षरूपमा ताजा तथा स्वस्थ हुन्छ । तर जवानी तथा उमेरका कारण अनुहारमा डण्डिफोर देखिने र यदाकदा खटिराहरू देखा पर्ने हुन्छ । यस्तै गर्भावस्था तथा गर्भनिरोधक औषधिको सेवन गरेको अवस्थामा छालामा दाग, चायाँ आदि देखिन सक्छ । यदि सूर्यको किरणको ख्याल गरिएन भने अनुहारको छालामा मसिना रेखाहरू पनि देखिन थाल्छन् । 

३० वर्ष उमेर नाघ्न थालेपछि स्वभावत: अनुहारमा परिवर्तन भएको पाइन्छ । आँखामुनि पनि परिवर्तन  देखिन थाल्छ । मुखको छेउमा मसिना धर्काहरू देखिन थाल्छन् । यसरी नै ४० वर्ष उमेर नाघेपछि अनुहारमा स्पष्टरूपमा उमेर ढल्केको लक्षणको रूपमा देखा पर्ने धर्काहरू देखिन थाल्छन् र  छाला पनि झुल्ने, चाउरिने हुन थाल्छ । हात–खुट्टा तथा गर्दनको छाला पनि झुल्न थाल्छ । उमेरको कारणले मात्र यो स्थिति हुने होइन, आÇनो दैनिक खाना, प्रदूषणले पनि यसमा ठूलो भूमिका खेल्ने भएकोले आÇनो छालाको विशेष ख्याल गर्न आवश्यक हुन्छ ।  

धूमपानले छाला सुक्खा बनाउने रशरीरमा भिटामिन ‘सी’को पनि कमी गराउँछ । शरीरको छाला स्वस्थ राख्न मद्दत पुर्‍याउने भिटामिन ‘सी’को कमीले छाला झुल्ने तथा चाउरिने हुन्छ । यस्तै सूर्यको किरणले पनि छालालाई नराम्रो किसिमबाट हानि पुर्‍याउँछ । सूर्यको किरण स्वास्थ्यलाई आवश्यक पर्ने भए पनि यसको नकारात्मक प्रभावबाट बच्नु अति आवश्यक छ । सूर्यको प्रभावले छाला सुक्खा हुने, दाग देखा पर्ने, चाउरिने र छाला झुल्ने पनि हुन्छ । 

यस्तै मादक पदार्थको सेवनले छालामा  भएको रगतलाई पातलो बनाई बढी मात्रामा छालाको सतहमा बग्न मद्दत पुर्‍याउँछ ।  यसले गर्दा आफ्नो उमेरभन्दा बढी उमेरको देखिने हुन्छ । ज्यादा तनाव भएमा पनि छालामा चाया, खटिरा देखा पर्न थाल्छन् । समय बित्दै गएपछि छालाको चाउरीपन बढ्दै जान्छ ।

त्यसकारण उल्लिखित कुराहरूमा ध्यान दिएर सावधानी अपनाएमा बुढयौली वा अन्य कारणले छालामा देखिने समस्याहरू कम गर्न सकिन्छ ।
Continue Reading ...

The most romantic ways to melt his or her heart


i love you, The most romantic ways to melt his or her heart, happy valentine day, valentine day in nepal, nepali valentine, celebrating valentine day in nepal, kiss photos, love & romance
Everyone has the ability to be romantic, just not everybody knows how. Below are some ideas culled from our myLove.com.np users that demonstrate just how easy it can be! For when they are going away:
Get together pictures, song lyrics that gum wrapper that you saved from the first piece of gum he gave you etc. Using magazine letters for words, in your journal make a collage of words that you have memories of, such as the title of your favorite song, or a word that describes something only you and he would understand. Also include reasons why you love him and why he will be missed, why he's so special... Put in pictures of his favorite actress even though you may hate her (he he); draw a picture of him with your eyes closed just for giggles; spray some pages with your perfume; tape rose petals on the pages or a four leaf clover for good luck. This would be a great going away present for any guy or girl.
For when they are coming home:
Buy rose petals and candles to make a trail from the entrance to the table. On the table I will have a romantic dinner with candles all over forming a big heart. And, if you want to make him laugh a little, go to the restroom and write I love you, or I missed you on the mirror with shaving cream.
Just to show them you love them:
Call her when she is not expecting a phone call and say to her, "I've been thinking about and I just wanted to hear your voice,"
If she has access to email then email her a few words telling her how much you love her or that you miss her and sometimes email her and talk dirty to her.
Send her flowers.
Get her a card and give it to her and say, "Just because you are so special to me".
I also recommend using the love quotes on mylove.com.np!!!! They go perfectly with their romantic ideas etc.
To show them you would do anything for them:
Girls love a guy who can dance & most guys hate dancing or are just really shy. If you were to take some lessons on the sly - Latin dancing is really sexy - and then totally surprise her one night and take her out dancing ...Latin, swing or ballroom. I will bet a million dollars you will blow her away. Cheers!
To show them how much they mean to you:
The most romantic thing I ever did was giving my boyfriend a heart shaped box on our anniversary. I wrote a message on it, and in the message I told him that not only am I giving him my heart, but also I would like him to look inside it and see how I feel about him. Inside the heart-shaped box, I had cut out a heart for every single day I have known him. On each heart, I wrote something that I love about him...I told him that, for everyday I have known him; I have found another reason why I love him. I thought he was going to cry!
Romance in your own special way:
Everyone has a romantic side you just need to figure out what yours is. I had a boyfriend once who could not for the life of him figure out how to express himself. One day out of the blue, he took me to the river laid out a blanket and told me his whole life story - it was so sweet and I really got to know him.
Here are some ideas:
If you have a "special" place where you like to go to be alone, bring her there and make her feel like she's    the only one who knows about it. Ask her to go for a ride - take her to a children's playground and push her on the swings. Go to a baseball (football, soccer) field after dark and stop the car, get out turn on a slow song and spontaneously ask her to dance.
Finally, just be yourself - you'll think of something - I promise! And when you do, she'll look past the generality of flowers, etc. and really fall in love with you! I hope this helps you!
Continue Reading ...

पहिलो पटक डेटिंग जाँदै हुनुहुन्छ भने ....


के तपाईं पहिलोपटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाईं कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ ? त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् । पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् ।  ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना राखिन्छ भने पक्कै पनि पहिलो भेटले ठूलै भूमिका खेल्छ । भनिन्छ नि, फस्ट इम्प्रेसन डज लास्ट इम्प्रेसन । त्यसैले पहिलो डेटमा यी कुरा गर्दै नगर्नुहोस् :
अरुको फोन नउठाउनुहोस् :
यदि तपाईं आफ्नो प्रिय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने आफ्नो मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् वा फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक – आपसमा कुरा कसरी साट्न सकिएला र ?
विवाद हुनसक्ने कुरामा सतर्क रहनुहोस् :
तपाईं यदि आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो हुँदो हो । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनिति वा धर्मका अन्य कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।
पहिले पनि प्रेममा हुनुहुन्थ्यो ?
त्यो कुरा निकाल्दै ननिकाल्नुहोस् । पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन, तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईंलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।
ध्यान दिएर सुन्नुहोस् :
केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमाा प्रवेश गर्दै नगर्नुहोस् ।
मापसे नगर्नुहोस् :
पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस् , धेरै पिउँदै नपिउनुहोस् ।
आकर्षक ड्रेसअप गर्नुहोस् :
यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।
ढिलो वा चाँडो नहुनुहोस् :
तपाईं कुनै पनि अवस्थामा पहिलो भेटका लागि ढिलो वा चाँडो पनि नहुनुहोस् । केही मिनेटअगाडि हुँदा त खासै फरक नपर्ला, तर, १ घण्टाअगाडि नै पुगेर आफू सो भेटका लागि कति व्यग्र छु भन्ने नदेखाउनुहोस् । यदि तपाईं कुनै कारणवश ढिलो हुनुभयो भने पक्कै पनि खबर गर्न नभुल्नुहोला ।
अरुतिर आँखा नमोड्नुहोस् :
यदि तपाईं आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरु मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरु मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो । त्यसैले अन्य 
Continue Reading ...

तपाईंको प्रेमीले लुकाउछन् यी कुराहरु


आफ्नो प्रेमीले उनको सबै सिक्रेटहरु बाँड्छन् भनेर मख्ख नपर्नुहोस् । सबै कुरा भनेपनि उनीहरुले तपाईंले थाहा नपाओस् भनेर धेरै कुरा नभनेका पनि हुन्छन् । नभनेका धेरै कुराहरुमध्ये हामीले यहाँ केहि कुरा खोलेका छौँ ।
आफू इमोनसनल भएको कुराः
रोइरहेको बेलामा प्रेमिकाले देख्नुजस्तो लज्जास्पद पुरुषहरुका लागि अरु केहि हुँदैन । यत्ति एक कारणले गर्दा पुरुषहरु आफूलाई एक्प्रेस गर्दैनन् । आफूले आफूलाई उनीहरु निकै कठोर, निडर र बलवान भएको देखाउन चाहन्छन् । धेरैजसो पुरुषहरु एक्प्रेस गर्ने, आँसु झार्ने काम त महिलाहरुको मात्र हो भन्ने गर्दछन् ।
 
पोर्न फिल्म स्टोर गरिएको ठाउँ:
उनको हार्ड डिस्क पोर्न फिल्मले भरिएको हुन्छ तर जब तपाईंले उनलाई सोध्नुहुन्छ तब उनको प्रतिक्रिया के ?’ हुनसक्छ । पुरुषहरुलाई पोर्न मनपर्छ तर उनले यो तथ्य उनले नकार्छन् । पुरषहरुले पोर्नको संसार आफ्नो वास्तविक जीवनमा अपनाउन खोज्छन् जुन गलत हो तर तपाईंहरुले आफ्नो पुरुषसँग बेडमा हुँदा आफूले आफूलाई जेन्ना जेमसन अथवा सन्नी लियोनसँग तुलना गर्नुपर्ने हुन्छ । पुरुषले पोर्न फिल्मको कलेक्सन यदि लुकाएर राखेका छन् भने उनलाई लुकाउन दिनुस् । घरि घरि सोधेर उनलाई टर्चर नदिँदा नै राम्रो।
 
आमाको छोरो हुँ भन्ने तथ्यः
धेरै पुरुषहरु विवाह गरिसकेपछि आफ्नी श्रीमती आमा जस्तै होस् भन्ने चाहन्छन् जसले गर्दा सासु बुहारीमा मनमुटाव सुरु गर्छ । उनीहरु आफ्नी आमासँग सानो सानो कुरामा भर पर्ने गरेपनि यो कुरा उनीहरु तपाईंलाई थाहा नहोस् भन्ने चाहन्छन्।
 
उनको विचित्र कल्पनाः
केहि कल्पनाहरु सेयर गरेर रमाइलो गर्न सकिन्छ । तर, कहिले उनीहरुको सोच कहिले काँही अचम्म लाग्दा हुनसक्छन् जुन तपाईंहरुलाई मन नपर्न सक्छ त्यसैले पुरुषहरु आफ्नो दिवास्वप्न र सोच प्रेमिकालाई भन्न रुचाउँदैनन् । यदि तपाईंलाई थाहा भइहाल्यो भने पनि तपाईंहरु ढोकातिर जानुहुनेछ ।
Continue Reading ...

प्रेमिका सँग सम्बन्ध सुमधुर बनाउनु छ भने ...


के तपाईंकी प्रेमिका तपाईंसँग रिसाएकी छिन् वा बारम्बार झनक्क रिसाइरहन्छिन् । आफ्नो प्रेमिका रिसाएको कसलाई पो मन पर्ला र ? तर, रिसाएपछि प्रेमिकालाई फकाउन लामै समय खर्चनुपर्ने हुन्छ । कहिलेकाहीँ सोच्नु पनि हुँदो हो, मैले उपहार दिन नसकेकाले प्रेमिकालाई खुसी राख्नसकेको छैन । तर, त्यसो होइन । आफ्नी प्रेमिकालाई खुसी देख्न मन छ भने तलका टिप्स अपनाउनुहोस् र आफूलाई लक्की प्रेमी साबित गर्नुहोस्ः
@ प्रशंसा गर्न लोभ नगर्नुहोस
तपाईं आफ्नी प्रेमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर रहेकी हुन सक्छिन् । त्यस्तो बेला तपाईंको सानो प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको जानकारी दिनुहोस्, तपाईंकी प्रेमिकाको अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ । 'तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले आफ्नी प्रेमिकालाई आहा, कस्तो राम्रो कपालको स्टाइल’ भन्नुभयो भने उनमा तत्काल खुसी छाउँछ ।
@ उनका कुरामा समर्थन गर्नुहोस्
आफ्नी प्रेमिकाको समर्थन गर्न कहिल्यै पनि नडराउनुहोस् । तपाईंको साथ पाएको कारणले नै तपाईंकी प्रेमिकामा केही काम गर्ने साहस बढेको हुनसक्छ । त्यसैले आफ्नी प्रेमिकाको चाहना बुझेर उनका काममा साथ दिनुहोस् र उनको समर्थन गर्नुहोस् ।
@ उनको आवश्यकता देखाइदिनुहोस्
हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला 'तिमी मेरो संसार हौ ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् ।
@ फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस्
तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् ।
@ धैर्यसाथ उनका कुरा सुनिदिनुहोस्
प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस् । यदि उनलाई तपाईंका केहि बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ ।
@ सरप्राइज दिनुहोस्
समय - समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ ।
@ हाँस्न लोभ नगर्नुहोस्
प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस् । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समयसमयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केहि रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् ।
@ विशेष महत्व दिनुहोस्
आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ ।
@ सम्मान गर्नुहोस्
कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्का रुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको आफ्नै सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
Continue Reading ...

विवाह अघि सेक्स गर्नु हुन्छ ?


विवाह अघि सेक्स गर्नु हुन्छ ? टिनएज पुस्तालाई यो प्रश्ननै वाहियात लाग्छ। ‘अहिलेको जमानामा कसले पर्खन्छ?’ उनीहले प्रतिप्रश्न गर्न सक्छन्। विवाह पछि मात्र सेक्स गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा।
‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ।  उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’  सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ 
 
प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ 
 
विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ 
 
उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ 
 
सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्। गर्नुपर्छ भन्ने पुरातन धारणा उनीहरुलाई ‘कन्जरभेटिभ’ लाग्छ। यस्तै सोचाइ राख्ने आम टिनएर्जसमा अपवाद हुन सक्छिन्, कृतिशा।
 
‘विवाह अघि सेक्स गर्नु ठीक होइन’ म्यानेजमेन्ट कलेज की १६ वर्षिय छात्राको भनाइ छ -‘त्यो हाम्रो सामाजिक मान्यता विपरित हो।’ सेक्सका लागि विवाह नै एकमात्र लाइसेन्स हो भन्ने उनको ठम्याइ रहेछ। कृतिशा स्पष्ट छिन् -‘विहे अघि नो सेक्स।’ हो, टिनएजमा प्रेम हुन्छ।  उमेरको गुण या दोष जसरी अथ्र्याए पनि हुन्छ । ११ कक्षामा भर्ना भएदेखि नै कृतिशाले ब्वाइफ्रेन्ड पाइसकेकी छिन्। एकअर्कालाई मन पराउछौ र माया गर्छौ’  सात महिने प्रेम सम्वन्धवारे उनले सुनाइन् -‘सच्चा प्रेम हो।’ तर, यो प्रेम नै विवाहमा रुपान्तरण हुन्छ भन्ने छैन। कुनैदिन सम्वन्ध टुट्न पनि सक्छ। यसमा कुनै शंका छैन। ‘किनभने विवाहका लागि मात्र प्रेम गरिदैन’ कृतिशा यस्तै सोच्छिन्। विवाहका लागि अझै १० वर्ष कुनुपर्छ उनीहरुको यो प्रेम–सम्वन्धले। त्यसवीचमा कुनै फाटो आएन भने उही ब्वाइफ्रेन्ड दुलाहा वनेर उनको जीवनमा आउन पनि सक्छन्। यो परको कुरा भो। यतिवेला क्यारियरको चिन्ता छ कृतिशालाई। क्यारियर नवनाइ विहे नगर्ने सोचमा छिन् उनी। ‘भर्खर प्लस टु पढ्दैछु’ कृतिशा सुनाउछिन् - अझै पढाइ पुरा गरेर क्यारियर वनाउन वाकी छ।’ अहिले वुवाआमाले उनीको क्यारियर निर्माणका लागि लगानी गरिरहेका छन्। स्वभाविक हो वावुआमाले ‘छोरीले धेरै पढेर राम्रो प्रोफेसनमा लागोस्’ भन्ने चाहनु। प्रेमको चक्करमा फसेर वुवाआमाको सपना तुहाइदिने काम गर्ने छैनन्, उनले। ‘एउटा लिमिटेशनमा रहेर प्रेम गरिन्छ’ उनले थपिन्–‘अन्धो भएर होइन।’ भनाइ चाहि के छ भने ‘प्रेम र युद्धको कुनै सीमा हुदैन’। कृतिशा भने सीमाभित्र रहेर प्रेम गर्नुपर्ने दावी गर्छिन् । सेक्सको सन्दर्भमा पनि उनले यहि कुरा दोहोर्यायिन। ‘केटामा जस्तै केटीमा पनि सेक्स डिजायर हुन्छ’ कृतिशा भन्छिन्–‘तर त्यसलाइ अरु तरिकाले म्यानेज गर्नुपर्छ।’ 
प्रेममा त्याग हुन्छ, समर्पण हुन्छ। यो त्याग, समर्पण भावनात्मक मात्र होइन शारीरिक पनि हुने टिनएजर्स वुझाइ छ। जव कसैलाई प्रेम गरिन्छ उसलाई आफ्नो शरीर पनि समर्पित गर्नुपर्छ भन्छन् उनीहरु। अर्थात् प्रेममा फिजिकल रिलेसनसीप उत्तिकै आवश्यक हुन्छ रे। कृतिशा भने यसका पक्ष्ँधर होइनन्। ‘मन दिदैमा वडी (शरीर) दिनुपर्छ ?’ प्रश्न गर्छिन्। भर्जिनीटीमा विश्वास गर्छिन् उनी। ‘विवाह गरेर जसलाई दुलहा वनाइन्छ’ उनले भनिन्–‘उनै संग मात्र फिजिकल रिलेशन हुन्छ।’ 
 
विवाह अघि भर्जिनिटी तोडिनु हुन्न । हाम्रो समाजले केटामा होइन केटी माथि लगाएको वन्देज हो यो। अर्थात् विवाह भैसकेपछि केटी भर्जिन हो या होइनन् ? खोजिन्छ। यहि सामाजिक मान्यतालाई शिरोधर गर्न चाहन्छिन् कृतिशा। उनलाई आफ्नो भावी दुलहा भर्जिन हुनै पर्छ भन्ने लाग्दैन र थाहा पाउने कुरा पनि भएन। यद्यपी केटी भर्जिन हो या होइन भन्ने कुरा चाहि थाहा हुन्छ रे, अझ हेरेकै भरमा। अरुवाट सुनेको वताउदै उनले थपिन्– ‘हेरेर पनि थाहा हुन्छ रे नि।’ 
 
उनका संगतमा यस्ता धेरै साथी आए, जो लभ पछि सेक्सलाई अनिवार्य ठान्थे। लभ गर्नुको अर्थ नै सेक्स गर्नु भन्ने उनीहरुले वुझेका थिए। आधुनिकताको अनुसरण गर्न चाहने टिनएजर्स सेक्सको मामलामा उदार हुनु नौलो भएन तर यो आफ्नो क्यारियर नै डामाडोल पार्ने निहु“ वन्न सक्छ। असुरक्षित सेक्सपछि कतिपयको क्यारियर मात्र होइन, पुरा जीवननै खत्तम भएको उदाहरण कृतिशा संग छ। ‘फिजिकल रिलेसनसीप जोखिमपूर्ण हुन्छ’ उनले सुझाइन्–‘यस्तो जोखिम मोल्नुभन्दा नगर्नु नै वेश।’ आफ्नो खुट्टामा उभिएर विवाह गरिसकेपछि त्यो प्राप्त हुने भएकाले अगाडि नै हतार गर्नु नहुने उनको सोचाइ छ। ‘यदि सेक्स नै गरेपनि’ कृतिशाले थपिन् -‘केटाले नाजायज फाइदा नउठाओस्।’ 
 
सेक्स सम्वन्धवारे केटाहरुले आफ्नो सर्कलमा कुरा गर्छन्। उनीहरुले आफ्नी गर्लफ्रेन्डलाई सेक्स गर्ने, त्यसको भिडियो खिच्ने र साथीलाई देखाउने सम्म गर्छन्। यसवारे वेखवर छैनन् कृतिशा। त्यसो त केटीहरुवीच पनि सेक्सको विषयमा चर्चा नहुने होइन तर केटाहरुले जस्तो आफ्नै सम्वन्धका वारेमा भने खुलाउ दैनन्। त्यसैगरी पोर्न भिडियो हेरेर रमाइलो पनि गर्छन्। ‘साथीहरुले हेरिरहेको रहेछ’ पहिलो चोटी हेरेको पोर्न भिडियोवारे कृतिशाले सुनाइन् -‘त्यही वेला मैले पनि हेरें।’ पोर्न भिडियो हेर्दैमा केहि नविग्रने उनी वताउछिन्। 
Continue Reading ...

प्रेम, विवाह र यौन


संस्कृत भाषामा विवाहको अर्थ हुन्छ लगन अर्थात् एउटा यस्तो गठबन्धन, जसमा प्रेम वा आफ्नोपन समाबेश हुन्छ । विवाहलाई दूई विपरीत लिंगका व्यक्तिबीचको अन्तरंग बन्धन मानिन्छ, त्यो केवल कानुनी वा सामाजिक औपचारिकतामात्र होइन । विवाहले श्रीमान श्रीमती दुवैलाई आ-आफ्नो प्राकृतिक क्षमताको अतिरिक्त एक साथ रहेर आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर समेत प्रदान गर्छ।  एकजुट भएर गरिने प्रयासले दाम्पत्य जीवनमा मधुरताको संचार गरी सुन्दरता पैदा गर्छ जुन आजीवन कायम रहन्छ। विवाहमा हामी भन्ने भावनाको अनुभव गर्नु अत्यन्त महत्वपुर्ण एवं आवश्यक मानिन्छ। आपसी सम्बन्धलाई सफल, सुमधुर, बलियो एवं दिगो बनाउने प्रयास गर्नुपर्छ। भनिन्छ-एउटा व्यक्ति आधा वा अधूरो हो र दुईको मिलनपछि मात्र व्यक्तको अस्तित्वले पूर्णता पाउँछ। 
जब श्रीमान्श्री-मती विवाह बन्धनमा बाँधिन्छन् तब माथिका कुरा केही हदसम्म सत्य प्रमाणित हुन्छन्। सफल विवाहका लागि दुवै वर-वधू शारीरिक, मानसिक र भावनात्मक रुपमा सक्षम एवं पूर्ण हुनुपर्छ। वैवाहिक सम्बन्ध कायम गर्न श्रीमान श्रीमती दुवैको प्रयास र सहभागिता बराबर हुनुपर्छ। यदि विवाहको धरातल सबल छ भने बाहिरी कारणले त्यसलाई असर पार्न सक्दैन। त्यसका लागि श्रीमान श्रीमती दुवैबीच समझदारी, आपसी माया, सद्भाव, सम्मान र साझेदारी हुनुपर्छ भने दुबैले एक-अर्काको व्यक्तिगत विकासमा सहयोग पुर्‍याउनु पनि उत्तिकै आवश्यक छ।
 
विवाह एउटा गठबन्धन हो, बन्धन होइन। दाम्पत्य जीवनमा यौनिक आकर्षणलाई कायम राख्नु वा विवाहलाई जीवनभर सुमधुर राख्नु त्यति सरल कार्य होइन। जुन दम्पतीले आफ्नो यौनजीवनलाई सुखमय बनाउने प्रयास गर्छन् त्यो जोडीमा बढी आत्मीयता पाइन्छ। विवाह सम्बन्ध टुट्नुको कारण यौन सम्बन्धमा नकारात्मक प्रवृत्ति बढ्नु पनि मानिन्छ। बेन्जामिन फ्रान्कलिन भन्छन् "आफ्नो बगैंचाको भन्दा छिमेकीको बगैंचाको फूल सधैं राम्रो र सुन्दर लाग्छ र त्यसले आकषिर्त पनि गर्छ। यो तब मात्रै सम्भव हुन्छ जब तपाईं आफ्नो बगैंचालाई नै उपेक्षा गर्नुहुन्छ।"
 
पति पत्नी दुवैले आफ्नो दाम्पत्य जीवनमा यौनलाई उत्तिकै महत्व दिँदै कुनै पनि समस्यालाई आ आफ्नो जिम्मेवारी मानेर प्रेम पुर्बक समाधान गर्नुपर्छ। स्वयंलाई अलग अलग मानेर काम गर्न थालियो भने परिणाम सकारात्मक नहुन सक्छ। पति पत्नि एकजुट भएर सकारात्मक परिणामका लागि प्रयास गर्नुपर्छ। नारी पुरुष एउटै सिक्काका दुई पाटा हुन्। यी दुवै संवाहक हुन्। प्रकृतिले तिनीहरुलाई अलग अलग शारीरिक संरचना प्रदान गरेको छ। त्यसैले दुवैको मिलनबाट प्रजनन सम्भव हुन्छ। तैपनि विवाहलाई मात्र शारीरिक आकर्षण रुपमा लिनु हुँदैन। 
 
साँचो प्रेम भावनात्मक सम्बन्धबाट फल्छ, फुल्छ र हर्कन्छ। आत्मीय अन्तरंगमा एक अर्काप्रति प्रतिबद्धता, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट मात्र जन्मन्छ। यौनसम्बन्ध प्रेमको पराकाष्ठा, इमान्दारिता, प्रेम र स्वतन्त्रताबाट उत्पन्न हुन्छ। यौन सम्बन्ध पराकाष्ठा हो तर प्रेम यौनसम्बन्धको अन्तिम विन्दु हुन सक्दैन तथापि पुरुष यौन सम्बन्धका लागि प्रेम गर्छन् भने महिलाहरु प्रेम प्राप्तिका लागि शारीरिक सम्बन्ध राख्न तयार हुन्छन् भन्ने यथार्थलाई भुल्न सकिँदैन। जीवनभरि चल्ने वैवाहिक सम्बन्धमा अनेकौं चुनौती छन्, धेरै मतभेद विद्यमान हुन्छन्। समस्या, कठिनाइ र बाधाको दबाबलाई व्यवहारको लचिलोपन, सल्लाह, सहयोग एवं दृढ संकल्पका माध्यमबाट हरेक दम्पतीले सहज रुपमा सामना गर्न सक्छन्। व्यक्ति स्वयं र अरुसितको उसको सम्बन्ध विभिन्न चुनौतीको अग्नि परीक्षाबाट गुज्रेर त्यसरी नै निखार पाएर सामुन्ने आउँछ जसरी भट्टीमा पग्लेर सुन। 
 
वैवाहिक सम्बन्ध गहिरो समुद्र हो त्यसलाई पार गर्नका लागि अहिलेसम्म कुनै साधनको आविष्कार भएको छैन। सुखी र सुमधुर दाम्पत्य जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा एक अर्काका लागि तपाईं कुन हदसम्म परिवर्तन हुन तयार हुनुहुन्छ भन्ने हो। त्यो विवाह नै उदाहरणीय हुन्छ जुन दम्पती एक अर्काका कमी कमजोरीलाई स्वीकार मात्र गर्दैनन्, ती कमी कमजोरीलाई सुधार गर्न एक अर्कालाई सहयोग पनि गर्छन्। सफल विवाह त्यसलाई मानिन्छ जहाँ जीवनमा आइपरेका हरेक समस्यालाई दम्पतीले कुशलतापूर्वक समाधान गर्नसक्छन्।
Continue Reading ...

तपाईंको ब्वाइफ्रेन्डको पाँच कुरा ...


your-boy-friend
महिलाको कुन कुराले पुरुषलाई आकर्षित गराउँछ भन्ने कुरा कहिले काँही पक्कै सोच्नुहुन्छ होला। आफ्नो पुरुषलाई के गर्दा खुसी पार्न सकिन्छ भनेर निकै सोच्नु पनि भएको होला। यहाँ २५ वर्ष पुगेका पुरुषहरुले प्रेमिकासँग के - के कुरा भन्न रुचाउँछ र के कुरा भन्दैनन् भन्ने कुराहरु उल्लेख गरिएको छ, तपाईं को ब्याइफ्रेन्डले के के कुरा भन्न रुचाउँदैनन् :
१. ब्वाइफ्रेन्डको ट्याग मन पर्ने
केहि विश्वास गरिएका तथ्यको ठीक विपरित पुरुषहरुलाई पनि मायामा  मन पर्ने कुरा सार्वजनिक गरिएको छ। उनीहरुलाई ब्वाइफ्रेन्डको ट्याग मनपर्छ। सम्बन्ध गाँस्न डराउने अल्लारे ठिटाहरु जस्तै सबै पुरुषहरु कहाँ त्यस्ता हुन्छन् र ?
 
२. सम्बन्धमा परिसकेपछि उनीहरु केहि खोल्न नचाहने
एकचोटि कुनै पुरुषले आफ्नो मनको कुरा खोलिसकेपछि उनीहरु कुनै खेल खेल्न चाहँदैनन्। महिलाहरु तर्किने भए पुरुषहरु पनि तर्किने गर्दछन् फलस्वरुप सम्बन्ध चाँडै चिसिने डर हुन्छ। त्यसैले कसैको भावनासँग नखेल्दा नै राम्रो हुन्छ।
 
३.  उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मानोस् भन्ने चाहना
साथीहरुको सल्लाह सुझाव, राम्रो, नराम्रो टिप्पणी पुरुषहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यदि उनीहरुको साथीहरुले तपाईंलाई राम्रो मान्छन् भने उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ।
 
४. उनीहरुको साथीलाई माया नगर्नुहोस्
उनीहरुको साथीको निम्ति तपाईंले उनलाई धोका दिएको उनीहरु सहन सक्दैनन् किनभने उनीहरु तपाईंको पूरै शक्ति, ध्यान र समय उनीहरुमा नै केन्द्रित होस् भन्ने चाहन्छन् ।
 
५. तपाईंलाई गुमाउँछु कि भन्ने डर 
मानिसहरुले पुरुषहरुलाई आफ्नो वशमा कसरी पार्ने भन्ने कुरा धेरै लेखिसकेका छन् तर यदि कोही पुरुषलाई कुनै महिला साँच्चै मनपरेको छ भने यसमा गाह्रो केहि पनि छैन। साँच्चै भन्नुपर्दा पुरुषहरु तपाईंबाट धोका पाइन्छ कि भन्ने कुरामा जहिले चिन्तित रहने गर्दछन् मात्र तपाईं उहाँको प्रेमिका बनिदिनुस् उहाँ त्यत्तिमा नै खुसी हुनुहुनेछ।
Continue Reading ...